Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

३० दललाई मात्र 'चुनाव चिह्‍न'

काठमाडौं, २० माघ । निर्वाचन आयोगमा दर्ता भएका सबै दलले स्थानीय निर्वाचनमा दलगत चुनाव चिह्न नपाउने भएका छन्। स्थानीय तहको निर्वाचनसम्बन्धी राज्यव्यवस्था समितिले पारित गरेको विधेयकमा हाल संसद्मा प्रतिनिधित्व गरेका दललाई मात्र चुनाव चिह्न दिने र बाँकी दललाई स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिह्न दिने व्यवस्था छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ– समितिबाट पारित भई मंगलबार संसद्मा पेस उक्त विधेयक बुधबार बस्ने संसदले पारित गर्दैछ। यो विधेयक पारितसँगै सरकारलाई स्थानीय तह निर्वाचनको मिति तोक्न बाटो खुल्नेछ। निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई चुनाव चिन्ह दिदां चार मिटर भन्दा लामो मतपत्र हुने भएपछि संसदमा रहेका ३० दललाई मात्र चुनाव चिह्न दिने व्यवस्था गरिएको समिति सदस्य एवं एमाले सांसद गंगालाल तुलाधरले जानकारी दिए। हाल निर्वाचन आयोगमा १ सय १० दल दर्ता छन। राष्ट्रिय मान्यता पाउने दललाई मात्र चुनाव चिन्ह दिने भनिएपनि यो ऐन लागु भएपछि हुने पहिलो चुनावको हकमा भने संसदमा रहेका दललाई चुनाव चिन्ह दिने व्यवस्था गर्न लागिएको हो। राजनीतिक दल दर्ता सम्वन्धी विधेयकमा राष्ट्रिय दलको मान्यता पाउन ३ प्रतिशत थ्रेसहोल्ड राख्ने विषयमा दलहरु सहमति नजिक पुगिसकेका छन। दोस्रो पटकको निर्वाचनमा भने राष्ट्रिय मान्यता प्राप्त दलले मात्र चुनाव चिन्ह पाउनेछन।दलको चुनाव चिन्ह नपाउने दल वा स्वतन्त्र उम्मेदवारलाई स्वतन्त्र रुपमा खडा गरिने चुनाव चिन्हको लिष्टबाट चुनाव चिन्ह तोकिनेछ। त्यसरी चुनाव चिन्ह दिदां जुन क्षेत्रमा जति उम्मेदवार छन, उनिहरुका लागि मात्र चुनाव चिन्ह राखेर मतपत्र बनाउन सकिने एमाले सांसद तुलाधरले जानकारी दिए। यस्तै स्थानीय तहमा अविछिन्न जनप्रतिनिधि कायम राख्न भन्दै गाउँसभा र नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडी निर्वाचन गर्ने व्यवस्था विधेयकमा राखिएको छ। \'कार्यकाल समाप्त भएपछि कहिलेकांही चुनाव हुन नसक्ने भएर स्थानीय तह फेरि जनप्रतिनिधि विहिन नहोस भनेर कार्यकाल समाप्त अगावै चुनावको मिति तोकिएको हो,\' सांसद तुलाधरले भने। यस्तै स्थानीय तहमा उम्मेदवारी दिदां ५० प्रतिशत महिला उम्मेदवार बनाउनैपर्ने र वडा सदस्यमा एक जना दलित महिला अनिवार्य गरिएको छ। स्थानीय तह निर्वाचन विधेयक पारित पछि समितिले राजनीतिक दल दर्ता सम्वन्धी विधेयकमाथिको छलफल केन्द्रित गर्ने जनाएको छ। मत प्रतिशतको आधारमा राज्यबाट दलहरुलाई रकम दिने कि नदिने र थ्रेसहोल्डका विषयमा उक्त विधेयकमा दलहरुबीच सहमति जुटन बाँकी छ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: