Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

मीरा राई : लडाकुदेखि विश्वकै सहासी वर्ष व्यक्तिसम्म

\"\"काठमाडौं, १५ माघ । १४ वर्षको कलिलो उमेरमा तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सहभागी भएर राज्य व्यवस्था परिवर्तन गर्न हिँडेकी भोजपुरकी मिरा राई दुई वर्षमा अत्याधुनिक हतियार चलाउन पोख्त भइसकेकी थिइन् । माओवादी शान्ति प्रक्रियामा आएसँगै उनी उमेरका कारण ‘अयोग्य’को बिल्ला भिर्दै बाहिरिनु प¥यो । आजको राजधानी दैनिकमा खबर छ– उनै मिराले अहिले नेपालको नाम विश्वभर कहलाएकी छिन् । अयोग्य लडाकु हुँदै ‘ट्रेल रनर’को रूपमा उदाएकी मिरा विश्वकै साहसी वर्ष व्यक्ति घोषित भएकी छिन् । नेसनल जोग्राफीले राईलाई एडभेन्चर अफ द इयर २०१७ घोषणा गरेको हो । विश्वप्रसिद्ध टेलिभिजनले अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा काम गर्ने उत्कृष्ट व्यक्तिमध्येबाट यस्तो प्रतिस्पर्धा गराउँदै आएको छ । नेसनल जोग्राफीको वेभसाइटमा प्राप्त भोटका आधारमा उनले विश्वभरका १० जनालाई पछाडि पार्दै उपाधि हात पारिन् । १२ वर्षकै उमेरमा विद्यालय जानबाट वञ्चित भएकी उनी १४ वर्षको उमेर पुग्दै गर्दा गाउँमा आएका माओवादी छापामारको पछि लागेर लडाकु बनेकी थिइन् । मीरा ६ कक्षामा पुगेका बेला माओवादी आन्दोलन चर्किंदै थियो । उनी १४ वर्षमै माओवादीमा प्रवेश गरिन् । स्कुल पढ्दै माओवादीका कार्यक्रममा सहभागी भएको दुई वर्षपछि उनले पूर्णकालीन कार्यकर्ता हुँदै घर छाडिन्अ वसरको खोजीमा माओवादीमा पुगेकी उनी अयोग्यको बिल्ला भिरेर सिविरबाट बाहिरिइन् । माओवादीको सिन्धुलीस्थित दोस्रो डिभिजनअन्तर्गतको शिविरमा उनले केही समय बिताइन् । सेनाको जागिरे भएर भाइबहिनीको पढाइ र घर खर्चमा सहयोग गर्ने उनको सपना त्यतिबेला टुट्यो जब लडाकुको प्रमाणीकरणका लागि आएको टोलीले उनलाई अयोग्यको बिल्ला भिराइदियो । माओवादीको सिन्धुली शिविरमा तीन वर्ष कराँते खेलेर मीरा ब्राउन बेल्टसम्म पुगेकी थिइन् । शिविरमा हुँदै उनले माओवादी लडाकुको पीएलए स्पोर्ट क्लबबाट केही समय खेलिन् । लडाकुको शिविरबाट अयोग्य भएर निस्किएपछि उनमा परिवारको खर्च जुटाउने बोझ थियो । यही बोझ उठाउन उनी वैदेशिक रोजगारीमा मलेसिया जानका लागि मंसिर २०७० मा काठमाडौं आइन् । धन कमाउने आसमा विदेश जाने ध्याउन्नमा रहेकी उनको पासपोर्टमा मलेसियाको भिसा लागिसकेको थियो । तर, उनको यात्रा मलेसियातर्फ भन्दा पनि हिमाली कठिन बाटाहरूतर्फ सोझिए । म्यानपावरलाई १२ हजार रुपैयाँ बुझाएर राहदानी फिर्ता लिएर उनले खेलयात्रा तय गरिन् । पहिलोपटक फूलबारी गेटदेखि हात्तीवन (मकवानपुर) सम्मको ५० किमि दौडमा प्रथम भएकी उनले खाली पेटमा उकाली–ओराली दौडँदै स्वर्णपदक पाएकी थिइन् । यसबीच उनले हिमालयन, मुस्ताङ र मनास्लुका स्वदेशी हुँदै इटाली र हङकङसहितका विदेशी भूमिमा ६ रेस जितिन् । स्वदेशका पाँचै रेसमा पहिलो भएकी उनले विदेशमा सहभागी १३ मध्ये आठमा स्वर्ण जितेर विश्वप्रसिद्ध ट्रेल रनरको रूपमा स्थापित भइन् । सन् २०१५ मा उनले ट्रेल रनरको रूपमा अस्ट्रेलिया र युरोपमा नेपालको झण्डा फहराइन् । यसबीच उनले एसियाली स्काई रनिङ च्याम्पियनसिप जितेसँगै स्काइरनर वल्र्ड सिरिजअन्तर्गत मोन्ट–ब्लान्क ९फ्रान्स० रेसमा स्वर्ण जितिन् । अल्ट्रा रेसमा नेपालले पाएको यो नै सबभन्दा ठूलो सफलता थियो ।वर्ष २०१६ मा उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने लक्ष्य राखे पनि खुट्टामा आएको चोटका कारण उनले प्रतियोगिताहरूमा सहभागी हुन पाइनन् । तापनि उनले आफ्नै गाउँमा अन्तर्राष्ट्रिय स्तरको दौड आयोजना गरिन् । आफैं दौडन नपाएपछि उनले साना बालबालिकालाई यस खेलतर्फ आकर्षित गर्न दौड आयोजना गरिन् । अयोग्य बनेर शिविरबाट बाहिरिएकी उनी नेपालमा महिलालाई हेर्ने दृष्टिकोण बदल्न चाहिन्छन् । त्यसैले पनि खेल जगतमार्फत महिला सशक्तीकरणका लागि काम गर्न चाहेको उनी बताउँछिन् । उनको यही साहसिक अभियानलाई सम्मान गर्दै विश्वले उनलाई वर्ष २०१७ का लागि सासिक वर्ष व्यक्तित्वको उपाधि प्रदान गरेको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending