Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

ट्रम्पको आगमनसँगै अमेरिकासँगको सम्बन्ध शीघ्र सुधार हुनेमा रुस विश्वस्त

\"\"मस्को, १३ माघ । अमेरिकासँग वर्तमानमा चिसिएर रहिरहेको दौंत्य सम्बन्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भए सँगसँगै शीघ्र सुधार हुनेमा रुस ढुक्क भएको रुसी विदेश मन्त्री सर्गेइ लाभरोभले बताएका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी हुनासाथ उस्चस्तरिय रुसी नेता, अधिकारी तथा आम जनताहरुले अपार हर्ष प्रकट गरेकामा अमेरिकासँगको सम्बन्धमा अपेक्षित सुधार आई सो हर्ष अब यथार्थमा परिणत हुने पनि रुसी विदेश मन्त्री सर्गेइले बताए । बुधबार रुसी संसदलाई दिएको एक संबोधनको क्रममा उनले रुस र अमेरिकाबीच रहिआएको पुरानो र ऐतिहाँसिक सम्बन्ध पुनः सम्बन्ध पुनः नयाँ शिरा ९न्यु रिसेट० बाट नवीकरण हुनेमा कुनै भ्रम, चिन्ता नरहेको, यस विषयमा कुनै पनि नकारात्मक सोच वा शङ्का राख्नै नपर्ने बताएका छन् । विदेश मन्त्री सर्गेइको विशेष शब्द न्यु रिसेटले रुस तथा अमेरिकाबीच रहँदै आएको सम्बन्धलाई एक नयाँ शिराबाट जीवन्तता प्रदान गर्न मार्ग प्रशस्त गर्ने विषयमा सन् २००९ मा तत्कालीन रुसी राष्ट्रपति डिमित्री मेद्भेदेभ तथा निवर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच भएको छलफलले पहिल्याएका तथ्यहरुलाई औँल्याएको छ । तर, उक्त छलफलले निष्कर्ष निकालेका तथ्यहरु विभिन्न कारणबस छोटो समय मै बिलिन भएर गई कार्यान्वयन हुन पाएनन् । रुसी विदेश मन्त्रीको भनाइमा रुसले अमेरिकासँगको सम्बन्ध सुधारको आधार सन् २००९ मा भएको सो छलफल तथा समझदारीलाई बनाउन खोजेको छ । तर, यस विषयमा राष्ट्रपति ट्रम्पले भने मुख खोलेका छैनन् । यसअघि, अमेरिका–रुस अन्तर्देशीय सम्बन्धमा व्यापक सुधार ल्याउने तथा रुसलाई अमेरिकाको निकटको मित्र मान्ने आफ्नो अभिलाषा रहेको भनी राष्ट्रपति ट्रम्प विजयी घोषित भएको केही दिन मै अभिव्यक्ति दिनु हुँदा मस्कोमा यस अभिव्यक्तिको ठूलो स्वागत गरिएको थियो । रासस÷एपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies