Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

मिश्र हत्या आरोपमा पत्नीसहित पाँच सार्वजनिक

गौशाला, १२ माघ । महोत्तरीको हतिसर्वा–८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रलाई हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले मृतककी पत्नीसहित पाँचजनालाई मङ्गलबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, महोत्तरीले मिश्र हत्याकाण्डमा संलग्न रहेका आरोपी हतिसर्वा–८ बस्ने मृतककी पत्नी २२ वर्षीया ज्योती मिश्रा, धर्मपुर–६ बस्ने ३१ वर्षीय फिरोज कवारी, धमौरा–१ बस्ने ३७ वर्षीय तुफान नट अन्सारी, बगडा–७ बस्ने ४४ वर्षीय गङ्गाराम दास र महोत्तरी गाविस–७ बस्ने २९ वर्षीय कुवेर राउतसहित पाँचजनालाई सार्वजनिक गरेको हो । हत्याको छानबिन गर्न प्रहरीको विशेष टोलीले स्थानीयवासीको सहयोगमा उनीहरुलाई घरबाट पक्राउ गरी कर्तव्यज्यान मुद्दा चलाई हत्या भएको १० दिनपछि सार्वजनिक गरेको हो । ज्योती मृतक अन्जनीकी कान्छी श्रीमती रहेकी छन् भने कुवेर काकाससुरा हुन् । फिरोज र तूफान जनतान्त्रिक तराई मुक्तिमोर्चा, ज्वाला समूहमा सक्रीय रही अपहरण, लुटपाट, चन्दा आतङ्क र हत्या गर्ने किलरका रुपमा काम गर्ने रहेको प्रहरीको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रवीन्द्र खनालले बताए । उनका अनुसार हत्याको प्रमुख कारण यौनसम्बन्ध र सम्पत्ति नै रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वैदेशिक रोजगारीबाट तीन महिनाअघि मात्र घर फर्केका मिश्रको नाममा पाँच बिघा जग्गा रहेको छ । मिश्रलाई गत पुस २९ गते शुक्रबार राति ८ बजे उनीहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: