Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

माओवादीको ‘होलटाइमर’

\"\" माओवादी जनयुद्धकाल हुँदै शान्ति प्रक्रियामा आएको झण्डै दश वर्ष पनि हुन लागेको छ । जनयुद्धकालमा पार्टीको होलटाइमर (पूर्णकालिन) कार्यकर्ताको मापदण्ड रहेको थियो । जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएको केहीदेखि होलटाइमर कार्यकर्ताको मापदण्ड हराउँदै गयो । पार्टीभित्र होलटाइमरको मापदण्ड हराउँदै गए पनि माओवादी नेता कार्यकर्तामा ठूलो पंक्ति अहिले पनि होलटाइमर नै छन् । अहिले पनि हामी आफूलाई बुझ्दा ‘होलटाइमर’ कार्यकर्ता नै हो भन्ने बुझ्छौं । हामी हिजो पनि होलटाइमर कार्यकर्ताकै रुपमा खटिएका थियौं । तर अहिले होलटाइमरका लागि कुनै मापदण्ड छैन । होलटाइमरका लागि निश्चित मापदण्ड नभएका कारणले नै अहिले होलटाइमरको अवस्था अस्तब्यस्त देख्छौं । अहिले पार्टीमा यी मापदण्डका कार्यकर्ताहरु होलटाइमर हुन् भन्ने केही छैन । होलटाइमर र पार्ट टाइमरका लागि अहिले कुनै निश्चित मापदण्ड छैन । यी मापदण्डका होलटाइमर र यो मापदण्डका पार्टटाइमर भन्ने अहिले कुनै मापदण्ड नभई सोलोडोलो किसिमको छ । होलटाइमर कार्यकर्ताको उचित ब्यवस्थापन र कस्ता कार्यकर्ता र कति कार्यकर्ता आवश्यकता हो भन्ने कुरा पार्टीले मूल्यांकन र मापदण्ड नगरेकै कारण अहिले भद्रगोल अवस्थामा रहेको छ । सबै जे जसरी चलेका छन्, त्यसरी नै होलटाइमरलाई पनि हेर्ने दृष्टिकोण समस्याको विषय हो । पार्टी कार्यकर्ताहरु आफ्नै तालमा जो जसरी चलेका छन्, त्यसरी नै चलेको छ भन्ने पार्टीको बुझाइ देखिन्छ । [caption id=\"attachment_73688\" align=\"alignleft\" width=\"400\"]\"\" रेणु दाहाल[/caption] पार्टी कार्यकर्ताको ब्यवस्थापन तथा दैनिकीको विषयमा कुनै चासो नै छैन । म आफू स्वयं युद्धकालिन समयमा प्रवासतिर अलि धेरै काम गरेर रोल्पा आएको थिएँ । मैले रोल्पाको सहइन्चार्ज भएर काम गरेँ । शान्ति प्रक्रियामा आइपुग्दा म काठमाडौं आएर काठमाडौं जिल्लाको सह–सेक्रेटरी भएर पनि काम गरेंँ । अहिलेसम्म पनि कुनै न कुनै हिसावले कार्यकारी पदमा रहेर काम गरिरहेको छु । अहिले महिला संघको केन्द्रीय महासचिव छु । फेरि आफ्नै ब्यवस्थापन गर्न नसक्नेले पार्टीको ब्यवस्थापन कसरी गर्ला भन्ने पनि प्रश्न उठ्ला । जे होस्, पार्टीमा लागेदेखि अहिलेसम्म पनि म आफू होलटाइमर नै हो भन्ने मैले बुझेकी छु । सामुहिक र साझा भन्ने छैन माओवादी जनयुद्धकालमा जुनसुकै काम पनि साझा उद्देश्यका लागि गरिन्थ्यो । सबै चिजहरु सामुहिक हुन्थ्यो र साझा उद्देश्यका साथ हुन्थ्यो । लडाइँमा जाँदा होस् वा जुन सुकै काममा लागि पनि साझा उद्देश्यका लागि काम गरिन्थ्यो । तर अहिले शान्ति प्रक्रियामा आएपछि भने नेता कार्यकर्ताहरु ब्यक्तिबादी र महत्वाकांक्षी भएका छन् । अहिले अधिकांश नेता कार्यकर्तामा ब्यक्तिवादी चरित्र हावी भएको छ । जनताको कुनै पनि काम गर्नुपर्दा आफ्नो इन्ट्रेष्टमा छ कि छैन भनेर हेर्ने अवस्था आएको छ । आफ्नो स्वार्थमा भए मात्रै काम गर्ने संस्कारको विकास भइरहेको छ । आफ्नो भन्ने चिजलाई तिलाञ्जली दिएर युद्धमा होमिएकाहरुमा फेरि पनि लोभलालच र ब्यक्तिवादी प्रवृत्ति मौलाएको छ । आकांक्षा बढी, उपलब्धि न्यून गरीब तथा सर्वहारावर्गको हितका लागि भन्दै माओवादी आन्दोलन शुरु भएकाले जनताप्रति माओवादीप्रतिको आशा बढी नै छ । माओवादी शान्ति प्रक्रियामा हुँदै सरकारको नेतृत्व गर्ने पनि अवसर प्राप्त गर्यो । खासगरी गरीबका लागि भनेर देखिने गरी कामहरु भएका छैनन् । दुरदराजमा त्यस्ता कामहरु देखिएका छैनन् । माओवादी धेरै चोटी सरकारमा सहभागी भएर पनि वास्तवमै तल्लो वर्गका जनताहरुका लागि काम गर्न नसकेको अवस्था रहेको छ । माओवादी केन्द्र मात्र होइन, माओवादीबाट अलग भएका मोहन वैद्य तथा नेत्रविक्रम चन्द विप्लवहरुले पनि छुट्टै पार्टी सञ्चालन गरेका छन् । वैद्य, विप्लव माओवादीहरु पनि गरीब तथा सर्वहाराको मुक्तिका लागि भनेर अहिले पनि लागिरहेका छन् । तर उनीहरुले पनि केही लछारपाटो लगाउन सकेका छैनन् । उनीहरुले क्रान्तिकारी चरित्र प्रदर्शन गर्न त खोजिरहेका छन् तर ब्यवहारमा त्यस्तो देखिएको छैन । गरीब तथा सर्वहारावर्गले अहिले नै मुक्ति पाइहाल्ने अवस्था छैन । दश वर्ष युद्ध लडेर एउटै सरकार हुँदा पनि केही गर्न नसकिएको सत्य हो । अहिले फेरि अर्को युद्ध लडेर हुन्छ भन्ने कुरा अहिलेको बस्तुगत अवस्थाले पनि देखिदैन । अलि बढी महात्वाकांक्षी, ब्यक्तिवादी, सत्ता र शक्तिको होडबाजी, सामुहिक सबैका लागि र साझा उद्देश्यका लागि भन्ने भन्दा पनि ब्यक्ति कसरी अगाडि बढ्ने भन्ने कुरा नेता कार्यकर्तामा झांगिदै गएको छ । म अहिले कांग्रेस र एमालेमा भन्दा पनि माओवादीमा यस्ताखालका होडबाजी रहेको देख्छु । अब फेरि पार्टी पहिलो, दोस्रो, तेस्रो रहन्छ कि रहँदैन भन्ने सोँचाइले अहिले नै कमाउनुपर्छ भन्ने प्रवृत्ति मौलाएको छ । ‘अहिले नगरे कहिले गर्ने’ भन्ने सोँचाइ कार्यकर्तामा रहेको छ । ब्यक्तिगत लाभका लागि ठूलो पंक्तिको दौडधुप र नकारात्मक प्रतिष्पर्धाहरु रहेका छन् । यी यस्ता गलत खालका प्रवृत्तिहरुविरुद्ध पार्टीले पनि ध्यान दिनुपर्छ । नेता कार्यकर्ताले पनि आफ्नो आदर्शलाई जोगाउनेतर्फ लाग्नुपर्ने आवश्यकता छ । आर्थिक स्रोत ‘ससुराको पेन्सन’ आफू मात्र होइन, परिवार पाल्नका लागि पनि आर्थिक जोहो गर्नैपर्छ । आर्थिक पाटो सबैभन्दा महत्वपूर्ण कुरा हो । नियमित आउने आर्थिक स्रोत भन्ने मेरो केही पनि छैन । पार्टीको इलाकादेखि जिल्लासम्म रहँदा पार्टीको जिम्मेवारी रहेका क्षेत्रमा पार्टीको सहयोग नै मेरो आर्थिक स्रोत हो । ससुरा बुवाको पेन्सन आउने भएकाले त्यसबाट पनि केही आर्थिक सहयोग मिल्ने गरेका अवस्था छ । श्रीमान पनि पार्टीमै रहेकाले श्रीमानको छुट्टै रोजगारी पनि छैन । श्रीमान कहिले मन्त्रीको पिए र कहिले पार्टी कार्यालयमा रहँदा प्राप्त मासिक रकम पनि आम्दानीको स्रोत हो । तर त्यो अस्थायी प्रकृतिको हुने भएकाले नियमित आन्दानीको स्रोत भने होइन । समाजमा हेर्ने दृष्टिकोण माओवादी पार्टीप्रति समाजको दृष्टिकोण अहिले पनि खासै परिवर्तन भएजस्तो लाग्दैन । माओवादी पार्टीले केही परिवर्तन खोजेको कुरा त सबैलाई लागेकै छ । छिट्टै परिवर्तनको प्रत्याभूति गर्न पाइयोस् भन्ने जनतालाई लागेको थियो । तर जनताको आकांक्षा भने पूरा हुन सकेका छैनन् । जनताको सदासयता, आकांक्षाहरु पूरा हुन सकेका छैनन् । त्यसैले माओवादी पार्टीप्रति केही नैराश्यताहरु अवश्य छन् । यति धेरै परिवर्तनको राजनीतिक एजेण्डा बोकेको माओवादी पनि कांग्रेस एमालेजस्तै संसदीय राजनीतिमा मात्रै केन्द्रित भयो कि भन्ने चिन्ता समाजमा देखिन्छ । हिजो जनतालाई धेरै सपनाहरु बाँडिएका थिए । तर सपनाहरु सबै पूरा हुन सकेनन् । यो अवस्थालाई हेर्दा चित्तबुझ्दो भने छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending