Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

जनयुद्धका यी नेता, को लडाकु को विचारक ?

\"\" चिनियाँ क्रान्तिका नायक माओ त्से तुङको महान् नेता थिए । उनले चिनियाँ क्रान्तिकाबेला ३४/३५ महिनासम्म लम्बे अभियान चलाएका थिए । त्यतिबेला लम्बे अभियानमा जाँदा माओ त्से तुङले ८० हजार लालसेना लिएर जानु भएको थियो । एक वर्षपछि युनान प्रान्तको सुनयेन भन्ने ठाउँमा (जुन ठाउँलाई जुली पनि भनिन्छ) पुग्दा जम्मा तीन हजार सेना बाँकी भए । तर उनी निराश भएनन्, अब हामी नयाँ तरिकाले जानु पर्छ भनेर भनेर नै अगाडि बढे । माओ विचारक पनि थिए । उनी सिद्धान्तकार लडाकु र योजनाकार पनि थिए । त्यसकारणले नै चीनमा क्रान्ति सम्पन्न भयो । [caption id=\"attachment_113838\" align=\"alignleft\" width=\"243\"]\"\" हस्तबहादुर केसी[/caption] नेपाली क्रान्तिको मोडल पनि चिनियाँ नै हो । तर चिनियाँ मोडलअनुसार क्रान्ति हुन सकेन । नेपाली क्रान्तिमा नेतृत्वको कारणले जनयुद्धबाट जनमुक्ति सेना हुँदै सबै कुरा गुमायौं । जनमुक्ति सेना, जनता र कार्यकर्ताको कारणले गर्दा हामीले जनयुद्धबाट प्राप्त सबै किसिमका हतियारहरु गुमाउन पुगेका हौं । खासगरी नेतृत्वमा आएको वैचारिक विचलनले गर्दा नै नेपाली क्रान्तिले सबै कुरा गुमाएको हो । तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा २०५२ सालदेखि दश वर्ष नेपालमा जनयुद्ध भयो । दश वर्षे जनयुद्धबाट शान्ति प्रक्रिया हुँदै माओवादी आन्दोलन करिब करिब विघटनकै आवस्थामा आइपुग्यो । दश वर्षे जनयुद्ध हुँदै स्थापित भएका माओवादी नेताहरु अहिले विभिन्न कित्तामा उभिएका छन् । एक समय क्रान्तिकै नायक भनिएका नेताहरु संसदीय भासमा डुबेका छन् भने कोही माक्र्सवाद, लेनिनवाद र माओवादी नै गलत भएको भन्दै कम्युनिष्ट विचारबाट च्यूत भएर मालेमावादी विचारबाटै अलग भएका छन् । वर्गयुद्धको नेतृत्व गर्ने नेताहरु सिद्धान्तकार र विचारक मात्र भएर पुग्दैन । त्यसका साथसाथ एक जुझारु योद्धा अर्थात लडाकु हुनुपर्छ । नेपालको माओवादी आन्दोलनको विगत र वर्तमान अवस्थालाई हेर्दा राजनीतिक नेतृत्वका रुपमा स्थापित भएका नेताहरु विचारक र लडाकु के थिए भन्ने केलाउनु जरुरी छ । जनयुद्धको डिजाइनर प्रचण्ड दश वर्षे जनयुद्धको नेतृत्व गर्दै आएका पुष्पकमल दाहाल प्रचण्ड अहिले नेकपा –माओवादी केन्द्र)का अध्यक्ष छन् । उनी प्रधानमन्त्री पनि हुन् । जनयुद्धको योजना बनाउने, जनयुद्धको सैद्धान्तिक राजनीतिक तथा वैचारिक सबैको डिजाइन गर्ने काम प्रचण्डले नै गरे । वर्ग संघर्षमा खासगरी जनयुद्धको नीति पारित गराउन, नीति ल्याउने प्रस्ताव गराउने काम प्रचण्डले नै गरेका हुन् । त्यसको कार्यान्वयन गर्ने जिम्मा पनि पार्टीले प्रचण्डलाई नै दियो । प्रचण्डले नेतृत्व गर्दै आउने क्रममा जनयुद्ध वर्ग संघर्ष टकरावमा जान थाल्यो । सत्तासँग आमनेसामने भयो । त्यसपछि प्रचण्ड भागेको भन्ने नै छ । त्यो बेला खाराको लडाइँका क्रममा जब तत्कालिन शाही सेनासँग जनमुक्ति सेनाको प्रत्यक्ष लडाइँ भयो, त्यहाँ जनमुक्ति सेना पराजित भयो । जनयुद्धका कमाण्डर भए पनि त्यतिबेला मात्रै पहिलो पटक प्रचण्डले प्रत्यक्ष लडाइँ देख्न पाए । खारामा भएको लडाइँको उनले नै नजिकबाट कमाण्ड गरेका थिए । जब अमेरिकी सेनासहितको टोलीले लगातार नाइटभिजनबाट आक्रमण गर्यो, त्यसपछि नै उनी भागेर लोकतान्त्रिक गणतन्त्र हुँदै सुरक्षित अवतरणका लागि शान्ति प्रक्रियातिर मोडिएका हुन् । प्रचण्ड खारा आक्रमणपछि डराएर नै भागेको भन्ने एमाओवादीसँग अलग भइ गठन भएको मोहन वैद्य किरण नेतृत्वको माओवादीको बौद्ध भेलाको दस्तावेजले पनि विश्लेषण गरेको छ । त्यतिबेला जनमुक्ति सेनाले हारेको भए पनि पार्टीको विचारले हारेको थिएन । प्रचण्ड लडाकु भएका भए बचेको सेनालाई संगठित गरेर साहस बटुलेर अगाडि बढ्नु पर्दथ्यो । प्रचण्डले माक्र्सवाद, लेनिनवाद, माओवाद त भन्दै छन् तर ब्यवहारतः त्यस्तो देखिएको छैन । उनी प्रतिक्रियावादी राज्यसत्तासँग नजिकिएका छन् । प्रतिगामी संविधानलाई कार्यान्वयन गर्ने दिशामा नै उनी ज्यान फालेर लागिपरेका छन् । अहिलेको संविधानलाई कांग्रेस, एमालेले समेत मतलव गर्न खोजिरहेको छैन तर प्रतिगामी संविधानलाई ‘उत्कृष्ट संविधान’ भनेर प्रचण्डले ब्याख्या विश्लेषण गरिरहेका छन् । मरिमेटेर भारतको निर्देशनमा उसका सामुन्ने लम्पसार परेर कार्यान्वयनमा गएको देखिन्छ । अहिले गरिएको संविधान संशोधनको प्रस्ताव कसैको दबाब र बाध्यतामा गरिएको भनेर स्वयं माओवादी केन्द्रकै नेताहरुले सार्वजनिक अभिब्यक्ति नै दिँदै आएका छन् । यो स्थितिलाई हेर्दा फेरि पनि युद्धमा फर्किने भन्ने त प्रचण्डको सम्भावना नै देखिदैन । उनमा एक किसिमको डेभिएशन नै भइसकेको छ । उनी लडाकु पनि नभएको, विचारक र वीरयोद्धा पनि नभएकै कारण जनयुद्धको विरासत सबै विघटनतिर पुग्यो । २०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनले त ‘प्रचण्डपथ’ भन्ने अनुमोदनसमेत गरेको थियो । त्यो समेत स्वयं प्रचण्डले नै सिध्याए । प्रचण्डपथ अनुमोदन भएको अहिले सुन्दा पनि कता कता अनौठो लाग्छ । त्यसैले उनी विचारक पनि होइनन्, र लडाकु पनि होइनन् । किरण माक्र्सवादी ज्ञाता हुन्, लडाकु होइनन् तत्कलिन नेकपा (माओवादी)का बरिष्ठ नेता मोहन वैद्य किरण नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष छन् । मोहन वैद्य किरण एक क्रान्तिकारी योद्धा नै हो, उनी विचारक पनि हुन् । किरण कमरेडको विचार, विश्लेषण, बुझाइहरु सबै छन् । माक्र्सवादी ज्ञान सिद्धान्तमा उनी अहिले सम्भवतः अहिले दक्षिण एशियाकै पहिलो छन् । अहिलेसम्म उनका समकक्षी देखिदैनन् । यद्यपी कतिपय सौन्दर्यशास्त्री, भाषाशास्त्रीहरु होलान्, किरणका पनि गुरुहरु होलान् तर जहाँसम्म उनी जुन सतहमा छन् र पार्टी नेतृत्व गर्दै पनि गर्दै छन्, त्यो हिसाबले उनी माक्र्सवादी ज्ञाता नै हुन् । उनले आवश्यक परे फेरि पनि जनयुद्ध, जनविद्रोह गर्नुपर्छ भन्दै पनि छन् । उनी क्रान्तिकारी नेता नै हो । वैचारिक नेतृत्व तथा विचार पनि उनीसँग छ । तर कमरेड किरण पनि लडाकु भने होइन । हुनत किरणलाई लडाकु हो कि होइन भन्ने बेला आएको छैन । हिजो पार्टी जनयुद्धमा हुँदाको जिम्मा प्रचण्डलाई दिएका थिए । अहिले चाँही प्रचण्डलार्य बुझ्न सकिएनछ, चिन्न सकिएनछ भन्दैछन् । उनले आशा र विश्वास गरियो तर चिन्न सकिएका रैनछ, के गरम् त नि भन्ने गरेका छन् । हुनत प्रचण्डसँग आशावाद सबै जना भएकै हो । दुनियाँ नै आशावादी भएको थियो । यद्यपी वर्ग संघर्षको उठान गरौं भने अहिले ब्यवहारमा नगएकाले पनि किरणको परीक्षा हुन भने बाँकी नै छ । फेरि हामी अहिले नै मनोगतवादी हुने कुरा पनि आउँदैन । नेपाली समाजको वर्ग विश्लेषण गर्दा भने किरणले सहि ढंगले नै ल्याएका छन् । अब वर्ग संघर्षमा जाँदा उनी टिक्न सक्छन् कि सक्दैनन् भन्ने कुरा हेर्न बाँकी नै छ । विप्लव ‘इमोस्नल’ माओवादी आन्दोलनका नेताहरु मध्येका एक हुन्, नेत्रविक्रम चन्द ‘विप्लव’ । एकीकृत नेकपा माओवादीबाट मोहन वैद्य किरणसँगै विद्रोह गरी विप्लव ड्यास माओवादीमा आएका थिए । ड्यास माओवादीबाट अलग भएपछि उनले नेकपा (माओवादी) भन्ने छुट्टै पार्टीको नेतृत्व गरेका छन् । हिजोका दिनमा उनी सहायक नै थिए । उनी युद्धकालिन अवस्थामा कार्यकर्ता नै हो । एमाओवादीबाट विद्रोह गरेर ड्यास माओवादी बनाएको पनि किरणकै नेतृत्वमा भएकाले त्याहाँ पनि विप्लव सहयोगी मात्रै थिए । अहिले विप्लवले एकीकृत जनक्रान्तिको सिद्धान्त भनेर अघि सारेका छन् । उनी पनि अहिलेसम्म वर्ग संघर्षमा होमिएका छैनन् । विप्लवमा जोस, जाँगर र उत्साह छ । उनी लडाकुयोद्धा अथवा विचार होइन कि मोस्नल चाँही हो । उनले कार्यकर्ताहरु चलाएका छन् । इमोस्नल किसिमले मात्रै उनले कार्यकर्ता चलाएका छन् । पछिल्लो जनयुद्धदेखि भने विप्लवले राजनीतिक विकास गरेकै हुन् । तर पनि लडाकु विकास गर्दै वर्गयुद्धमा गएर नेतृत्व गर्न सकेमा विप्लव स्थापित वीरयोद्धा हुनुहुनेछन् । त्यसका लागि विचार पनि चाहिन्छ । सत्ता कब्जा गर्न विचार, लडाइँ र साहस तीन वटै कुरा चाहिन्छ । तर अहिले सम्मको अवस्थालाई हेर्दा विप्लव सिद्धान्तकार पनि होइन, विचारक पनि होइनन् र लडाकु योद्धा पनि होइनन् । बाबुराम इमान्दार तर विचारविहिन र सून्य माओवादी जनयुद्धका समयमा डा.बाबुराम भट्टराई एक चर्चित नाम हो । उनी राजनीतिक मात्रै नभएर बौद्धिक छबिका नेताका रुपमा पनि दरिएका थिए । भूमिगत कालमै पनि खुलामोर्चादेखि वार्ता संवादहरुम पनि भट्टराई नै देखिएका थिए । माआवादी जनयुद्धकालिन अवस्थामा पार्टीको नेतृत्व भनेकै प्रचण्डपछि बाबुराम थिए तर उनी अहिले माक्र्सवाद नै मान्नु हुँदैन भनेर कित्ता नै छाडेर गएका छन् । तर उनले छलछामपूर्ण तरिकाले आफू माक्र्सवादी र क्रान्तिकारी नभएको कुरा इमान्दारीपूर्वक नै ब्यक्त गरेका छन् । बाबुराम अहिले विचारविहिन र सून्यमा नै झरिसकेका छन् । हिजो चाँही माक्र्सवाद, लेनिनवाद, माओवादलाई स्वीकार गरेर आए । बाबुरामले ‘आँखीझ्याल’ भन्ने किताब नै लेखे । उक्त पुस्तकमा उनले तत्कालिन नेपाली समाजको वर्ग विश्लेषण, तत्कालिन नेपाली समाजको अर्थतन्त्र र नयाँ जनवादी क्रान्तिको अर्थतन्त्रकोबारेमा राम्रो तरिकाले ब्याख्या विश्लेषण गरेका छन् । उनी क्रान्तिकारी विचारमै मान्छे थिए र नेतृत्वको तहमा पनि पुगेका हुन् । सबैले प्रचण्डसँग बाबुरामलाई नै जोड्दथे । बरु प्रचण्डसँग किरणको नाम कम जोडिन्थ्यो । पालुङटार बैठक ६५ को प्लेनम हुँदै आउँदा बाबुराम प्रतिगामी संविधान बनाउने दिशामा लागे । त्यतिबेलाको खरिपार्टी भेलाको भाव सामन्तवाद, साम्राज्यवाद विरोधी सारतत्व गएको जनताको गणतन्त्रात्मक संविधान बनाउने भन्ने नै थियो । यदि त्यस्तो संविधान बनाउन दिइएन भने विद्रोह गर्नुपर्छ भन्ने खरिपाटीको निश्कर्ष थियो । तर पालुङटार भेलासम्म पुग्दा कोर्ष फेरि बदलियो । पालुङटारमा प्रचण्ड, किरण र बाबुरामको तीन वटा दस्तावेज आयो । जनताको जनसंविधान बनाउने भन्ने पुरानै भावसहित किरणले ल्याए, जतिबेला एकीकृत माओवादी संविधानसभामा नै थियो । शान्ति र संविधानको संशोधनवादी बुर्जुवा गणतन्त्रवादी अर्थात संसदीय बुर्जुवा गणतन्त्रवादी संविधान बनाउने भन्ने भावसहितको दस्तावेज बाबुरामले ल्याए । त्यसपछि बाबुराम प्रधानमन्त्री भएको बेलामा एक वर्षपछि संविधानसभा विघटन नै भयो । अहिले म कम्युनिष्ट नै होइन भनेर बाबुराम इमान्दारीपूर्वक नै बाटो लागेका छन् । बादल संगठन हुन्, पार्टीले खटाएको काम गरे रामबहादुर थापा बादल माओवादी जनयुद्धका बेला एक लडाकु हुन् भन्ने एक किसिमको बुझाइ थियो । उनको रसियामा गएर अध्ययन गरेका कुरा पनि चर्चामा आउँथे । तर उनले पार्टीको नेतृत्व गर्ने मौका पाएनन् । मोहन वैद्य किरणसँग अलग भएर समानन्तर पार्टी बनाए पनि उनले दुई दिनमै प्रचण्डमा गएर बिलिन भए । लडाकु भएको भए बादल अहिले आएर प्रचण्डसँग जाँदैनथे । उनले हिजो काम गरेको इतिहास चाँही हो तर आजको अवस्थालाई हेर्दा उनी कुनै विचारक र लडाकु दुवै होइनन् । जनयुद्धकालमा पनि बादलले पार्टीले खटाएको ठाउँमा काम गरे । जनयुद्धकालिन समयलाई हेर्दा बादल संगठन हो । इतिहासलाई मूल्यांकन गर्दा उनले हिजो कार्यकर्ता उठाउने काम गरेका हुन् । संगठक भएको कारणले लडाकु दस्तालाई प्रशिक्षण दिने काम उनले गरेका थिए । उनले नेतृत्व नगरेको कारणले पनि विचारक र लडाकुयोद्धा दुवै हुन सकेनन् । तर बादलले अहिले आएर आफ्नो इतिहास आफैले सिध्याएका छन् । मात्रिका र मणि थापाहरु बिनाविचारका पंगु माओवादी आन्दोलनले जन्माएको नेताहरु मध्येका अर्का नेता हुन् मात्रिका यादव । उनी माओवादी आन्दोलनले जन्माएको मधेसका एक नेता हुन् । उनले जनयुद्धकालमा पनि आफूलाई माओवादीको एक सिपाही भन्दै आएका थिए । तर उनी लडाकु भने होइनन् । शान्ति प्रक्रियामा आएपछि उनलाई मन्त्रीसमेत बनाइयो । तर उनी मन्त्री भएपछि बढ्ता जान्ने बन्न खोज्दा कारबाहीमा परे । उनी सबै भन्दा बिग्रिएको प्रचण्डको बढी पिछलग्गु भएर नै हो । उनी मन्त्री भएर आफूलाई बढ्दा देखाउन खोजेर एलडीओलाई पिटेपछि नै मात्रिका सिद्धिए । मेरो बुझाइमा आलोक प्रवृति आएको पनि प्रचण्डकै कारणले हो । मात्रिकामा विचार भएको भए कताकता घुमेर अहिले फेरि त्यहि गोलचक्करमा जानै नै थिएनन् । मात्रिका र मणि थापाहरु भनेको विनाविचारका पङ्गु हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies