Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

स्थानीय सीमांकनमा मन्त्रीहरु असन्तुष्ट

\"\"काठमाडौं, ७ माघ । गाउँपालिका, नगरपालिका, विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगको प्रतिवेदनप्रति मन्त्रीहरूले नै असन्तुष्टि पोखेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ– सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले जेठभित्र स्थानीय निर्वाचन गराउन संविधान संशोधन प्रस्ताव र संसद्मा दर्ता भएका निर्वाचनसँग सम्बन्धित विधेयक अगाडि बढाउन जोड दिएपछि मन्त्रीहरूले आयोगले निर्धारण गरेको सीमांकनप्रति असन्तुष्टि पोखेका हुन् । ‘स्थानीय तहको सिमाना निर्धारण गरी आयोगले बुझाएको प्रतिवेदनले निम्त्याएका जटिलताबारे मन्त्रीहरूले आफ्नो क्षेत्रका रिपोर्टिङ र गुनासा राख्नुभएको होु, एक मन्त्रीले भने । सहरी विकासमन्त्री अर्जुननरसिंह केसी र परराष्ट्रमन्त्री प्रकाशशरण महतले नुवाकोटमा स्थानीय तहको सिमाना विवादमा भइरहेको आन्दोलनबारे जानकारी गराएका थिए । नुवाकोटको सिमाना सच्याउन मन्त्रिपरिषद्मा केसी र महतले दबाब दिएका थिए । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले नुवाकोट, खोटाङ र बझाङमा सर्वदलीय समितिको सिफारिसलाई आयोगले नसमेटिदिँदा समस्या आएको बताए । ‘कतै वडा नमिलेको र कतै गाउँ नमिलेको गुनासा आएका छन् । ती सबैलाई सच्याउन थालियो भने सम्भव नहुन सक्छ तर दबाबचाहिँ आइरहेको छु, मन्त्री पाण्डेले भने । आयोगको प्रतिवेदनप्रति मधेसकेन्द्रित दलका नेताहरूले पनि असन्तुष्टि पोख्दै आएका छन् । अर्का एक मन्त्रीका अनुसार जेठभित्र निर्वाचन गराउन स्थानीय तहको निर्वाचनसँग सम्बन्धित विधेयक अगाडि बढाइदिन संसद्लाई आग्रह गरिने जानकारी प्रधानमन्त्री दाहालले बैठकमा गराएका थिए । ‘निर्वाचन गराउनका लागि संसद्मा दर्ता भएको संशोधन विधेयक पनि अगाडि बढाउनु पर्र्नेछु, दाहालले भने । आयोगले सरकारलाई पुस २२ गते सात सय १९ वटा स्थानीय तह निर्धारण गरी प्रतिवेदन बुझाएको थियो । चार महानगर, १२ उपमहानगर, दुई सय ४१ नगरपालिका र चार सय ६२ गाउँपालिका रहने प्रतिवेदन आयोगले सरकारलाई बुझाएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: