Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

अझै राहत पाएनन् दौड तोलेनीका बाढीपीडितले

[caption id=\"attachment_113170\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] डोटी, ४ माघ । गत वर्ष आएको बाढीका कारण ठूलो क्षति बेहोरेको दौड तोलेनीले अझै राहत पाउन सकेको छैन । २०७२ साल साउन २५ गते आएको बाढीका कारण क्षतविक्षत भएका दौड र तोलेनी गाविसका जनता अझै राहत पाउने आशामा दिनरात कुरिरहेका छन् । एक्कासि आएको अविरल बाढीले एकै घरका पाँच जनाको ज्यान लियो । गरिखाने जमिन जग्गा बगाएर लग्यो, आफ्नै परिवारका पाँचजना सदस्य गुमाएँ, त्यो पीडाले अझै मन झस्काउँछ सोच्नसमेत सकिँदैन, दौडका बाढीपीडित डम्बर बिष्टले भने, “ती दिनहरु कहिल्यै र कसैलाई नआओस्। जीवन निर्वाह गर्न समेत गाह्रो बनायो । सामान्य क्रियाकाज खर्च पाएको थिएँ, त्यसपछि कोही फर्केर आएनन् ।” “राति गोठमा सुतेको अवस्थामा एक्कासि आकाश मडारिएर आयो, झसङ्ग ब्युँझेँ माथिबाट ढुङ्गामुढा बगेर आए कसैलाई ब्युँझाउन नपाई आफू भागेर बाँच्न सफल भएँ”, उनले भने । “एकै रातमा पाँचजनाको एकै चिहान भयो”, उनले भक्कानिँदै भने । “आफ्नो पूरै खेत बगायो, सुकुम्वासी बनायो”, उनले थपे । बिष्टको मात्रै होइन, बाढीकै कारण एकजना अर्का स्थानीयवासीको मृत्यु भयो भने १५ जना घाइते भएका थिए । त्यँहाका बासिन्दाका ६५ घर भत्किएका थिए भने अझै चारसय आठवटा घर जोखिममा रहेका छन् । गाउँलेका ७१ गोठ भत्किए भने एकसय ७६ गोठ अझै जोखिममा रहेका छन् । उक्त बाढीले ५४ वटा पानी घट्ट, एकसय तीन गाईभैँसी, ६ वटा झोलुङ्गे पुल, आठवटा विद्यालय भवन र ५३ हजार रोपनी खेत सहितको जमिन बगाएको दौड तोलेनी गाविसमा बाढी र पहिरोले पारेको प्रभाव तथा आवश्यकता पहिचान प्रतिवेदनमा उल्लेख गरिएको छ । डोटी जिल्लास्थित जिल्ला दैवी प्रकोप उद्धार समितिमा पेस गरिएको प्रतिवेदन २०७२ साल मंसिर ९ गते प्रधानमन्त्री कार्यालयमा बुझाउँदासमेत स्थानीयवासीले कुनै राहत नपाएको दौड तोलेनी बाढीपीडित सङ्घर्ष समिति संयोजक टेकबहादुर सिंहले बताए । हामीले बारम्बार अनुरोध गर्दासमेत सरकारले कुनै पहल गरेन, सिंहको भनाइ छ । दौडकै स्थानीय एवम् बुद्धिजीवी तेजबहादुर डुम्रेलले हालका प्रधानमन्त्रीले दौड तोलेनी नजिकै रहेको खप्तड देखे तर बाढीपीडित ग्रस्त दौड तोलेनी नदेखेको भन्दै गुनासो गरे । साथै, उनले हालसम्म बस्ती नसारिएको र पुनर्वासको व्यवस्था नभएको प्रति दुःख व्यक्त गरे । बाढीले बगाएका संरचनासमेत नबन्दा स्थानीयवासी झन् समस्यामा परेका छन् भने ६ वटा बगाएका लघुजलविद्युत् आयोजना नबन्दा अन्धकारमा बस्नु परेको दौड तोलेनीका स्थानीयवासीको भनाइ छ । एक वर्ष बितिसक्दासमेत सरकारले आफ्ना समस्यालाई सम्बोधन नगरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । भर्खरै भएको हिमपातले समेत त्यहाँका जनता त्रसित भएको स्थानीयवासी एवम् बाढीपीडित जयबहादुर बिष्टले बताए । एकपटक चिराबिरा भएको जमिन माथि हिमपात हुँदा दबिएर भासिने डरले जनता आक्रान्त बनेका छन् । डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माका अनुसार बाढीपीडितलाई जिल्लाबाट उपलब्ध गराउने राहत प्रदान गरिएको छ । त्यतिले मात्रै त्यहाँका जनतालाई राहत नहुने समेत प्रजिअ शर्माले बताए । हालै मात्र पुनः जिविस डोटीले बाढीपीडितको राहतका लागि प्रधानमन्त्री कार्यालयलाई सिफारिससहित अनुरोध गरेको निमित्त स्थानीय विकास अधिकारी टेकबहादुर खड्काले जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies