Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

‘ऊर्जामा लगानी गर्नोस् , शतप्रतिशत मुनाफा लैजानोस्’ 

काठमाडौं, ४ माघ । प्रधानमन्त्री प्रचण्डले नेपालको जलविद्युत्मा लगानी गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । नेपाल लामो राजनीतिक संक्रमणकालपछि अब आर्थिक विकासको बाटोमा द्रुत गतिले लागिपरेकाले पनि जलविद्युत् क्षेत्रमा लगानी नै उत्तम विकल्प रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय समुदायसामु लगानी गरे शतप्रतिशत मुनाफा आउनेसमेत जनाएका छन् । आजको राजधानी दैनिकमा खबर छ– प्रधानमन्त्री प्रचण्डले सरकारले जलविद्युत् क्षेत्रको विकासमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेकाले लगानीको वातावरण तयार भएको भन्दै नेपालमा ८३ हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना भएको र प्राविधिक रूपमा ४२ हजार मेगावाट उत्पादन गर्न सकिने भएकाले लगानीका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानात्कृष्ट गरेका थिए । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा जारी ‘वल्र्ड फ्युचर इनर्जी समिट २०१७’ लाई विशेष वक्ताका रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको ऊर्जा क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको तथा यातायात र अन्य पूर्वाधारका परियोजना अगाडि बढिरहेकाले ऊर्जा क्षेत्रको विकासमा समेत टेवा पुग्ने बताए । प्रधानमन्त्री प्रचण्डले सरकारले वैदेशिक लगानीका लागि सहज नीति अवलम्बन गरेको भन्दै नेपाल एसियामै लगानीका लागि सहज मुलुकका रूपमा स्थापित भएको समेत उल्लेख गरेका थिए । ‘ऊर्जा उत्पादनका लागि सरकारले अलग्गै परियोजना विकास सम्झौता गर्ने नीति लिएको छ । एकद्वार प्रणाली र सहयोगी कर्मचारीतन्त्रले पनि विकासको आधार तयार भएको छ,’ सम्मेलनमा प्रधानमन्त्रीले भने, ‘नेपाल दक्षिण एसियामै लगानीका लागि सहज मुलुकका रूपमा स्थापितसमेत भएको छ ।‘ चीन र भारतजस्ता ठूलो बजारका बीचमा रहेको भौगोलिक अवस्थाले पनि ऊर्जा व्यापारमा धेरै सम्भावना रहेको र भारतसँग विद्युत् व्यापार सम्झौता गरिएकाले पनि नेपालको विद्युत् सहज रूपमा निर्यात गर्ने बाटो खुलेको उनको भनाइ थियो ।प्रधानमन्त्रीेले विद्युत् वितरण र प्रसारण क्षेत्रमा लगानीको सम्भावना प्रशस्त सम्भावना रहेकामा जोड दिँदै गत वर्ष राष्ट्रिय ऊर्जा संकटकालीन कार्ययोजना लागू गरिएको समेत बताएका छन् । सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा सन् २०२५ सम्म १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको समेत बताए । ‘हामीले राष्ट्रिय ऊर्जा संकट निवारण र विद्युत् विकास दशकको कार्ययोजना अगाडि बढाएको सन् २०२५ सम्म १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘त्यसका लागि सहज नीति, निजी क्षेत्रलाई प्रोत्साहन, पुनः नवीकरणीय ऊर्जा उत्पादनमा अनुदान आदि नीति अगाडि सारिएको छ ।’ नेपालमा जलविद्युत् र सौर्य ऊर्जा आदिको प्रचुर स्रोतको उपयोग, परिचालन गरिए समग्र दक्षिण एसियाको माग आपूर्ति गर्न नेपाल सक्षम हुने विश्वाससमेत उनले गरेका थिए ।नेपाललाई सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्न पनि आर्थिक विकास र समृद्धि जरुरी रहेको र त्यसको महत्वपूर्ण आधार नै जलविद्युत् क्षेत्र भएकाले लगानी बढाउनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । ‘ऊर्जा विकास र मानवताका लागि जीवन प्रदायक वस्तु हो,’ दाहालले भने, ‘तर, दुर्भाग्य छ कि पाँचजनामा एक नागरिक आफैं आधुनिक ऊर्जाबाट वञ्चित छ, ६५ प्रतिशत हरितगृह ग्याँस उत्सर्जन हाम्रो कार्बनमुखी ऊर्जा खपतले हुने गरेको छ ।’ प्रधानमन्त्री प्रचण्डले परम्परागत ऊर्जामा निर्भर भएको अर्थतन्त्रले जलवायु परिवर्तनको नकारात्मक असरबाट पृथ्वीलाई बचाउन नसक्नेसमेत बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकार गठन हुनुअगाडि वर्षौंदेखि दैनिक १२ देखि १६ घण्टा विद्युत् कटौती हुने गरेको उल्लेख गर्दै आपूर्ति प्रणाली सुदृढ गरी हाल विद्युत्भार कटौती पूर्ण रूपले हटाउन सफल भएको समेत बताएका थिए । उनले सन् २०२२ सम्म विकासशील राष्ट्र र २०३० सम्म मध्यमस्तरको विकसित राष्ट्र बनाउन पनि जलविद्युत् क्षेत्रको विकासमा जोड दिइएको बताउँदै सन् २०४० सम्म २५ हजार मेगावाट विद्युत् उत्पादन गर्नैपर्ने उल्लेख गरेका थिए । प्रधानमन्त्रीले आगामी १९ र २० फागुनमा नेपालमा आयोजना गरिने लगानी सम्मेलनमा भाग लिन उद्योगी तथा व्यवसायीलाई आग्रहसमेत गरेका छन् । हरित, समृद्ध र दिगो भविष्यको सम्भावना रहेकामा जोड दिँदै उनले प्रतिबद्धता, सोचाइ र बृहत् लगानीका लागि साझेदारीको आवश्यकता औंल्याएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending