Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

नयाँ शक्तिले देशका विभिन्न स्थानमा उत्पादन एवं निर्माणसम्बन्धी काम गर्ने

\"\"काठमाडौं, ३ माघ । नयाँ शक्ति पार्टीले आफ्ना केन्द्रीयस्तरका नेताहरुलाई उत्पादन, रोजगार एवं स्वरोजगारसम्बन्धी जानकारीमूलक अभिमुखीकरण तलिम दिएको छ । पार्टीले लिएको आर्थिक विकास र समृद्धिको एजेण्डालाई कसरी कार्यान्वयन गर्ने भन्ने प्रश्न उठिरहेको बेला पार्टीले नेताहरुलाई सोसम्बन्धी ज्ञान दिएको हो । त्यस्तै देशको आर्थिक विकासमा टेवा पुग्ने गरी नयाँ शक्तिले देशका विभिन्न क्षेत्रहरुमा उत्पादन एवं निर्माणसम्बन्धी कार्यहरु गर्ने योजनासमेत बनाएको छ । पार्टीको उत्पादन तथा रोजगार/स्वरोजगार अभियान समन्वय समितिले सोमबार काठमाडौंमा गरेको एक अभिमुखीकरण कार्यक्रममा उत्पादन तथा रोजगारसम्बन्धी अवधारणा ल्याएको हो । अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिले मूलतः विकास र समृद्धिलाई नै लक्ष्य बनाएकोले त्यो लक्ष्य हासिल गर्नका लागि आर्थिक विकास र समृद्धिको कार्ययोजनामा नमूनायोग्य काम गर्नुपर्ने बताए । उनले पार्टीले लिएको उत्पादन, निर्माण र रोजगारसम्बन्धी नीतिको मनशाय प्रट्याउँदै त्यसले पार्टीमा क्रियाशील नेता तथा कार्यकर्ताहरुलाई व्यवसायिक कामप्रति अभ्यस्त बनाउने र त्यसबाट आम जनतामा उत्पादनसम्बन्धी पार्टीको कार्यशैली प्रति थप विश्वास आर्जन गराउने रहेको बताए । \"\" उनले देशको आर्थिक विकासका लागि कृषिको आधुनिकीकरण एवं वैज्ञानिकीकरण, उद्योग कलकारखाना, पर्यटन, उर्जा क्षेत्रको विकास मुख्य आधार भएको बताए । संयोजक भट्टराईले विकासका पूर्वाधारजन्य क्षेत्रहरुमा राज्यले लगानी अभिवृद्धि गर्ने र कृषि, पर्यटन, उद्योग, व्यापार आदि क्षेत्रहरुमा निजी क्षेत्र संलग्न भएर अर्थतन्त्रलाई गति प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताए । नयाँ शक्तिको पहलमा संचालन गरिने उत्पादन, निर्माण तथा रोजगारकेन्द्रीत कार्यक्रमहरु देशको विकास र समृद्धिका लागि नमूनायोग्य हुने उनको भनाई थियो । पार्टीका केन्द्रीयस्तरका नेताहरु सम्मिलित उक्त अभिमुखीकरण कार्यक्रममा केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहमा संचालन गरिने विभिन्न परियोजनाहरुको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा उत्पादन तथा रोजगार समितिका संयोजक बामदेव क्षेत्रीले पार्टीको उत्पादनसम्बन्धी अवधारणा प्रस्तुत गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणका लागि निजी र सरकारी स्रोतसाधनको प्रयोग गर्दै उत्पादनमुखी काम गर्नुपर्नेमा जोड दिए । उनले  विभिन्न किसिमका उत्पादनमुखी योजनाहरुले विदेशमा रहेका युवाहरुलाई अभिप्रेरणा जगाउने, पार्टीका अभियन्ता तथा जनतालाई क्रमशः आत्मनिर्भर बनाउँदै लैजाने उद्देश्यले उत्पादन र रोजगारसम्बन्धी कार्ययोजना लागू गर्न लागिएको बताए । अभिमुखीकरण कार्यक्रममा डा. जनक शाहले उत्पादनको कार्ययोजना र वित्तीय व्यवस्थापनको बारेमा व्याख्या गरेका थिए । त्यस्तै पर्यटन व्यवसायी योगेन्द्र शाक्यले पर्यटन, उद्यमशीलतासम्बन्धी विषय, मदन राईले एकीकृत अर्गानिक कृषि व्यवसाय, डा. प्रदिपमान तुलाचनले पर्यटन, श्रम तथा रोजगारसम्बन्धी विषय, नाथु चौधरीले एकीकृत कृषि व्यवसायसम्बन्धी विषय र डा. लक्ष्मी देवकोटाले जलविद्युत तथा नवीकरणीय ऊर्जासम्बन्धी विषयमा आफ्नो धारणा राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending