Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

सहमतिमा चाँडो निर्वाचन मिति घोषणा गछौँःमन्त्री पाण्डे

\"\"काठमाडौँ, ३ माघ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले राजनीतिक दलहरुको सहमतिमा छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताएका छन् । रिपोर्टस क्लब नेपालले सोमबारआयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले संविधानलाई आवश्यक परिमार्जन गरेर भए पनि निर्वाचनमा जाने बताए । उनले भने, ‘सबै समुदायको भावनालाईसमेट्ने गरी संविधान संशोधन गछौँ ।” निर्वाचनसम्बन्धी विधेयकलाई संसद्बाट चाँडो पारित गरेर निर्वाचनको मिति घोषणा गर्न सरकार आतुर रहेको उनको भनाइ थियो । मनसुन सुरु हुनुभन्दा पहिले नै निर्वाचन हुने विश्वास पनि उनले व्यक्त गरे । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले निर्वाचन समयमै हुनुपर्छ भन्ने काँग्रेसको धारणा रहेको र त्यसका लागि वातावरण निर्माण गर्न काँग्रेस दिनरात लागिरहेको बताए । उनले भने– “काँग्रेस संसद्को ठूलो दल र सरकारमा भएको कारण यसमा काँग्रेसले महत्वपूर्ण भूमिका खेलिरहेको छ ।” नेता साउदले संविधान संशोधन र स्थानीय निकायको निर्वाचनका लागि नेकपा (एमाले)र मधेसी मोर्चालाई लचक हुन आग्रहसमेत गरे । नेकपा ९एमाले०का नेता लालबाबु पण्डितले एमालेको प्राथमिकता निर्वाचन भएकाले निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गरे । उनले भने, “निर्वाचन र संविधान कार्यान्वयनका लागि एमाले सधँै तयार छ ।” उनले निर्वाचनका लागि कानुन बनाउने काममा एमाले बाधक नबन्ने पनि स्पष्ट पारे । नेपाल सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले मधेसी मोर्चा निर्वाचनको पक्षमा रहेको भएपनि जबर्जस्ती निर्वाचन गर्न खोजिए आफूहरुलाई मान्य नहुने बताए । उनले भने, , “पहिले संविधान संशोधन गरौँ अनि निर्वाचनमा जाऔँ ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending