Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कांग्रेस नेताहरु नै संविधान संशोधन विफल पार्ने अभियानमा

\"\" काठमाडौं, १ माघ । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधन विधेयक जसरी पनि सफल पार्ने बताए पनि कांग्रेसकै नेताहरु संशोधन विफल पार्ने अभियानमा लागेका छन् । विपक्षी दलहरुको विरोधका बाबजुद ब्यवस्थापिका संसदमा विधेयक टेबुल गरिएपछि कांग्रेस नेताहरु विधेयक असफल पार्ने अभियान थालेका छन् । संशोधनको विरोध गरिरहेका राप्रपा अध्यक्ष कमल थापा, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका विजय गच्छदार लगायतका नेतालाई समेत मन्त्री बनाउने सरकारले तयारी गरिरहँदा कांग्रेसकै नेताहरु संशोधनविरोधी अभियान चलाइरहेका छन् । उनीहरुले पार्टीले ह्वीप जारी गरे पनि ह्वीप नमान्नेसमेत बताएका छन् । कांग्रेसका नेता चन्द्र भण्डारी खुलेरै संशोधन विरोधमा अभियान चलाएका छन् भने उनलाई कांग्रेसकै मन्त्रीहरुले समेत साथ दिएका छन् । रक्षामन्त्री रहेका बालकृष्ण खाँड लगायतले पनि ५ नम्बर प्रदेश टुक्र्याउने गरी भएको संशोधनमा सहमत हुन नसक्ने बताएका छन् । शनिवार प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटछमा कांग्रेस नेता भण्डारीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास हुन नदिने बताए । देशको हित र नागरिकको चाहनाविपरीत संशोधन प्रस्ताव आएकाले यसलाई विफल पार्ने उनले बताए । पार्टीले ह्वीप जारी गरे पनि आफूसहितका कांग्रेसका नेताहरुले ह्वीप नमान्ने उनले दाबी गरे । संशोधन प्रस्तावमा कांग्रेस नेतृत्वको समर्थन रहे पनि कांग्रेसको नीति वा निर्णय नभएको भण्डारीको भनाइ छ । संशोधन प्रस्ताव छलफलमै जान नदिने पनि उनले बताए । ९१ प्रतिशत प्रतिनिधिले पास गरेको संविधानलाई कसैले भनेको, कसैलाई गुण लाउने र कसैको ठेक्का लिने आधारमा संशोधन गर्न खोजिएको समेत उनले आरोप लगाए । उनले प्रदेश टुक्र्याउने कुरा मात्र नभइ नागरिकता सम्बन्धी संशोधन पनि स्वीकार्य नभएको बताए । कांग्रेस सांसद अमर पुनले पनि संशोधन स्वीकार्य नभएकोले विफल पार्ने बताए । कांग्रेस नेताहरु मात्र होइन, नेकपा माओवादी केन्द्रका केही नेताहरु पनि संशोधनको विपक्षमा उभिएका छन् । माओवादी हेडक्वाटर सदस्य तथा पूर्व उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले पनि संशोधनको विपक्षमा भोट हाल्ने बताउँदै आएका छन् । कांग्रेस, माओवादी शीर्ष नेताहरु भने ह्वीप नाघेर कोही पनि जान नसक्नेमा ढुक्क छन् । ह्वीप नमान्नु भनेको पार्टी छाड्नु भएकाले त्यस्तो कदम चाल्न सक्ने कोही नभएको उनीहरुको तर्क छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending