Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

प्रधानमन्त्री शनिबार अवुधावी प्रस्थान गर्दै, यस्तो छ कार्यक्रम तालिका

\"\" काठमाडौँ, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार संयुक्त अरब इमिरेट (युएइ)को राजधानी अवुधावी प्रस्थान गर्दैछन् । युएइका उपराष्ट्रपति एवम् प्रधानमन्त्री मोहम्मद विन रसिद मोक्तुमको विशेष निमन्त्रणामा प्रधानमन्त्री त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्रीको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, शिष्टाचार महापाल दीपक अधिकारी, उनका स्वकीय सचिवालयका सदस्य छन् । यस्तै ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा मन्त्रालयका सहसचिव लगायतको टोली पनि सोही प्रतिनिधिमण्डलको सदस्यका रुपमा समिटमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्रीले आगामी सोमबार सो समिटमा ऊर्जाका विभिन्न क्षेत्र, नेपालमा लगानीको अवसर, नेपालले अवलम्बन गरिरहेको नीति एवम् भावी परिदृश्यका बारेमा विशेष सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले युएइका राष्ट्रप्रमुख, सरकार प्रमुख एवम् उच्च अधिकारीसँग आपसीहित, द्विपक्षीय चासो, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा महत्वपूर्ण भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका सहसचिव एवम् शिष्टाचार महापाल अधिकारीले जानकारी दिए । भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपाली कामदारको समस्या समाधान गर्न, सुरक्षित एवम् भरपर्दो रोजगारीको वातावरण बनाइदिन र कामदार सुरक्षाको विषयमा समेत समकक्षी एवम् उच्च सरकारी अधिकारीसँग कुराकानी गर्ने  कार्यक्रम रहेको छ । शिष्टाचार महापाल अधिकारीले कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय भए पनि युएइमा यस स्तरको उच्चस्तरीय भ्रमण यसअघि नभएको बताए । प्रधानमन्त्रीले उनका समकक्षी मोहम्मद विन रसिद मोक्तुमसँग आपसीहित र द्विपक्षीय चासोका विषयमा आगामी आइतबार द्विपक्षीय कुराकानी  गर्नेछन् । यस्तै आगामी सोमबार समिटको उद्घाटनसत्रमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्नेछन् भने सोही दिन सम्मेलनमा सहभागी हुन आउनुभएका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग आपसीहित र चासोका विषयमा छलफल गर्नेछन् । वैकल्पिक ऊर्जाका क्षेत्रमा युएइले गरेको विकास संसारका लागि अनुकरणीय रहेको सन्दर्भमा त्यसबाट नेपालले फाइदा लिन सक्नेछ । सम्मेलनमा ऊर्जाका क्षेत्रमा काम गर्दै आएका ३२ मुलुकका ६०० बढी कम्पनीले भाग लिँदैछन् भने विभिन्न ३० कार्यक्रममा १२५ जना विषय विज्ञले आफ्नो प्रवचन दिने कार्यक्रम रहेको छ । वैकल्पिक ऊर्जाको विकास र विस्तारमा जोड दिने लक्ष्यका साथ समिटको आयोजना गरिएको हो । समिटमा ऊर्जाका क्षेत्रमा पछिल्लो दिनमा विकसित प्रविधि तथा उपकरणको समेत प्रदर्शनी गरिनेछ । यस्तै समिटमा ऊर्जा मन्त्री शर्माले पनि महत्वपूर्ण सम्बोधन गर्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले जानकारी दिनुभयो । उनका अनुसार समिटमा सहभागी मुलुकका ऊर्जा मन्त्री एवम् ऊर्जा क्षेत्रका जानकारसँग नेपालको लगानीको अवसर एवम् अनुसन्धानको क्षेत्रका काम गर्न आग्रह गरिनेछ । रमेश लम्साल/रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending