चैत्र २३ गते, २०७१ आइतवार 5th April, 2015 Sun१३:१३:३८ मा प्रकाशित
विराटनगर, नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी नभएसम्म सुशील कोइरालाको नेतृत्वको सरकार नै रहिरहने दाबी गरेका छन् ।
नेपाल प्रेस युनियन मोरङको आयोजनामा आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले एमाओवादीलगायतका दलले सहमति शब्दको गलत ढङ्गले व्याख्या गरिरहेको धारणा राखेका छन् ।
कुनै एक दलको सोचमा संविधान बनाउन नसक्ने उल्लेख गर्दै महामन्त्री सिटौलाले ठूला दल एक ठाउँमा बसेर संविधान निर्माणको विषयलाई केन्द्रविन्दुमा राखेर छलफलको आवश्यकता रहेकाे बताए ।
सङ्घीयताको विषयमा पार्टीहरुबीच फरक मत आउनु स्वाभाविक रहेको प्रसङ्ग उल्लेख गर्दै नेपाली कांग्रेसले जनताको चाहनाअनुरुप सात प्रदेशको खाका प्रस्तुत गरेको बताए ।
उनले भने- \'संविधानसभाबाट संविधान जारी गर्न जनताले निर्वाचित गरेर पठाएकामा संविधानसभा बहिष्कार गर्नु भनेको जनताको मतको अपमान हो ।\'
उनले संविधानसभामा बसेर छलफल गरी तयार पारेका प्रारम्भिक मस्यौदालाई जनताका बीचमा पठाउनुपर्नेमा सडक आन्दोलन गर्नुको कुनै औचित्य नरहेको स्पष्ट पारे ।
समायोजन भएका एमाओवादी लडाकु र हतियार फिर्ता लिन सक्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको सन्दर्भमा पत्रकारहरुले जिज्ञासा राख्दा उनले दाहालको द्वैध मानसिकताका कारण निराश र हतासको अभिव्यक्ति भएको प्रतिक्रिया दिए ।
नेपाली कांग्रसको महाधिवेशनको सन्दर्भमा उनले कुनै पनि हालतमा महाधिवेशनको तिथि नसारिने उल्लेख गर्दै अन्यथा काँग्रसको वैधानिकतामाथि नै प्रश्न उठ्न सक्ने स्पष्ट पारे।
एमाओवादी ३० दलीय मोर्चालाई बन्द हडताल फिर्ता गरी संविधान निर्माणको कार्यमा जुट्न आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: