Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

गाैरमा लागेकाे कर्फ्यु १४ घण्टा पछि फिर्ता

काठमाडाै, शान्ति सुरक्षाको कारण देखाउँदै शनिबार दिउँसो २ बजे देखि राैतहट सदरमुकाम गौरमा प्रशासनले लगाएको कफ्र्यु आइतबार बिहान बाट हटाएको छ । नेपाल सरकारले चन्द्रनिगाहपुरमा सेवा केन्द्र राख्ने निणर्य फिर्ता गरे पनि शुक्रबार राति प्रहरीले ज्यादति गरेको र सशस्त्र प्रहरीको गाडीको ठक्करले गौर १० का रामअशिष ठाकुरको मृत्यु भएपछि स्थालियले गरेको आन्दोलन चर्किएको थियो । स्थानीयको प्रदर्शनपछि त्यहाँको प्रशासनले स्थिति नियन्त्रणमा लिन गौर नगर क्षेत्रमा कर्फ्यु लगाएको थियो । कर्फ्यु लगाएसँगै शनिबार नै जिल्ला प्रशासन कार्यालयले आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको थियो । नेपाल रेडक्रस सोसाइटीको पहलमा प्रशासन, उद्योग वाणिज्य संघ, राजनितिक दल र नागरीक समाज वीच शनिवार राति १० बजेसम्म चलेको झण्डै चारघण्टा लामो वार्ता केही सकारात्म देखिएको छ । वार्तामा आन्दोलनरत पक्षले कर्फ्यु हटाएर सुरक्षाकर्मीलाई फिर्ता बोलाउन माग गरेपछि आइतबार बिहानैबाट कर्फ्यु हटाइएको प्रशासनले जनाएको छ । वार्तामा स्थानीय प्रशासनले मृतक ठाकुरलाई शहीद घोषणाका लागि पहल गर्ने, प्रहरी दमनबारे छानबिन गर्ने तथा जिल्ला सुरक्षा समितिबाट सोका लागि गर्नुपर्ने सबै काम गर्न तयार भएपछि आन्दोलनकारीहरु र प्रशासन बिचको वार्ता सकरात्मक बनेको हो । आइतबार हुने वार्तामा क्षेत्रीय प्रशासक रामकुमार आचार्य, मध्यमाञ्चल क्षेत्रका डीआइजी देवेन्द्र सुवेदी र शसस्त्र प्रहरी रुद्र वाहिनीका डीआइजी रामशरण पौडेललगायतको सहभागिता रहने प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । आन्दोलनकारीको तर्फबाट प्रहरीको गाडीको ठक्करबाट मृत्यु भएका राम आशिस ठाकुरलाई शहिद घोषणा गरिनुपर्ने, घाइतेहरुको उपचार निशुल्क हुनुपर्ने र ज्यादती गर्ने प्रहरीलाई कार्वाही हुनुपर्ने लगायतका ७ बुँदे माग राख्दै शनिवार विज्ञप्ति जारी भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending