चितवन, चितवनमा एक मजदुरको लडेर ज्यान गएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनको निर्माणाधीन भवनको छतबाट लडेर काठमाडौँ घर भई प्रशासन कार्यालयको भवन निर्माणमा काम गर्दै आएका २० वर्षीय राजेश भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।
गएराति खाना खाएर प्रशासन कार्यालयको छतमा सुत्न गएका बेला उनी एक्कासि लड्न पुगेका थिए ।
साँझ भएको उक्त घटनामा गम्भीर घाइते भएका उनको राति उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शवलाई भरतपुर अस्पतालमा राखिएको छ । उनी लड्नुको कारण भने यकिन नभएको प्रहरीले जनाएको छ ।
प्रतिकृया लेख्नुहोस्: