Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

महाअभियोग नलगाएको भए यिनलाई सेक्थे लोकमानले

\"\"काठमाडौं, २७ पुस । सर्वोच्च अदालत परिसरमा अघिल्लो महिना विप्लवका कार्यकर्ताले मोसो दलेको ३४/३५ मिनेटमै लोकमानसिंह कार्कीले पहिल्यै तयार विज्ञप्ति जारी गरेका थिए । जनआस्था साप्ताहिकमा खबर छ– तर, अहिले अदालतले आफूलाई अयोग्य ठहर गरेर पदमुक्त गर्छ भन्ने पहिल्यै थाहा हुँदाहुँदै पनि पूर्ववत् तयारी हालमा राखेको विज्ञप्ति किन सार्वजनिक गरेनन् रु खुलेको छैन । लोकमाननिकट स्रोतका अनुसार दलहरुले रातारात महाअभियोग दर्ता गरेर निलम्बनमा नपारेको भए उनको योजना पनि चानचुने थिएन । विराटनगरकी एमालेबाट समानुपातिक सांसद राज्यलक्ष्मी गोल्छा प्रकरणमा केपी ओली, झलनाथ खनाल, माधव नेपाललाई मात्र होइन, त्यसबेला पार्टी उपाध्यक्षको हैसियतमा क्रियाशील राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत अपठ्यारो पार्ने सुर थियो । ईश्वर पोखरेल, अग्नी खरेल, गोकर्ण विष्टलगायत पहिलो तहका धेरैजसो नेताको नाम सूचीमा थियो । उनले यसबारे अध्ययन गरी केस फायल तयार गर्न गोविन्द श्रेष्ठलाई अनुसन्धान अधिकृतसमेत तोकिसकेका थिए । लडाकु शिविरमा भएको भ्रष्टाचारबारे छानबिन माग गर्दै महेश बस्नेतले हालेको उजुरीका आधारमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री महरा र उर्जामन्त्री जनार्दन शर्मालाई पनि विशेष अदालत तान्ने तयारी थियो । त्यसैगरी, तिलक रावल गभर्नर रहेका बेला अष्ट्रेलियामा छापिएको पोलिमर नोटको विषय उठाएर शेरबहादुर देउवालाई अकुत सम्पत्तिको नाममा सेक्ने योजनामा पनि उनी थिए । चर्चित सुडानकाण्ड फेरि ओपन गरेर सुरक्षा निकायका प्रमुखलगायत कृष्ण सिटौला र राजनीतिक दलका नेता समेतलाई हान्ने सुरमा रहेको कार्कीका विश्वासपात्र बताउँछन् । स्रोतका अनुसार उनी सबैभन्दा बढी देउवा दम्पतीसँग आक्रोशित छन् । निकटस्थसँग भन्छन्, ‘आरजु राणाले सपना मल्ल र सुशीला कार्कीलाई मिलाएको, त्यही सल्लाहअनुसार इजलास तोकिएको र मधेसीमूलका अनिलकुमार सिन्हालाई मिलाएर पूर्ण इजलास बनाएको हो ।’ त्यही इजलासले योजनामुताविक आफ्नो पद चेट पारेको समेत उनको बुझाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: