Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

यि हुन् आईजी बन्न दिल्ली पुग्ने प्रहरी हाकिम

\"\"काठमाडौं, २६ पुस । सरकार परिर्वतन, दलका अध्यक्ष, मन्त्री बन्न नेता पुग्ने दिल्ली, राजनीतिक नियुक्ती हत्याउन पनि दिल्लीको शरणमा जाने प्रथा कुनै नैला भने होईन । तर चेन अफ कमाण्डमा चल्दै आएको फौजी संगठनका उच्च प्रहरी अधिकारी पनि दिल्लीको शरणमा जान थालेपछि नेपाल एक सावैभौम राष्ट्र नभएर भारतको एक प्रदेश झै भएको अनुमान गर्न सकिन्छ भने अर्को तर्फ प्रहरी सगठन कै बदनाम हुन हुन्न भन्न सकिन्न । आजको जनप्रहार साप्ताहकिमा खबर छ –दुर दराजमा राज्यको प्रतिनिधित्व गर्न बन्दुक भिरेर खटिने एक सिपाही त्यसको नेतृत्व हत्याउन आफूमा आत्म विश्वास नभई बिदेशीको शरणमा पाउ मोल्न हिचकिचाउँदै र बिदेशीको आशिर्वादबाट बनेको संगठन प्रमुखबाट देश र जनताले कसरी सुरक्षाको अनुभव गर्न सक्छन् । गंम्भिर प्रश्न उठ्न सक्छ । प्रसङ्ग हो नेपालको २५ आईजीको दाबेदार मानिएका डीआईजी जयबहादुर चन्दको । हाल लागूऔंषध नियन्त्रण व्यूरोमा कार्यारत चन्द नेपाल प्रहरीको आगामी आइजी बन्न नेपालका राजनीतिक दल र सरकारलाई दबाद दिनकै लागि नेपाल एयरलाइन्सको आर ए २०५ को जहाजवाट सोमबार विहान ८ः१० वजे दिल्ली उडे । तर खराब मौसमको कारण जहाज दिल्लीमा अवतरण हुन नसकेपछि काठमाडांै फिर्ता भयो । फिर्ता जाहज साँझ पाँच बजे दिल्ली उडेको थियो । आगामी फागुण ३ बाट हालका आईजी उपेन्द्रकान्त अर्यालले स्वतः अवकाश पाउने भएपछि भाबी आईजीकोे लागि चलखेल र दौडधुप बढको हो । वरियताक्रममा तिन नम्बरमा रहेका चन्दलाई आफूमा र राजनीतिक दलमा विश्वास नभएपछि दिल्लीबाट दबाब दिने रणनीति अनुरूप उनी आफ्ना केही सहयोगी बोकेर पुगेका छन् । पश्चिमका भएकै कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम भजाउँदै उनी आफू आईजीपी हुनेमा आशावादी थिए । तर सभापति देउवा र गृहमन्त्री बिमलेन्द्र निधीले बचन नदिएपछि डीआईजी चन्द देउवा, निधी र लगायतका दलका उच्च नेतालाई दबाब दिन दिल्ली निस्केका हुन् । यसका योजनाकार भने आईजी अर्याल भएको स्रोत बताउँछ । भाजपाका उपाध्यक्ष भगतसिंह कोशियारी र अजित डोबाल भेट्ने योजना मुताबिक चन्द दिल्ली निस्केका हुन् । यो रणनीतिमा अर्जुन शाही, राजेश कुमार जोशी र अर्का एक जना भारतीय मुलका व्यापारीले चन्दलाई बोकेका छन् । भगतसिंह कोशियारी नेपाल आउँदा डीआईजी चन्द उनी वसेको होटल पुगेरै सहयोगको याचना गरेका थिए । यसपटक पनि चन्दले भगतसिंह कोशियारी कै सहयोगमा भारतका उच्च अधिकारीलाई भेट्ने तयारीमा रहेको स्रोतको दावी छ । पूर्व आईजीपी रमेश चन्द ठकुरीका बहिनी ज्वाई समेत रहेका अर्जुन शाही आफुलाई भारतीय संस्थापनको विश्वासिलो मान्छेको रूपमा नेपालमा चिनाउँदै आएका छन् । शाहीसँगै व्यपारी राजेश कुमार जोशी र भारतीय मुलका अर्का एक जनापनि चन्दलाई आईजी बनाउने लबिङ अनुरूप दिल्ली लागेका छन् । उनीहरूले भारतीय गृहमन्त्री राजनाथ सिंह र उनका सुरक्षा सल्लाहकार अजित डोभाललाई भेटेर नेपालको राजनितिक नेतृत्वलाई दवाव दिने योजना बनाएको उच्च स्रोतको दावी छ । दिल्लीमा भेटघाटको प्रवन्ध भने देहरादुनमा रहेका नेपाली मुलका भारतीय सुर्य शाहीले मिलाएका छन् । उनी भारतीय गृहमन्त्री राजनाथ सिंहका सम्धी नारायणसिंह राणाका निकट मानिन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending