Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

'अयोग्य'ले गरेका निर्णय के होलान् ?

\"\"काठमाडौं, २६ पुस । सर्वोच्च अदालतको आदेशानुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की अयोग्य साबित भएपछि ती अयोग्य पात्रले गरेका निर्णय के हुन्छन् भन्ने प्रश्नसमेत उठ्न थालेको छ। आजको नेपाल समाचारपत्रमा खबर छ– सर्वोच्च अदालतले कार्कीको नियुक्ति तथा शपथसमेत शुरूदेखिका सम्पूर्ण प्रक्रिया बदर गरेको छ। यस्तो अवस्थामा उनीद्वारा गरिएका कार्यहरू अब के हुन्छन् भन्नेमा आकलन गर्न थालिएको हो। उनले भ्रष्टाचारको अभियोग लगाउने बारेमा अख्तियार प्रमुखको हैसियतमा काम गरेका थिए। उल्लेख्य संख्यामा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएका छन्। कतिपय मुद्दाहरू सो अदालतमा विचाराधीन अवस्थामा समेत रहेका छन्। सर्वोच्च अदालतले हाल संक्षिप्त आदेश मात्र दिएको छ। पछि पूर्णपाठ तयार हुँदा सो सम्बन्धमा पनि बोल्न सकिने भएको हुनाले यसबारेमा खासै स्पष्ट धारणा भने आएको पाइँदैन। सर्वसाधारण तहबाट भने उनले अहिलेसम्म खाएको तलब भत्तादेखि छानबिन गरिएका कार्य र निर्णयहरूकै बारेमा पनि अब के हुन्छ भन्ने प्रश्न उठाएको समेत पाइएको छ। अख्तियारका प्रवक्ता जीवराज कोइरालाले लोकमानद्वारा गरिएका कार्यहरूको बारेमा के हुन्छ भन्ने बारेमा अदालतबाट पूर्णपाठ नआएसम्म केही पनि बोल्न नमिल्ने उल्लेख गरे। उनले भने, ‘अदालतबाट आउने पूर्णपाठ नहेरी केही पनि भन्न सक्ने अवस्था छैन। यसबारेमा स्पष्ट हुन हामीले अदालतको पूर्णपाठ कुर्नै पर्छ।’ यसैबीच कार्कीले सोमबार पनि अख्तियारको निवास नछाडेको बुझिएको छ। अख्तियार स्रोतले उनी हिजो सोमबार आफ्नो घर जाने बताए पनि उनले निवास छोडेका थिएनन्। अख्तियारका प्रवक्ता कोइरालाले औपचारिकरूपमा अदालतको आदेश नपाएको हुनाले कार्कीले हाल बसिरहेको निवास नछोडेको हुन सक्ने आकलन गरे।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: