Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

२५ निजामती कर्मचारी बर्खास्त !

काठमाडौं, २६ पुस । सरकारले अध्ययनका लागि विदेश गएर लामो समयसम्म सम्पर्कमा नआएका दुई दर्जन निजामती कर्मचारीलाई बर्खास्त गर्ने भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– निजामती कर्मचारीको व्यवस्थापन गर्ने जिम्मेवारी बोकेको सामान्य प्रशासन मन्त्रालयले सरकारका विभिन्न मन्त्रालय, विभाग र कार्यालयमा दरबन्दी रहेका २५ कर्मचारीलाई कारबाहीप्रक्रिया अघि बढाएको छ । कर्मचारीहरू सरकारले दिएको सुविधाअनुसार छात्रवृत्तिमा जाने र नेपाल नफर्कने निजामती कर्मचारी ऐनविपरीत भएको भन्दै पहिलो चरणमा २५ जनालाई बर्खास्त गर्दै क्षतिपूर्तिसमेत असुलउपर गर्ने तयारी गरेको हो । अध्ययन बिदामा गएर सम्पर्कमा नरहेका अन्य कर्मचारीका विषयमा अनुसन्धान जारी रहेको र फेरि कारबाहीप्रक्रिया अघि बढ्ने मन्त्रालयले जनाएको छ । ‘नेपाल सरकारलाई आएको सुविधाअनुसार छात्रवृत्तिमा अध्ययन गर्न विदेश जाने अनि बिदा सकिएपछि पनि नफर्कनेलाई कारबाहीप्रक्रिया अघि बढेको छ\', सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले भने, ‘अहिले २५ जना त्यस्ता कर्मचारीलाई बरखास्त गर्न सम्बन्धित कार्यालयमा पठाएका छौं ।\' निजामती सेवा ऐनको दफा ६१ को (१) को छ ले बिदा स्वीकृत नगराई लगातार ९० दिनसम्म अनुपस्थित भए सेवाबाट हटाउन सकिने व्यवस्था गरेको छ । निजामती सेवाका कर्मचारी सरकारलाई उपलब्ध छात्रवृत्तिको कोटामा अध्ययन बिदा लिएर विदेश जाने, उक्त समय सकिएपछि बेतलबी बिदा बस्ने र त्यो समय पनि सकिएपछि सम्पर्कविहीन हुने प्रवृत्ति देखिएको छ । सामान्यले बर्खास्त गर्ने गरी प्रक्रिया अघि बढाएकोमा शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयदेखि विभिन्न विभागमा कार्यरत विभिन्न तहका कर्मचारी छन् । यी हुन् बर्खास्त हुने कर्मचारी \"\"
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: