Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

संसदमा किन बस्दैनन् सांसद ?

\"\"काठमाडौं, २६ पुस । संसद् बैठकमा सोमबार चार सय चार सांसदले हाजिर गरेका थिए । तर, स्थानीय तह निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण विधेयकमाथि विचार गरियोस् भनी स्वीकृतिका लागि प्रस्तुत गर्दा संसद्मा गणपूरक संख्या नै पुगेन । आजको नयाँ पत्रिकामा खबर छ– नेमकिपाका सांसद डिल्ली काफ्लेले गणपूरक संख्या अपुग रहेको भन्दै गणना गर्न माग गरेपछि कोरम नै पुगेन । त्यसवेला संसद् बैठक कक्षभित्र एक सय १६ सांसद मात्र उपस्थित थिए । दुई सय ८८ सांसद भने हाजिर गरेर ‘टाप’ कसिसकेका थिए । केही सांसद भने संसद् भवनबाहिर घाम तापेर गफिँदै थिए । लगातार १५ मिनेट घन्टी बजाइएपछि केही सांसद बैठक कक्षमा फर्किएका थिए । संसद्मा गणपूरक संख्या पुर्‍याउने दायित्व सत्तापक्षको भए पनि सत्तापक्षकै कतिपय सांसद हाजिर गर्ने र बाहिरिने गरेकाले पटक–पटक संसद् बैठकमा कोरम नपुग्ने गरेको छ । हाजिर गरेर कति पाउँछन भत्ता ? संसद् बैठक चलेका वेला सांसदले जनही १ हजार रुपैयाँ बैठक भत्ता पाउँछन् । त्यसका आलावा यातायात सुविधाका नाममा थप १ हजार अतिरिक्त सुविधा पनि पाउने व्यवस्था सांसदहरूको पारिश्रमिक तथा सेवासुविधासम्बन्धी ऐनमा उल्लेख छ । भत्ताकै कारण पनि सांसदहरू बैठकमा हाजिर गर्न छुटाउँदैनन् । तर, हाजिर गरेर उनीहरू बैठक कक्षमा बस्नुभन्दा टाप कस्ने गरेका कारण संसद्मा गणपूरक संख्या नपुग्ने गरेको विभिन्न दलका सचेतक बताउँछन् । सांसदहरूलाई सम्बन्धित दलले कारबाही गर्नेगरी कडाइ गर्न नसक्नु, बैठकभन्दा पनि सांसदहरू मन्त्रालय, सरकारी निकायमा बढी खटिनु र जिल्ला दौडाहमा गइरहने कारणले पनि बैठकमा गणपूरक संख्या नपुग्ने गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जो पायो, त्यहीलाई सांसद बनाउने, पार्टीको ह्विप उल्लंघन गर्ने, अनुशासन नमान्नेहरूलाई पनि तेरो–मेरो नाममा संरक्षण गर्नेजस्ता काम माथिल्ला नेताहरूबाटै हुने गरेका कारण पनि सांसदहरूमा हाजिर गरेर टाप कस्ने प्रवृत्ति बढेको बताए । ‘मन्त्रीहरूले पनि संसद् बैठकलाई महत्व दिएर संसद् चलेका वेला समय दिने हो भने कतिपय सांसद संसद् बैठकमै रहन्छन्,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘सांसदहरू मन्त्रालय धाउने काम त्यसले रोक्न सक्थ्यो होला ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: