Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

पूर्वराज्यमन्त्री साहसँग ३१ करोड अवैध सम्पत्ति

\"\"काठमाडौं, २६ पुस । पूर्वराज्यमन्त्री तथा निलम्बित सांसद सञ्जय साह ‘टक्ला’ले गैरकानुनी रूपमा साढे ३१ करोड सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अकुत सम्पत्तिसम्बन्धी मुद्दामा आयोगले विशेष अदालतमा दायर गरेको यो मुद्दा हालसम्मकै ठूलो हो । आजको नयाँ पत्रिकामा खबर छ– साहविरुद्ध अकुत सम्पत्तिसम्बन्धी उजुरी परेपछि छानबिन गर्दा ३१ करोड ५० लाख २६ हजार ६ सय ५९ रुपैया“बराबरको सम्पत्तिको स्रोत नखुलेको आयोगले जनाएको छ । आयोगका अनुसार साहसँग करिब ८० करोड रुपैयाँबराबरको सम्पत्ति छ । आयोगले साहका बुबा साधु साह सुडी, आमा दुलारीदेवी सुडी, श्रीमती रंगिला देवी, भाइ रामकुमार साह तथा व्यावसायिक साझेदारहरू राममिलन राउत कुर्मी र नीलम सिंहविरुद्ध समेत मुद्दा दायर गरेको छ । साहका भाइ रामकुमार साहको नाममा रहेको मिथिला मनी ट्रान्सफर प्रा।लि।ले हुन्डीको कारोबार गरी राजस्व छली गरेकाले उनलाई समेत कारबाही गर्न राजस्व अनुसन्धान विभागलाई पत्राचार गरिएको आयोगले जनाएको छ । रामकुमारले एक शाखाबाट अर्को शाखामा रकम पठाउँदा र झिक्दा बैंकिङ प्रणालीमा नदेखाई सोझै पठाउने गरेको छानबिनमा खुलेको आयोगको दाबी छ । आयोगका अनुसार उनले कारोबारको अभिलेख डे बुकमा मात्र राख्ने गरेको र हुन्डीसमेतको कारोबार गरेका थिए । त्यस्तै, सञ्जय साहका बुबा साधु साह सुडीको नाममा रहेको मिथिला आयल स्टोर्सले राजस्व छली गरेको आयोगले जनाएको छ । अनुसन्धानको क्रममा प्राप्त कागजातबाट छली खुलेकाले थप छानबिन गरी कारबाही गर्न आयोगले राजस्व विभागलाई फाइल पठाएको छ । साहले मिथिला मनी ट्रान्सफर, धु्रवतारा कन्स्ट्रक्सन, वीरेन्द्र इन्स्टिच्युट अफ मेडिकल एन्ड टेक्नोलोजी, केबी पेट इन्डस्ट्रिज कर्णाली बिल्डर्स, सारस इन्भेस्टमेन्ट प्रालि, क्लाउड नाइन नेपाल, गंगासागर गु्रप अफ इन्स्टिच्युसन, मिथिला आयल स्टोर्सलगायतका कम्पनी चलाउँदै आएका छन् । जेलमै छन् साह साह बम विस्फोट तथा हत्याको घटनामा संलग्न रहेको अभियोगमा हाल जेलमा छन् । फोरम लोकतान्त्रिकका तर्फबाट सांसद भएका उनी ०७१ वैशाखमा पक्राउ परेका थिए । त्यसयता उनी जेलमा छन् । उनी ०६५ मा भौतिक योजना तथा निर्माण राज्यमन्त्री भएका थिए । ०७० को संविधानसभा निर्वाचनमा धनुषाबाट निर्वाचित भएका उनी फौजदारी मुद्दामा पक्राउ परेपछि निलम्बनमा परेका हुन् । अनुसन्धानको क्रममा साहकै योजनामा ०६९ मा जनकपुरमा बम विस्फोट भएको खुलेपछि उनलाई प्रहरीले ०७० को वैशाखमा पक्राउ गरेको हो । ०६६ मा धनुषाका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या पनि साहको योजनामा भएको खुलेपछि गत वर्ष उनीविरुद्ध अर्को मुद्दा दायर भएको छ । आफूविरुद्ध समाचार लेखेको भन्दै साहले सिंघानियाको हत्या गरेको प्रहरीले जनाएको छ । सिआइबीद्वारा पनि अनुसन्धान सञ्जय साहमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले समेत अनुसन्धान गर्दै आएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर सिआइबीले अनुसन्धान गर्दै आएको छ । सिआइबीको अनुसन्धानमा उनको करिब ७५ करोडबराबरको सम्पत्ति रहेको फेला परेको थियो । २० वर्षअघि निम्न आर्थिक अवस्था भएका सञ्जय साहले राजनीतिको आवरणमा गुन्डागर्दीबाट सबै सम्पत्ति जोडेको प्रहरी अधिकारी बताउँछन् । प्रहरीका अनुसार हाल उनीसँग करिब ६० करोड रुपैयाँबराबरको जग्गा मात्र छ । ललितपुरमा उनको १ रोपनी जग्गा र दुई करोड मूल्यबराबरको घर छ । सर्लाहीमा पाँच करोड रुपैयाँबराबरको नौ कट्ठा र जनकपुरमा ४० करोड रुपैयाँबराबरको जग्गा रहेको सिआइबीको अनुसन्धानमा खुलेको छ । धनुषाका सामान्य व्यक्ति रहेका सञ्जय साह गुन्डागर्दी र अवैध धन्दाबाट करोडपति बनेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: