Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन

काठमाडौं, २५ पुस । सरकारले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यसको ढाँचा अध्ययन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा आइतबार बसेको लगानी बोर्डको बैठकले राष्ट्रिय योजना आयोगका सदस्य हिरेन्द्रमान श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको हो । आजको राजधानी दैनिकमा खबर छ– आयोगको पूर्वाधार हेर्ने सदस्य श्रेष्ठको संयोजकत्वमा गठित समितिमा अर्थ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्ड र रेल विभागका अधिकारीहरू संलग्न हुने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले बताए । उनका अनुसार समितिलाई तीन महिनाभित्र सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा मेट्रो रेल विकासको ढाँचासहितको प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कोरियनसँगको सहयोगमा गरेको अध्ययनअनुसार उपत्यकाका पाँचवटा रुटमा मेट्रो रेल सञ्चालनको सम्भावना छ । सीईओ अधिकारीका अनुसार सातदोबाटोदेखि रत्नपार्क हुँदै नारायणगोपाल चोक, कीर्तिपुरदेखि कालीमाटी–नयाँ बानेश्वर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, कोटेश्वरबाट चाबहिल–स्वयम्भू–कोटेश्वर, स्वयम्भूबाट डिल्लीबजार हुँदै बौद्ध र धोबीघाटदेखि सिंहदरबार–नक्साल हुँदै गोंगबु रुट पहिचान भएका छन् । यिनै कुराहरूलाई अधार मानी समितिले आवश्यक अध्ययन गर्नेछ । मेट्रो सञ्चालन गर्दा सरकारले के–कस्तो सहयोग गर्नुपर्ने र न्यूनतम कति रकम लगानी सरकारले गर्दा लगानीकर्ता यसतर्फ आकर्षित हुन्छन् भन्ने विषयमा समितिले अध्ययन गर्ने अधिकारीले बताए । समितिको अध्ययनपश्चात् टेन्डरको प्रक्रिया अघि बढाई निजी क्षेत्रलाई काम दिइने उनले बताए । काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि धेरै पहिलादेखि नै आवाज उठेको भए पनि हालसम्म काम अगाडि बढ्न सकेको थिएन । यसको सम्भाव्यता अध्ययनका लागि समिति नै गटन भएपश्चात् अब यो कार्यले मूर्तरूप लिने आशा पलाएको छ ।  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: