Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

संशोधन विद्येयक अघि बढाउने सरकारको तयारी : के होला आज संसदमा ?

\"\"काठमाडौं, २४ पुस । संसदको बैठक स्थगित गरेपछि सभामुख ओनसरी घर्तिमगरको पहलमा शिर्ष तिन दलका तिन नेताहरुको छलफल भएको थियो । सभामुखका प्रेस सल्लाहाकार बविन शर्माका अनुसार संशोधन विद्येयक र सदन अवरोध खुलाउनेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच छलफल छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेन । तीन नेताबिचको छलफल लगत्तै प्रधानमन्त्री प्रचण्ड र ओलीबितच अहिले गोप्य वार्ता भएपनि सहमति हुन सकेन । दुई नेताबिचको बसाई लगत्तै फेरी तीन दलबिच छलफल पनि विना निष्कर्ष टुङ्गियो । एमाले लगायतका नौ दलले संसद अवरोध गर्ने र सरकारले विद्येयकमाथि छलफल चलाउने निर्णय गर्नुले संसदमा भिडन्तको स्थिति त बन्दैन भनेर आशंका गरिएको छ । यता ब्यवस्थापिका संसदको आइतबारको बैठकमा विरोधकाबीच पनि संशोधन विधेयक टेबुल गर्ने तयारी गरिएको छ । आइतबारको १ बजेका लागि डाकिएको पहिलो बैठक शोक प्रस्ताव पारित गरी ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । संसद बैठकले पूर्व सांसद मणिराज पोख्रेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो । २०१५ सालमा तत्कालीन क्षेत्र नम्बर १६ खोटाङबाट सांसद बनेका पोख्रेलको पुस १८ गते निधन भएको थियो । शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेका कारण विपक्षी दलहरुले पहिलो बैठक चल्न दिएका थिए । सत्तारुढ दल संसोधन विधयेक आजै टेबुल गर्ने पक्षमा छन् भने प्रतिपक्षी एमाले यसको विरोधमा छ । विरोधकाबीच सदन चलाउने तयारी गरेपछि विपक्षी दलहरुले प्रतिवाद गर्ने तयारी गरेका छन् । एमालेसहितका विपक्षी दलहरुले मर्यादित ढंगले विरोध गर्ने निर्णय गरेपछि सदन विरोधकाबीच सञ्चालन गर्ने तयारी गरिएको स्रोतले बताएको छ । विहान बसेको एमाले नेतृत्वको ९ दलीय विपक्षी गठबन्धनले संसद अवरोधलाई निरन्तरता दिने तर मर्यादित तरिकाले विरोध गर्ने निर्णय गरेको छ । बैठकले विरोधको शैलीलाई शिष्ट र मर्यादित बनाउने निर्णय गरेको परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताए । संसदको बैठक स्थगित गरेपछि सभामुख ओनसरी घर्तिमगरको पहलमा शिर्ष तिन दलका तिन नेताहरुको छलफल समेत भएको सभामुखका प्रेस सल्लाहाकार बविन शर्माले बताएका छन् । संशोधन विद्येयक र सदन अवरोध खुलाउनेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच छलफल छलफल भएपनि कुनै निष्कर्ष निस्किसकेको भने छैन । तीन नेताबिचको छलफल लगत्तै प्रधानमन्त्री प्रचण्ड र ओलीबितच अहिले गोप्य वार्ता भईरहेको छ । दुई नेताबिचको बसाई लगत्तै फेरी तीन दलबिच छलफल हुने एक नेकपा माओवादी केन्द्रका एक नेताले बताए । एमाले लगायतका नौ दलले संसद अवरोध गर्ने र सरकारले विद्येयकमाथि छलफल चलाउने निर्णय गर्नुले संसदमा भिडन्तको स्थिति त बन्दैन भनेर आशंक गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending