Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

सिरियाली सीमा सहरमा भयानक विस्फोट, त्रिचालीस जनाको मृत्यु

लेवनान, २३ पुस । सिरियाली विद्रोही समूहको अधीनस्थ सहर अजाजमा शनिबार एक शक्तिशाली ट्याङ्कर बम विस्फोट हुँदा ४३ जनाको मृत्यु भएको छ । उत्तर अलेप्पो राज्यको टर्कीसँग सीमा जोडिएको उक्त सहरमा यसअघि यति धेरै मानिसको ज्यान जाने गरी आक्रमण नभएको स्थानीय प्रत्यक्षदर्शीले बताएका सिरियाली मानव अधिकारवादी संस्थाले जनाएको छ । घटनामा छजना विद्रोही र बाँकी सबै सर्वसाधारणको मृत्यु भएको उक्त संस्थाले जनाएको छ । संस्थाका प्रमुख रमी अब्देल रहमानले घटनामा मृत्यु भएका प्रायः सबैजनाको विस्फोटबाट चिन्न नसकिने गरी शरीर उढेको र दजैनौँ सर्वसाधारण घाइते भएका छन् । टर्की र रसियाको मध्यस्थतामा सिरियाली सरकार पक्ष र विद्रोहीबीच एक साता पहिले डिसेम्बर ३० मा युद्धविराम सम्झौता भएपछि पनि सवै पक्षबाट सम्झौता उल्लङ्घन गर्दै एक अर्काविरुद्ध आक्रमणलाई निरन्तरता दिइरहेको बताइरहे पनि यति धेरै नागरिकको मृत्यु हुने गरी भएको यो नै प्रमुख घटना हो । दुई दिन पहिले सिरियाली युद्धविराम सम्झौतामा समावेश भएका करिब एक दर्जन विद्रोही समूहले युद्धविरामपछि पनि सरकारले राजधानी दमास्कस वरपरका क्षेत्रमा सुरक्षा कारबाही जारी राखेको भनी असन्तुष्ट पक्षले केही समयपछि काजकिस्तानको राजधानी अस्पतानामा संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्ति वार्ताका लागि छलफल हुने बैठकमा सरकारद्वारा जारी राखेका आक्रमण नरोके आफूहरुले संलग्नता नजनाउने भनी एक विज्ञप्ति जारी गरी सम्झौता उल्लङ्घन भएको तर्फ सम्बद्ध सबै पक्षलाई अवगत गराएका थिए । घटनाको जिम्मेवारी शनिबार रातिसम्म कसैले लिएको छैन । विस्फोटको समयमा उक्त सहरमा उपलब्ध एक वकिल वोसामा अल मेहरीले घटना इस्लामिक स्टेट –आइएस०को स्थानीय समूहद्वारा गराइएको हुनसक्ने बताएका छन् । सहरमा शक्तिशाली विस्फोट गराइएको र सामान्य नागरिकलाई तर्साउने गरी भएकाले उहाँले घटनामा सिरियाली दायस समूहको संलग्नता रहेको आशंका व्यक्त गरे । रासस÷एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending