Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

प्राधिकरणमा ज्ञवाली यसकारण अयोग्य

\"\"काठमाडौं, २४ पुस । सरकारले राष्ट्रिय पुनर्निमाण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई दोस्रो पटक २४ घन्टे स्पष्टीकरण सोधेको छ । एमाले अध्यक्ष केपी ओलीको कार्यकालमा नियुक्त भएका कार्यकारीअधिकृत ज्ञवाली पुनर्निर्माण प्राधिकरणमा बसेर सरकारले नियुक्त गरेको एकजना कर्मचारीभन्दा बढी एमाले नेताका रुपमा काम गर्न थालेपछि सरकार स्पष्टीकरण सोध्न बाध्य भएको हो । देशान्तर साप्ताहिकमा खबर छ– एमालेको राजनीतिक अभीष्ट पूरा गर्ने राजनीतिक उद्देश्य बोकेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृत भएका ज्ञवालीले केपी ओली सत्ताबाट बाहिरिएदेखि नै नयाँ सरकारलाई असहयोग गर्न लागेका थिए । सरकारसँग फरक मत राखेपनि पुनर्निर्माणको काममा समेत सिन्को भाँच्न नसकेपछि सरकारले स्पष्टीकरण सोधेको बताइएको छ । ज्ञवालीले सरकारले सोधेको स्पष्टीकरणमा एउटा सरकारी कर्मचारीले दिने स्पष्टीकरण भन्दा पनि बढी राजनीतिक नेता जस्तो राजनीतिक भाषको स्पष्टीकरण दिएर सरकारलाई आफै चिढाउने काम गरेपछि सरकारले अझै सुध्रिने मौका दिनका लागि दोस्रो स्पष्टीकरण सोधेको बताइएको छ । राजनीतिक भाषको स्पष्टीकरण दिँदै कार्यकारी अधिकृतले अर्थ मन्त्रालय र प्रधानमन्त्रीले समेत असहयोग गरेको भन्दै उल्टै सरकारलाई आरोप लगाएका थिए । तर उनी आफैले भने नियुक्ति भएसँगै सरकारी निकायसँग समन्वय गर्न नसकेका कारण पुनर्निर्माणको काम अगाडि बढ्न नसकेको सरकारी अधिकारीहरुले बताउने गरेका छन् । ओली सरकारले अत्यन्तै जुनियर कर्मचारीलाई पुनर्निमार्ण प्राधिकरणको कार्यकारी अधिकृत बनाएपछि धेरै सरकारी कर्मचारहिरुले प्राधिकरणमा गएर काम गर्नका लागि असहजता जनाएका थिए । तर यस्तो अवस्था आउँदा पनि ज्ञवालीले सरकारी निकायसँग समन्वयको प्रयाससमेत नगरेको प्राधिकरण स्रोतले जनाएको छ । ज्ञवालीले सरकारी निकायसँग समन्वय गरेर पुनर्निर्माणको काम अगाडि बढाउनेभन्दा पनि गैरसरकारी संस्थाको मुख ताकेर बसेको भन्दै प्राधिकरणमा समेत असन्तुष्टि बढेको थियो । सरकारी निकायका कर्मचारीहरुलाई मात्र नभएर पुनर्निर्माणको काममा सीटीईभीटीसँग समन्वय गर्ने अवस्था हुँदाहुँदै पनि उनले त्यो काम गर्नेभन्दा पनि एमाले निकट गैरसरकारी संस्थालाई पुनर्निर्माणको जिम्मा दिनेतर्फ बढी केन्द्रित भएका थिए । उनले नयाँ पुनर्निर्माण कार्यविधी तयार पारेको दाबी गरे । तर, उनले नयाँ कार्यविधि बनाएको नभई २०७२ साल दसैं अगाडि बनाएको कार्यविधिमा रहेर काम अगाडि बढाउने भन्दा राजनीतिक विशेषगरी एमालेको निर्देशन कुरेर बसेका थिए । ज्ञवालीले गरेको सबैभन्दा ठूलो अपराध भनेको झन्डै आठ लाख घर भत्केर नौ हजार मान्छेले ज्यान गुमाएर पनि नेपाललाई नमुना बस्ती विकासका लागि आएको अवसरको उपयोग गर्नेबाट मुलुकलाई नेकपा एमालेको उक्साहटमा ज्ञवालीले गरेका छन् । प्राधिकरण निकट स्रोतका अनुसार भूकम्पपछि नै पीडीएन रिपोर्ट तयार पार्दासमेत नमुना बस्ती विकासको योजना अगाडि सारिएको थियो । तर, ज्ञवालीले यो कामलाई अगाडि नबढाएर एउटा सिंगो पुस्तालाई नै धोका दिएका छन् । यही कारणले सरकारले उनलाई स्पष्टीकरण सोधेको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: