Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

अाइतबारको संसद बैठकमा संशोधन विधेयक टेबल गर्ने सरकारको तयारी, एमालेले प्रतिवाद गर्ने

\"\" काठमाडौँ, २३ पुस । व्यवस्थापिका–संसद्मा संविधान संशोधन विधेयक दर्ता भएसँगै उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलले वार्ता र संवादलाई अझै थप घनिभूत तुल्याउनुपर्ने आवश्यकता देखाएको छ । सर्वाेच्च अदालतबाट संविधान सशोधन विधेयकमाथि भएको फैसलालाई प्रमुख राजनीतिक दलले समग्रमा स्वागत गरेपनि आफू अनुकूलको व्याख्या र विश्लेषणले समस्यालाई ज्यूँका त्यूँ राखेको हुँदा विश्वास बढाउन र सहमति कायम गर्न परिणाममुखी वार्ताको अपेक्षा गरिएको छ । नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले समस्या समाधान गर्न आफूहरुले निकै चासो र हतारो गरेपनि सत्तापक्षबाट वार्ता र संवादका लागि आवश्यक पहल नहुँदा समस्या हिजोकै ठाउँमा रहेको बताए । “यथार्थमा भन्ने हो भने, नेपाली जनताले संविधान संशोधन गर्नुपर्छ भनेका छैनन, माग पनि छैन, हिजोको जनप्रदर्शनले संशोधनको औचित्य छैन भन्ने पुष्टि गरेको छ, चुनावको मिति घोषणा गरेर निर्वाचनमा जाऔँ भन्ने सन्देश दिएको छ”  उनले भने । संविधानका केही अन्तरवस्तुप्रति असहमति जनाउँदै आन्दोलनमा रहेका मधेस केन्द्रित दलका मुद्दालाई सम्बोधन गर्ने क्रममा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले अघि सारेको संविधान संशोधन प्रस्तावलाई प्रमुख प्रतिपक्ष नेकपा (एमाले)लगायत दलले अस्वीकार गर्दै आएका छन् । विधेयकमा प्रदेशको सीमाङ्कन, भाषा, नागरिकता र राष्ट्रियसभामा प्रतिनिधित्वजस्ता विषय समेटिएका छन् । माओवादी केन्द्रका सचेतक टेकबहादुर बस्नेतले दलहरुबीच औपचारिक÷ अनौपचारिक ढङ्गबाट वार्ता र छलफलमार्फत सहमतिका लागि पहल भइरहेको जानकारी दिए । “संसद्को आइतबारको बैठकमा संविधान संशोधन प्रस्ताव टेबल हुन्छ, मलाई विश्वास छ, सदनको अवरोध हट्छ, सदनका सबै प्रक्रियाहरु अघि बढ्ने छन् ” उनले भने । संविधान संशोधनको बारेमा परेको रिटमा अदालतले प्रदेशको सीमा हेरफेर गर्न सक्ने संवैधानिक व्यवस्थाका बारेमा ध्यानाकर्षण गराउँदै विधेयकको छिनोफानो गर्ने संसद्को अधिकार भएको स्पष्ट गरेको छ । आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्ने क्रममा उक्त विधेयक कोशेढुङगा सावित हुने र संविधानको स्वीकार्यतालाई बढाउने सत्तारुढ नेपाली काँग्रेस र माओवादी केन्द्रको भनाइ छ भने प्रमुख प्रतिपक्षले भने राष्ट्रको हित विपरित भएकाले यसलाई मान्न नसकिने अडान राख्दै आएको छ । काँग्रेस संसदीय दलका सचिव ध्रुव वाग्लेले संशोधन विधेयकका सन्दर्भमा सर्वाेच्च अदालतमा परेको रिटमा अदालतले संसद्को क्षेत्राधिकार हो भनेर निर्णय सुनाइसकेपछि अब पनि संसद् प्रक्रियालाई अघि बढ्न नदिनु भनेको अनावश्यक भद्दा जिद्धिबाहेक केही नहुने बताए । “एमाले जस्तो जिम्मेवार पार्टीले निरन्तर संसद अवरोध गर्दा संविधान कार्यान्वयमा बाधा पुग्न गई देश एउटा गलत दिशातर्फ उन्मुख हुने भनेर अवश्य पनि बुझेको हुनुपर्दछ, प्रस्तुत विधेयक असफल वा बास हुनु त्यो संसदीय अभ्यास हो, परन्तु विधेयकमाथि छलफल हुन दिन्नौ भन्नु संविधान कार्यान्वयनमा बाधा पु¥याउनु हो” उनले भने । संशोधन प्रस्तावाकाबारेमा प्रमुख दलहरुबीच सहमति कायम गर्न सभामुख ओनसरी घर्ती मगरले नेताहरुसँग भोलि छलफल गर्नेछिन् । सङ्घीय समाजवादी फोरमका प्रमुख सचेतक डा शिवजी यादवले सरकारले सदनमा संशोधन प्रस्ताव टेबल गरेर देखाउने भन्दापनि दुई तिहाई बहुमत पु¥याएर पास गराउने काममा जुट्न आवश्यक भएको बताए । “सरकारले आफूहरुसँग छलफल नगरी झारा टार्ने हिसाबले संशोधन प्रस्ताव अघि बढाएकाले परिमार्जनको आवश्यकता परको हो, एमालेले गरेको अवरोधलाई हटाएर अरु दललाई पनि विश्वासमा लिएर प्रस्ताव पारित गर्ने काम आजको आवश्यकता हो” उनले भने । प्रमुख दलहरुबीचको अहिले देखिएको अविश्वास र तिक्तता तत्कालै हटिहाल्छ भन्ने आफूलाई नलागेको बताउँदै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरी भन्छन्, “प्रमुख प्रतिपक्षलाई पाखा लगाएर सहमति खाज्ने काम व्यावहारिक हुदैन ।” उनले भने, “संसद् चल्नुपर्छ, अवरोध हटनुपर्छ, दलहरुबीच सहमति कायम गरेर नेपाली जनताले महान उपलब्धिका रुपमा प्राप्त गरेको संविधानलाई समयसापेक्ष तुल्याउन संशोधन र परिमार्जन गर्दै अघि बढ्नुपर्छ, त्यसका लागि हतारमा होइन सुझबुझ ढङ्गबाट अघि बढाउनुपर्छ, संविधान कार्यान्वयको समयमा दलबीच दूरी बढाउनु हुदैन ।” संविधान संशोधनको विधेयकका बारेमा प्रमुख दलबीच मतैक्यता हुन नसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिह कार्कीविरुद्धको महाभियोग प्रस्ताव र निर्वाचनसँग सम्बन्धित विधेयकमाथिको छलफल एक महिनादेखि ठप्प भएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अाइतबारको संसद बैठकमा सरकारले स‌शोधन विधेयक पेश गर्ने प्रष्ट पारेका छन् । शनिबार राजधानीमा भएको पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रममा बोल्दै उनले विधेयक पेश गर्न रोक्न खोजे एमाले नाङ्गिने समेत बताएका छन् । त्यसैगरी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेले अाइतबारको संसद बैठकमा पनि अवरोध निरन्तर राख्ने बताएका छन् । राजधानीमा अायोजित एक कार्यक्रममा उनले सरकारले विधेयक अघि बढाउन खोजे प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending