Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

२८ लाख मेट्रिक टन धान उत्पादन, अहिलेसम्मकै बढी रहेको दाबी

काठमाडौँ, २३ पुस । खेतीयोग्य जमिन क्रमशः बाझो हुँदै गए पनि नेपालको प्रमुख खाद्यान्नबाली धान उत्पादनमा २१ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएका छन् । गत वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष बढेर ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको छ । यो उत्पादन हालसम्मकै उच्च हो । आर्थिक वर्ष ०६९/७० मा १५ लाख ३१ हजार ४९३ हेक्टर क्षेत्रफलमा ५० लाख ७२ हजार २४८ मेट्रिक टन, ०७०/०७१ मा १४ लाख २० हजार ५७० हेक्टरमा ४५ लाख चार हजार ५०३ मेट्रिक टन, ०७१/७२ मा १४ लाख ८६ हजार ९५१ हेक्टर क्षेत्रफलमा ५० लाख ४७ हजार ४७ मेट्रिक टन र ०७२/७३ मा १४ लाख २६ हजार ९५१ हेक्टर क्षेत्रफलमा ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यसवर्ष विशेष गरी तराईको झापा, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, मोरङ र रौतहटलगायतका १० जिल्लामा धानको उत्पादनमा वृद्धि भएकाले राष्ट्रिय उत्पादनमा बढत्तरी देखिएको छ । तर पनि पाँचलाख मेट्रिक टन धान अझै अपुग हुने तथ्याङ्क सार्वजनिक गरेको छ । धान नेपालको प्रमुख खाद्यन्नबाली हो । धानको उत्पादन बढ्दा कूलगार्हस्थ उत्पादनमा टेवा पुग्दछ भने घट्दा आर्थिक स्थिति तल झर्छ । नेपालमा चैते धान, बर्षे धान र घँैया धानकोखेती हुँदै आएको छ । कूलगार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशतमध्ये धानको मात्र २० प्रतिशत छ । कृषि विकास मन्त्रालयका सहसचिव एवम् प्रवक्ता योगेन्द्रकुमार कार्कीले रासायनिक मल र बीउको अभाव नभएको तथा समयमा वर्षा भएकाले जमिन बाँझो हुन नपाएकाले धानको उत्पादनमा वृद्धि भएको बताए। त्यस्तै कृषि प्रविधिको विकास तथा सिफारिस गरिएका धानका उन्नत जात किसानले लगाएका कारण उत्पादनमा बृद्धि भएको हो । तराईमा सावित्री, विन्देश्वरी, राधा चार, पहाडमा खुमल ४, १० र ११ तथा उच्च पहाडमा चन्दननाथ आदिको उत्पादकत्व स्थानीय जातको भन्दा दोव्बर रहेको तथा सिफारिस गरिएका धानका जातले ढाकेको क्षेत्रफल ९० प्रतिशत भन्दा बढी रहेका कारण धान उत्पादन बढेको कृषि विभागका महानिर्देशक युवकध्वज जिसीले जानकारी दिए । कुल खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर क्षेत्रफलमध्ये यसवर्ष करिब एक लाख ८९ हजार हेक्टर भन्दा बढी जमिनमा धानखेती भएको छ । जुन गत वर्षभन्दा करिब १४ प्रतिशत बढी हो । गतवर्ष ढिलो सुरुभएको मनसुन तथा बन्दका कारण रासायनिक मललगायतका आवश्यक वस्तु सहज ढुवानी हुन नसक्नु तथा इन्धन अभावका कारण भूमिगत सिँचाइमासमेत प्रभाव परेकाले उत्पादन घटेको थियो । कृषि विकास मन्त्रालयका तथ्याङ्कशास्त्री रामकृष्ण रेग्मीले वर्षौदेखि बाँझो हँुदै आएको १० लाख ३० हजार हेक्टर जमिनमा धानखेती गर्ने हो भने नेपाली जनसङ्ख्यालाई नपुग पाँच लाख मेट्रिक टन धान सजिलै पुग्ने बताए । उनले खानेबानीमा सुधार गर्ने हो भने यसवर्ष नेपालीले ३२ लाख मेट्रिक टन खाद्यान्नबाली निर्यात गर्न सकिने तर यसका लागि आलुलाई पनि खाद्यान्नका रुपमा प्रयोग गर्नुपर्छ भने । यस आर्थिक वर्षमा आलुको उत्पादन २८ लाख मेट्रिक टन छ । आर्थिक वर्ष २०७३÷७४ मा धान, मकै, कोदो, फापर तीते र मीठे को कूल उत्पादन एक करोड चार लाख मेट्रिक टन भएको छ । हालको जनसङ्ख्यालाई धान्न ९६ लाख मेट्रिक टन खाद्यान्न भएपुग्छ । पहिले नेपालमा उत्पादित धान, चामल, निर्यात गर्न सात, आठवटा धान चामल कम्पनी थिए । तर अहिले धान चामल निर्यात गर्ने देश आयात गर्ने देशमा गणना हुनथालेका छन् । वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अहिले प्रतिमहिना एक अर्ब रुपैयाँ बराबरका चामाल आयात हुने गरेको छ । विश्वमा चीन, भारत, इन्डोनेसिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान धेरै धान उत्पादन गर्ने देशमा पर्छन् । नेपाल विश्वमा सबै भन्दा अग्लो स्थानमा धानखेती गर्ने देशमा गणना हुन्छ । नेपालको जुम्ला जिल्लाको छुमचौरमा जुम्लीमार्सी धानखेती हुन्छ । जसको चामल राम्रो मानिन्छ । नेपालको छैठौँं कृषि गणना २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको र एक लाख २९ हजार हेक्टर उर्वर जमिन बाँझो भएको उल्लेख छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending