Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सुनका मालिक पत्ता लगाउनै गाह्रो

काठमाडौं, २३ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद ३३ किलो सुनको ‘मालिक’ अझै पत्ता लाग्न सकेको छैन । सुन बरामद भएको दुई दिन बित्दा पनि प्रहरी सुन मालिकको खोजीमा छ । आजको गोरखापत्रमा खबर छ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विशेष सुराकका आधारमा सुन बरामद गरे पनि सुन मालिक पत्ता लागी नसकेको ब्युरोका प्रहरी उपरीक्षक मीरा चौधरीले स्वीकार्नुभएको छ । बरामद सुनसँगै पक्राउ परेका तीन व्यक्तिले आफूहरू ‘भरिया’ भनेपछि उन्मुक्ति पाएका छन् । त्यस्तै, केही दिनअघि कलङ्कीबाट सात किलो अवैध सुनसहित महानगरीय प्रहरी अपराध महाशाखाले एक व्यक्तिलाई निजी सवारी साधनसहित पक्राउ ग¥यो । सुन बोकेर रसुवाबाट काठमाडौँ आएका चालक कुसाङ लामाले आफू भरिया बताएपछि उन्मुक्ति पाए । त्यसअघि मङ्सिरमा बौद्धबाट बरामद १० किलो सुनको मालिकाको सम्बन्धमा पनि अझै पत्तो लाग्न सकेको छैन । महानगरीय प्रहरी वृत्त बौद्धले अवैध सुनका मालिकको खोजी भइरहेको जनाएको छ । महानगरीय प्रहरीका अनुसार, जेठदेखि पुससम्ममा राजधानीबाट ५५ किलो अवैध सुन बरामद भएको छ । तर, सुन मालिक भने पक्राउ पर्न सकेका छैनन् । प्रहरीले अवैध सुन विशेष सुराकीका आधारमा बरामद गर्ने गरेको छ । बौद्धमा पटक–पटक गरी तीन पटकमा १२ किलो, पेप्सीकोलाबाट तीन किलो, कलङ्कीबाट सात किलो र विमानस्थल बाहिरबाट ३३ किलो सुन बरामद भएको छ । यी सबै सुन प्रहरीले सुराकका आधारमा बरामद गरेको हो । सुन मालिक पत्ता नलाग्नु घटना आफैँमा रहस्यमय बनेको छ । अवैध सुन ओसारपसारमा संलग्न भरिया भने सहजै पक्राउ पर्छन् । ती अवैध सुन तस्करीका घटनामा सात जना भरिया पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले भने, ‘अवैध सुनको सूचना आउँछ तर सुन मालिकको नाम नखोल्ने भएकाले पत्ता लगाउनै गाह्रो हुन्छ । ’ सुन बोक्ने व्यक्ति नै मालिक भए पनि भरिया भएको बयान दिने भएकाले अनुसन्धान गर्नसमेत समस्या पर्ने गरेको उनले बताए । सुन तस्करीका मालिक फरार र भरिया मात्र पक्राउपर्ने भएकाले सुनको अवैध ओसारपसार तथा कारोबारमा नियन्त्रण आउन नसकेको दाबी सुन व्यवसायीको छ तर, प्रहरीले भने सुराकीबाट प्राप्त हुने सूचनाका आधारमा सुन बरामद गर्दा भरिया मात्र पक्राउ पर्ने गरेको जनाएको छ । सुन तस्करीको रुट परिवर्तन त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँच कडा पारेपछि सुन तस्करले रुट परिवर्तन गरी हङकङ चीनबाट सिन्धुपाल्चोक तातोपानी नाका हुँदै स्थलमार्ग प्रयोग गरी नेपाल र भारतसम्म सुन ओसारपसार गर्दै आएका थिए । खाडी मुलुकबाट समुद्री मार्ग हुँदै आयात गरिएको सुन पनि चीनको नाकाबाटै नेपाल भित्र्याउने गरेका थिए । नेपालबाट स्थलमार्ग प्रयोग गरी भारत निर्यात हुन्छ । २०७२ साल वैशाखको विनाशकारी भूकम्पपछि आंशिक रूपमा बन्द भएको सिन्धुपाल्चोक तातोपानी नाका यस वर्षको बाढी पहिरोका कारण सडक नै बगेपछि ठप्प भयो । तातोपानी नाकाबाट अवैध सुन तस्करी पनि रोकियोे । महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक खनालले भन्नुभयो, तातोपानी नाकाको रोग रसुवागढी नाकामा स¥यो । रसुवागढीमा पनि प्रहरीले सुरक्षा चेकजाँच कडा पारेपछि तस्करहरूले हवाई रुट प्रयोग गरेको हुनसक्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको भन्सार चेकजाँच कक्षमा प्रहरीको उपस्थिति नदेखेपछि तस्करहरूले ‘सेटिङ’ मा यति धेरै सुन बाहिर ल्याउन सफल भएको भनाइ प्रहरीको छ । भन्सार कर्मचारीका कारण विमानस्थलमा तैनाथ प्रहरीले भन्सार कक्षमा सुरक्षा जाँचसमेत गर्न पाउँदैनन् । सुन तस्करहरू जहाँ सहज ‘एक्सेस’ हुन्छ त्यही पुग्छन् । अवैध सुन चीनको हङकङबाट भारत लैजान तस्करले नेपाली भूमि प्रयोग गर्छन् । जेठयता रसुवामा आठ र काठमाडौँमा ५५ गरी ६३ किलो सुन बरामद भएको छ । विगतमा सिन्धुपाल्चोक तातोपानी नाकाबाट भित्रिने अवैध सुन बौद्ध, चावहिल, कोटेश्वर र भक्तपुरबाट बरामद हुने गथ्र्यो । तातोपानी नाका बन्द भएपछि रसुवाका अतिरिक्त धादिङको गल्छी, राजधानीको कलङ्की, स्वयम्भू र विमानस्थलबाट बरामद हुनेगरेको छ । सुन तस्करहरूले प्रहरीको आँखा छल्न समयसमयमा आयात गर्ने रुट र लुकाउने स्थानसमेत परिवर्तन गर्ने गरेको पाइएको छ । छानबिन गर्न समिति ३३ किलो अवैध सुन भन्सार चेकजाँच छलेर विमानस्थलको गोल्डेन गेटसम्म आइपुगेको घटनाको विषयमा छानबिन गर्न भन्सार विभागले छानबिन समिति गठन गरेको छ । विभागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा गठित छानबिन समिति पाँच सदस्यीय छ । त्यस्तै, अवैध सुन भित्रिने समयमा विमानस्थल भन्सार कक्षमा ड्युटीमा रहेका २९ जना कर्मचारीलाई छानबिनका लागि फिर्ता बोलाई आवश्यक कारबाहीको तयारी भइरहेको विभागले जनाएको छ । भन्सारका कर्मचारीको मिलोमतोमा सुन बाहिर आएको आरोप प्रहरीको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending