Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

यी हुन् शुक्रबारको शक्ति प्रदर्शनमा ओलीले गरेका घोषणा

\"\"काठमाडौं, २३ पुस । संविधान संशोधनविरुद्ध आन्दोलनरत एमालेसहित विपक्षी नौ दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेका छन् । ‘राष्ट्रिय एकता, स्वाधीनता र सामाजिक सद्भावका पक्षमा एकता’को नाम दिएर नौ दलले दोस्रो जनआन्दोलनपछि ठूलो शक्ति प्रदर्शन गरेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ– रत्नपार्कबाट सुरु भएको हजार मानिस सहभागी विपक्षीको जुलुस र र्‍यालीले भद्रकाली, सहिदगेट, आरएनएसी, बागबजार, पुतलीसडक हुँदै एक फन्को लगाउँदा राजधानीको मूल सडकको ट्राफिक व्यवस्था तीन घन्टाभन्दा बढी अस्तव्यस्त बन्न पुगेको थियो । मूल जुलुसअघि नै काठमाडौंका ४० भन्दा बढी स्थानबाट विभिन्न जातीय भेषभूषासहित मध्याह्न १२ बजे निस्किएको जुलुुस अपराह्न १ बजे रत्नपार्कमा आएर सभामा परिणत भएको थियो । एमालेको लोकतान्त्रिक मधेसी संगठनको अगुवाइमा र्‍यालीमा मधेसी भेषभूषामा उल्लेख्य तराईवासीसमेत सहभागी थिए । बाजागाजा र विभिन्न संस्कृति झल्किने जुलुसमा सहभागीमध्ये पार्टी झन्डाबाहेक धेरैले राष्ट्रिय झन्डासमेत प्रदर्शन गरेका थिए । जुलुसपछि भृकुटीमण्डपको खुला सडकमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीसहित नौ दलका नेताहरूले संविधान संशोधन प्रस्तावलाई राष्ट्रहितविरोधी आरोप लगाउँदै कुनै हालतमा पारित हुन नदिने घोषणा गरे । नौवटै दलका शीर्ष नेताहरूले मुलुकको राष्ट्रियता, स्वाधीनता र सार्वभौम अखण्डतामाथि इतिहासमै ठूलो चुनौती खडा भएको दाबी गरे । उनीहरूले राष्ट्रिय हितको पक्षमा सञ्चालित सदन संघर्षलाई देशव्यापी बनाउने घोषणासमेत गरे । ओलीका मुख्य तीन घोषणा १. ढुक्क हुनुस्, प्रस्ताव पारित हुन दिइन्न एमाले अध्यक्ष केपी ओलीले पहिलो पार्टीबराबरकै हैसियतमा संसद्मा राष्ट्रिय हितप्रति प्रतिबद्ध एमालेको उपस्थिति रहेको दाबी गर्दै कुनै हालतमा सीमांकन हेरफेरसहितको संशोधन प्रस्ताव पारित हुन नदिने घोषणा गरे । ‘देशभक्तिको आन्दोलनमा एमाले छ । एमालेजस्तो राष्ट्रिय हितप्रति प्रतिबद्ध पार्टी पहिलो पार्टीसरहकै हैसियतमा संसद्मा उपस्थित छ,’ उनले भने, ‘ढुक्क हुनुहोस्, राष्ट्रहितविरोधी संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन दिइनेछैन ।’ २. तराईमा मेची–महाकाली जागरण ओलीले सभामार्फत फागुन दोस्रो साताबाट सिंगै तराईमा ठूलो मेची–महाकाली जागरण अभियान चलाउने घोषणासमेत गरे । तराईबाट एमालेलाई खेद्ने मधेसी मोर्चाका नेताहरूको अभिव्यक्तिप्रति कटाक्ष गर्दै उनले लाखौँको जागरण अभियानबाटै ‘हैसियत’ देखाइदिने उद्घोषसमेत गरे । ‘तराईका नाममा राजनीति गरेर त्यहाँका जनतालाई शोषण गर्न पल्केका तत्वहरूलाई एउटा कुरा भन्न चाहन्छु,’ अभियान घोषणा गर्दै उनले भने, ‘उनीहरूले जितेको ११ सिट, एमालेले जितेको ४० सिट । हामी फागुन दोस्रो साता तराईमा मेची–महाकाली अभियान लिएर तराईमा जाँदै छौँ, अहिले त ड्रोन क्यामराले आकाशबाट खिच्दै छ, त्यतिवेला सेटलाइट आवश्यक पर्नेछ ।’ तराईका जनताको देशभक्तिलाई कमजोरीका रूपमा नलिन र अलमल्याउने खेती बन्द गर्न चेतावनी दिँदै ओलीले काठमाडौं जागिसकेकाले हिमाल, पहाड, तराई सबैतिर जनप्रदर्शनलाई व्यापक बनाइने बताए । ३. लम्पसारवाद परास्त भएरै छाड्छ सत्ता टिकाउन विदेशीसामु लम्पसार परेर राष्ट्रिय स्वाधीनतामाथि नै सौदाबाजी गर्ने खतरनाक प्रवृत्ति हाबी हुन खोजेको दाबी गर्दै ओलीले एमालेले परास्त गरेरै छाड्ने घोषणासमेत गरे । ‘राष्ट्रिय स्वाधीनता समाप्त पार्न खोज्ने, भौगोलिक अखण्डतामा चुनौती थप्ने, आत्मनिर्भरतातर्फ बढ्न खोजिरहेको मुलुकलाई रोक्नेहरूको लम्पसारवाद परास्त भएरै छाड्नेछ,’ ओलीले भने, ‘मलाई विश्वास छ, देशभक्त युवा र जनताको सहभागितामा लम्पसार मूर्दावाद भन्दै उठिरहेको आन्दोलनले लम्पसारवादलाई पराजित गरेरै छाड्नेछ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending