Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

एनजिओको आसमा सरकारी राहत छाड्ने दुःखमा

\"\"काठमाडौं, २२ पुस । दोलखा फूलबारी बस्तीका ३३ वर्षीय मीनबहादुर तामाङले सरकारी अनुदानको ५० हजार रुपैयाँ लिएका छैनन् । गैरसरकारी संस्था एसओएस नेपालले घर बनाइदिने भएपछि उनले अनुदान लिएनन् । तर, एसओएस नेपालले उनको घर अझैसम्म बनाइदिएको छैन । आजको नयाँ पत्रिकामा खबर छ– ‘एसओएसले घर बनाइदिने भन्यो । त्यसो हुँदा सरकारले दिन ५० हजार पनि लिइनँ । तर, अझै घर बन्न सकेको छैन । बाख्रापालनका लागि भने ३० हजार रुपैयाँ सहयोग गरेको छ । घर नबनेकाले जस्ताको टहरोमै बस्नुपरेको छ,’ उनले भने । घर बनाउन आएको सहयोग श्रीमान्को उपचारमा फूलबारी बस्तीकै ६० वर्षीय साङडोल्मा तामाङले पनि सरकारले अनुदानस्वरूप बाँडेको ५० हजार रुपैयाँ पाइनन् । एसओएस नेपालबाट सहयोग लिने भएपछि उनले पैसा नलिएकी हुन् । घर बनाउन एसओएसले तामाङ परिवारलाई दुई लाख रुपैयाँ दिएको थियो । तर, त्यो रकम उनले श्रीमान्को उपचारमा सकिन् । अब उनीसँग घर बनाउने पैसा छैन । त्यसैले उनी जस्ताको टहरोमै आगो तापेर जाडो कटाउँदै छिन् । ‘एसओएसले घर बनाउन दुई लाख दिएको थियो । श्रीमान् मुटुको रोगी भएकाले त्यो रकमले उपचार गरेँ । अब घर बनाउने पैसा छैन,’ उनले भनिन् । चिसोमा भाँडा माझ्दै गरेको अवस्थामा भेटिइन् २७ वर्षीया निर्मला तामाङ । भूकम्पले घर भत्काएकाले उनको बास जस्ताकै छाप्रोमा छ । उनलाई न त सरकारले सहयोग गरेको छ, न त कुनै एनजिओ–आइएनजिओले नै । ‘सबैले सहयोग पाए, तर मैले पाउन सकिनँ । मेरो नाम किन अनुदान सूचीमा परेन थाहा पाइनँ । जस्ताको टहरामा कसरी जाडो कटाउने हो थाहा छैन,’ उनले पीडा पोखिन् । ५० हजारले घरको जग खार्नै पुग्दैन बाहिर हल्का हिउँ फुसफुसाउँदै छ । ४५ वर्षीय मिस्री तामाङ जस्ताको टहरामा आगो फुक्दै छिन् । आगो दन्किन थाल्यो । दिउरेमा रक्सी तताइन् । गिलासमा हालिन् अनि स्वाट्टै पारिन् । ‘फेरि हिउँ पर्न थाल्यो । साह्रो जाडो भएकाले भगाउन रक्सी तताएर खाएको हो । यसो नगरी त दिन कटाउनै मुस्किल भयो,’ उनले भनिन् । दसैँअघि नै उनले अनुदानस्वरूपको ५० हजार रुपैयाँ लिइसकिन् । तर, अझैसम्म घरको जग खार्न सकेकी छैनन् । अनुदान रकमले घर बनाउन नपुग्ने भएपछि के गर्ने–नगर्ने अन्योलमा परेको उनले सुनाइन् । ‘५० हजार त लिइयो । त्यो पैसाले जग खार्न पुग्दैन । के गर्नु त्यति पैसा रु जाडो छ । घर बनाउन पाए त तातोमा बस्नुहुन्थ्यो । तर, घर बनाउने पैसा पनि आफूसँग छैन,’ उनले गुनासो पोखिन् । एकसरो स्वेटरमा स्कुल हिउँले ढाकिएको बाटो हुँदै विद्यालयबाट घर फर्किंदै गरेकी अवस्थामा भेटिइन्, सम्झना तामाङ । विद्यालय पोसाक लगाएकी उनको जाडो छेक्ने साधन एकसरो स्वेटर मात्रै देखिन्थ्यो । हातमा हाफ पन्जा थियो । खुट्टामा जुत्ता थिएन । चिसोले उनको खुट्टा पटपटी फुटेका छन् । सहपाठीसँग भेटिएकी उनले भनिन्, ‘कक्षाकोठामा साह्रै चिसो छ । चिसोले गर्दा कति विद्यार्थी विद्यालय आउनै सकेका छैनन् । दिन बिराएर हिउँ पर्न थालेकाले अब कसरी दिन बिताउने हो थाहा छैन ।’ अनुदान सूचीमा नाम ननिस्केपछि जस्ताको टहरोमा रात आहालडाँडाकी ९० वर्षीया सानुमाया तामाङ हिउँले ढाकिएको जस्ताको टहरानजिकै देखिइन् । भूकम्पले घर भत्काएपछि बारीको पाटामा बनाएको सानो टहरामा उनले डेढ वर्षदेखि जीवन बिताइरहेकी छिन् । अनुदान सूचीमा नाम ननिस्केपछि सरकारले अनुदानस्वरूप दिएको ५० हजार पाउनबाट उनी वञ्चित भएकी छिन् । ‘भूकम्पले घर भत्क्यो । जस्ताको टहरोमा रात बिताउनुपरेको छ । तर, सबैसँग हात जोड्दा पनि नाम ननिस्केपछि पैसा पाउन सकिनँ । घर बनाउने त कहिले हो कहिले,’ उनले वेदना सुनाइन् ।्
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending