Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

प्रेरणाको सम्पत्तिसँग जोडिएका सात मिति

\"\"काठमाडौं, २२ पुस । तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा सिंहलाई दाइजो दिएको छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारमातहत आएको छ । सर्वोच्च अदालतले बिहीबार उक्त जग्गा सरकारकै भएको फैसला दिएको छ । पूर्वराजदरबारको नाममा रहेको जग्गा र महलको चल्तीको मूल्य करिब एक अर्ब हुन्छ । आजको नयाँ पत्रिकामा खबर छ– प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशद्वय दीपक कार्की र सपना मल्लको संंयुक्त इजलासले दाइजोको जग्गा सरकारकै नाममा ल्याउने फैसला गरेको हो । तत्कालीन राजदरबारका नाममा रहेको जग्गा सरकारले नेपाल ट्रस्टका नाममा ल्याउने तयारी गरिरहेका वेला पूर्वराजा ज्ञानेन्द्रले छोरीलाई दाइजो दिएका थिए । सरकारले १ पुस ०६४ मा नेपाल ट्रस्ट अध्यादेश, २०६४ अनुरूप उक्त जग्गा ट्रस्टमा राख्ने निर्णय गरेको थियो । सरकारको निर्णयपछि प्रेरणाले कानुन अनुसार बाबुबाट दाइजो पाएको जिकिर गर्दै आफ्नै नाममा गरिदिन सर्वोच्चमा रिट दायर गरेकी थिईन । अन्तरिम संविधान र अध्यादेश लागू हुनुअघि नै आफ्नो हकभोग स्थापित भइसकेको प्रेरणाको जिकिर थियो ।तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद शाह र न्यायाधीश चोलेन्द्रशमशेर जबराले ट्रस्टको नाममा गरिएको दर्ता खारेज गरी प्रेरणाकै नाममा दर्ता हुने परमादेश जारी गरेका थिए । सम्पत्तिसँग जोडिएका सात मिति १९ जेठ ०५८ अघि : वीरेन्द्र राजा हुँदा छाउनीको महलसहितको १५ रोपनी जग्गा र घरको पुर्जामा ‘श्री ५ महाराजाधिराज’ लेखिएको थियो । १० माघ ०५९ : वीरेन्द्रको वंश नासपछि राजा भएका ज्ञानेन्द्रले छोरी प्रेरणाको बिहे गरिदिए । र, छाउनीको घरजग्गामा प्रेरणा आफ्ना पति राजबहादुर सिंहसहित बस्न थालिन् । १० जेठ ०६२ : देशको संवैधानिक राजा मात्र होइन, शासनशक्ति नै हातमा लिएको वेला ज्ञानेन्द्रले छाउनीको सम्पत्तिको हक छोरीलाई दिए । तर, लालपुर्जा फेरि पनि ‘श्री ५ महाराजाधिराज’कै नाममा थियो । १ पुस ०६४ : गणतन्त्र स्थापनासँगै वीरेन्द्रको सम्पत्ति स्वतः राष्ट्रियकरण गर्ने व्यवस्थाअनुसार सरकारले प्रेरणाले भोगचलन गरिरहेको सो सम्पत्ति पनि नेपाल ट्रस्टको स्वामित्वमा ल्याउने निर्णय गर्‍यो । २५ माघ ०७१ : सम्पत्ति नेपाल सरकारमा आइसकेको सात वर्षपछि प्रेरणा सर्वोच्च पुगिन् र आफू ले बाबुबाट दाइजो पाएको सम्पत्ति फिर्ता गरिपाऊँ भनी रिट हालिन् । ८ असार ०७२ : तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले प्रेरणाले कानुनअनुसार नै दाइजो पाएकाले सो सम्पत्ति राष्ट्रियकरण गर्न नसकिने फैसला दियो । २१ पुस ०७३ : तर, नेपाल ट्रस्टले पुनरावेदन गरेपछि वर्तमान प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीशहरू दीपक कार्की र सपना मल्लको इजलासले प्रेरणाको सम्पत्ति फेरि राष्ट्रको नाममा फिर्ता गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending