Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

सर्वोच्चको फैसलाले दलहरुबीच सहमतिको बातावरण बनाएको माओवादी निष्कर्ष

\"\"काठमाडौँ, २१ पुस । नेकपा (माओवादी केन्द्र)ले मुलुकको विद्यमान समस्या समाधानका लागि सहमति एवम् सहकार्यको विकल्प नभएको भन्दै त्यसका लागि सर्वोच्च अदालतको पछिल्लो फैसलाले समेत मार्ग प्रशस्त गरेको बताएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले व्यवस्थापिका– संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) समेत सहमतिमा आउने विश्वास व्यक्त गर्दै त्यसका लागि सबै पक्षसँग संवाद गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलापछि देशको राजनीति सहमतितिर जान लागेको र स्थानीय निकायको निर्वाचनका लागि सरकारले हदैसम्मको प्रयत्न गरेको जानकारी गराउँदै पार्टीका तर्फबाट समेत त्यसका लागि आवश्यक वातावरण बनाउन विशेष पहल गर्नुपर्ने बताएको माओवादी प्रवत्ता पम्फा भुसालले बताइन । बताएको पार्टीका नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए । अध्यक्षले मुलुकलाई सधँै बन्धक बनाएर राख्ने काम कोही कसैबाट पनि हुन नहुने बताए, त्यसका लागि संविधान संशोधन विधेयक अगाडि बढाउने र स्थानीय निकायको निर्वाचनको मिति समेत घोषणा गरिने विषयमा नै आफ्नो धारणा राखेको नेता सापकोटाले बताए । अदालतको फैसलापछि अब संशोधन प्रस्ताव पारित हुने र सहमतिका लागि सबै दलसँग छलफल जारी रहेको भन्दै राजनीति क्रमशः सहमतिको मार्गमा अगाडि बढेको अध्यक्ष दाहालले बैठकमा जानकारी गराएका थिए । पार्टीको आन्तरिक निर्वाचन र सङ्गठनात्मक कार्य्विधिका बारेमा छलफल गर्न बसेको बैठकमा सो बारेमा भने शुक्रबार छलफल गरिने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन । माओवादी केन्द्रले जिल्ला सम्मेलन गर्नका लागि कसरी सङ्गठनात्मक प्रतिनिधित्व व्यवस्थित गर्न सकिन्छ भन्नेलगायतका विषयमा कार्य्विधि तय गर्ने जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending