Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

मिचियो नेपाली भूमि

\"\"काठमाडौं, १९ पुस ।
  • झापामा २६१ बिघा मिचियो
  • १९४ सीमास्तम्भ गायब
  • लालपुर्जा नेपालीसँग, खेती भारतीयको
  • नेपाली भूमिमा भारतको आवास योजना
आजको कान्तिपुरमा खबर छ नेपाल–भारत सीमाअन्तर्गत झापा जिल्लाको सीमारेखा १ सय ४६ किमि छ । यो दूरीमा रहेका तीन प्रकारका सीमास्तम्भ हराउने क्रम बढिरहेको नापी विभागका पूर्वमहानिर्देशक सीमाविद् बुद्धिनारायण श्रेष्ठले जनाए । सीमामा मुख्य, सहायक र सानो गरी तीन किसिमका स्तम्भ छन् । सीमा सुरक्षा कार्यालय झापाका अनुसार मुख्य स्तम्भ ७६, सहायक स्तम्भ १ सय २१ र सानो स्तम्भ ७ सय १ वटा गरी ८ सय ९८ वटा रहेकामा १ सय ९४ वटा हराएका हुन् । तिनमा मुख्य ५, सहायक २३ र सानो स्तम्भ १ सय ६६ वटा छन् । एकदेखि दुई किमि दूरीमा रहेका मुख्यस्तम्भ भारतीय पक्षले जबर्जस्ती सार्ने गरेको श्रेष्ठको आरोप छ । जिल्लाका स्तम्भमध्ये ३ सय ४१ वटा मात्र सग्लो रहेको सीमा सुरक्षा कार्यालय, झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए । त्यस्तै, ३ सय ३४ वटा मर्मत र २९ वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थाका छन् । अढाई वर्षयता क्षेत्र छुट्टयाएर स्तम्भ मर्मत भइरहेको सीमाविद् श्रेष्ठले बताए । भारतले जोर अंक र नेपालले बिजोर अंकका स्तम्भ मर्मत गर्ने र बनाउने सहमति छ । झापामा दुई सातापछि काम सुरु गरिने कार्यालयले जनाएको छ । बाहुनडाँगीका १७, १८ र २८ नम्बर, मेचीनगरका ४६ र ५३, ज्यामिरगढीका ५५, ६७, ७०, ९२, ९४ र ९५ तथा भद्रपुरका ११२ र ११३ नम्बरका स्तम्भ हराएका छन् । त्यस्तै, महेशपुरको १०२, पाठामारीको १०९, घेराबारीको १२७, महाभाराको १३८, कोरोबारीको १४५ र खजुगाछीको १५२ नम्बर स्तम्भ अहिले देखिँदैनन् । श्रेष्ठका अनुसार बाहुनडाँगीदेखि भद्रपुरसम्म सीमास्तम्भको नम्बर १७ देखि १२० सम्म छ । महेशपुरबाट १०१ बाट सुरु गरी मोरङको सिमानासम्म १५२ नम्बरसम्म छ । अधिकांश स्तम्भ खोलाले बगाएको तथा भारतीयले उखेलेको स्थानीय बताउँछन् । २६१ बिघा मिचियो झापासँग सीमा जोडिएको क्षेत्रमा २ सय ६१ बिघा अर्थात् १ सय ७४ हेक्टर भूमि अतिक्रमण भइसकेको सीमाविद् श्रेष्ठले जनाए । देशका ७१ ठाउँमा गरी ६ सय ६ वर्गकिमि मिचिएको छ । सीमावर्ती बासिन्दाका अनुसार जग्गाको लालपुर्जा आफूसँग रहे पनि खेती भने भारतीय नागरिकले गर्दै आएका छन् । भारतले झापाका ८ स्थानमा भूमि मिचेको प्रस्टै थाहा हुने श्रेष्ठको भनाइ छ । उनका अनुसार मेची नदी र भद्रपुर मावि नजिकको १ नम्बर जंगे पिल्लरलाई मुख्य स्तम्भ मान्न भारत तयार छैन । यसो हुँदा २७ हेक्टर जमिन अतिक्रमणमा परेको छ । ‘त्यत्रो ठूलो खम्बालाई मेन पिलर होइन भन्नु विडम्बनापूर्ण छ,’ श्रेष्ठले भने, ‘यसैबाट भारतले हाम्रो जमिन मिच्छ र मिचेको छ भन्ने पुष्टि हुन्छ ।’ त्यस्तै, कोरोबारी २ र ४ नम्बर वडामा रहेको १४० नम्बरको सीमास्तम्भ सारेर भारतले ४१ हेक्टर जमिन आफ्नोतिर पारेको छ । पाठामारीमा नयाँ सीमास्तम्भ गाढेर १० हेक्टर, महेशपुर २ डोलगाउँपूर्व १० हेक्टर, ज्यामिरगढी १ र २ क्षेत्रमा १० हेक्टर, मेचीनगर ११ मा ४१ हेक्टर जमिन भारतले अतिक्रमण गरेको श्रेष्ठले बताए । मेचीनगर नकलबन्दा क्षेत्रमा ४६ नम्बर जंगे पिल्लर छेउ १५ हेक्टर र बाहुनडाँगीको पाटापुर क्षेत्रमा २० हेक्टर मिचिएको छ । ‘अन्यत्र पनि भूमि मिचिएको हुन सक्छ,’ श्रेष्ठले भने, ‘मैले नक्साका आधारमा जमिन भिडाउँदा झापामा १ सय ७४ हेक्टर मिचिएको पाएँ ।’ मेची नदी किनारको क्षेत्र बढी विवादित रहेको उनको भनाइ छ । महेशपुर २ मा रहेको २ नम्बर जंगे पिल्लर जीर्ण भइसकेको छ । त्यस क्षेत्रमा नेपाली भूमि मिचेर भारतले ७ वर्षअगाडि इन्दिरा आवास योजना बनाएको श्रेष्ठले बताए । झापाका अतिक्रमित भूभागको जग्गादर्ता प्रमाणपत्र झन्डै ६५ नेपाली परिवारसँग रहे पनि जोतभोग गर्नबाट वञ्चित छन् । अधिकांश सीमा नाकामा भारतीय सीमा सुरक्षा बल जंगे पिल्लरसँगै ‘नो मेन्स लेन्ड’ क्षेत्रभित्र पोस्ट बनाएर बसेको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि देशका नागरिक ‘नो मेन्स लेन्ड’ भित्र बस्न मिल्दैन । झापाका केही दसगजा क्षेत्रभित्रै भारतीय बस्दै आएकाले जिल्लाको क्षेत्रफल खुम्चिने क्रममा रहेको पीडित बताउँछन् । जिल्लाको कुल क्षेत्रफल १ हजार ६ सय ६ वर्ग किमि रहेकामा पुनः रेखांकन गर्दा घट्ने सम्भावना रहेको एक सर्भेयरले जनाए । २०४५ सालमा खोला, नदी जता बगे पनि सिमाना स्थायी मान्नुपर्ने र विवाद स्थायी रूपमै समाधान गर्ने दुई देशबीच समझदारी थियो । तर, भौगोलिक हिसाबले नदी पश्चिमतिर सर्दै आएपछि सीमा मिचिने क्रम तीव्र छ । सीमा विवाद बल्झिँदै जाँदा २०५३ मा मेचीदेखि महाकालीसम्म नयाँ स्तम्भ निर्माण र भत्किएकाको मर्मत गरी व्यवस्थित पारे पनि भारतले अतिक्रमण नरोकेको श्रेष्ठको भनाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending