Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सांसदलाई ओलीको निर्देशन : उद्दण्ड नबन

\"\"काठमाडौं, १९ पुस । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा अराजक र उद्दण्ड नबन्न तथा गैरसंसदीय काममा सरिक नहुन सांसदलाई निर्देशन दिएका छन् । उनले आफूहरूले संसद्भित्र मर्यादित र शान्तिपूर्ण तारिकाले विरोध गर्ने भएकाले नेतृत्वको निर्देशनअनुसार चल्न निर्देशन दिएका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ– पार्टी संसदीय दलको बैठकमा सोमबार सांसदलाई निर्देशन दिँदै ओलीले संविधान संशोधन प्रस्ताव अघि बढ्न नदिने बताए । ‘एमाले संसद्मा मेचटेबुल भाँच्ने, माइक फुटाउने पार्टी होइन, शान्तिपूर्ण र मर्यादित विरोध गर्ने हो । तपाईंहरू नेतृत्वको निर्देशनअनुसार चल्नुहोला, हामी अगाडि हुन्छौं,\' उनले भने । नेतृत्वको संकेत र भाषा बुझेर अगाडि बढ्न उनले सांसदहरुलाई आग्रह गरे । ‘केही गर्नुपर्‍यो भने हामी अगाडिबाट कमान्ड गर्छौं, तपाईंहरू भाषा बुझ्नुहोला, बीचैमा उभिएर प्रस्तुत हुने अभद्र र अमर्यादित स्थिति हामीबाट हुनुहुँदैन, अगाडिबाट जे कमान्ड हुन्छ । तपाईंहरूले त्यसैलाई निर्देशनका रूपमा मान्नुहोला\', उनलाई उद्धृत गर्दै एक सांसदले भने । तीन दलको सोमबारको बैठकमा आफूले सत्तापक्षका नेतालाई संशोधन प्रस्ताव अघि बढ्न नदिने र बढ्न नसक्ने बताएको ओलीले जानकारी दिए । ‘रातारात चोर बाटोबाट ल्याइएको, राष्ट्रलाई दीर्घकालीन रूपमा अहित गर्ने संशोधन प्रस्ताव कुनै हालतमा एमालेले अघि बढ्न नदिने सत्तापक्षलाई आज पनि बताएको छ\', ओलीलाई उद्धृत गर्दै सांसद डा. राजन भट्टराईले भने । ओलीले प्रदेश २ मा पनि पहाड मिलाएर विगतमा भएको कमजोरी सच्याइने बताए । प्रदेश २ सुक्खा प्रदेश भएको गुनासो आफ्नै पार्टीभित्रबाट आएको बताउँदै ओलीले संविधान कार्यान्वयन गर्दै जाँदा दुई नम्बर प्रदेशमा पनि पहाड मिलाउने जानकारी गराए । ‘दुई नम्बर प्रदेशलाई किन सुक्खा प्रदेश बनाइयो भन्ने आवाज दुई नम्बर प्रदेशकै जनताबाट आएको छ\', ओलीले भने, ‘हिजो संविधान बनाउँदा यसमा कमजोरी भएको छ । समयक्रममा संविधान कार्यान्वयन गर्दै जाँदा यस प्रदेशमा पहाड पनि मिसाउनुपर्छ\', उनले भने । सासंदहरूलाई सरकारले संसद्मा विवादित संशोधन प्रस्ताव टेबुल गरे प्रतिकार गर्नसमेत अह्राए । सरकार संशोधन प्रस्ताव सजिलै फिर्ता गर्ने पक्षमा नरहेको भन्दै उनले निकै ठूलो धक्का आवश्यक रहेको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending