Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

मार्शल लगाएर संसद सूचारु गर्ने तयारी

[caption id=\"attachment_52846\" align=\"alignleft\" width=\"799\"] फाइल तस्विर[/caption] काठमाडौं, १८ पुस । एक महिनाभन्दा बढी समयदेखि अवरुद्ध हुँदै आएको ब्यवस्थापिका संसदको बैठक मार्शल लगाएर सूचारु गर्ने तयारी गरिएको छ । ब्यवस्थापिका संसदको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । सरकारले गत मंसिर १४ गते संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएपछि विधेयक संसदमा टेबुल हुन नदिएर नेकपा एमाले सहितका विपक्षी दलहरुले अवरुद्ध गर्दै आएका छन् । दलहरुबीच सहमति भएर मात्रै संशोधन विधेयक कार्यसूचिमा राख्ने भने पनि सहमति नजुटेपछि मार्शल लगाएर भए पनि संसद बैठक सूचारु गर्ने तयारी संसदले गरेको स्रोतले बताएको छ । विपक्षीले अवरोध गरेमा केही समयका लागि स्थगित गरी दलहरुहरुसँग छलफल गर्ने फेरि बैठक सञ्चालन गर्ने योजना सभामुखको छ । सभामुख ओनसरी घर्तीले संसदको गतिरोध हटाउन गरेका पटक पटकको पहल सफल नभएपछि पछिल्लो पटक विहीबार दलहरुलाई सहमतिका लागि तीन दिनको अल्टिमेटम दिएकी थिइन् । सभामुख घर्तीले दिएको तीन दिनको अल्टिमेटम आइतबार नै सकिए पनि दलहरुबीच सहमति नजुटेपछि प्रक्रिया अघि बढाउने तयारीमा रहेको बताइएको छ । संसदको गतिरोध कायमै रहँदा निर्वाचन पनि हुन नसक्ने तथा संसदको अन्य महत्वपूर्ण एजेण्डा समेत ओझेलमा परेको भन्दै संसद सूचारु गर्न सरकारले सभामुखलाई दबाब दिएको स्रोतको दाबी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संसदको गतिरोध हटाउनेबारेमा छलफल गरेका थिए । ओलीले आइतबार पनि संशोधन फिर्ता नभएसम्म संसद चल्न नदिने अडान राखेका थिए । संशोधन विधेयक फिर्ता लिएमा मधेसवादी दल झनै रुष्ट हुने र मधेसमा निर्वाचन गर्न नसकिने भएकाले सरकारले संशोधन संसदमा टेबुल गरेर निर्वाचनको मिति घोषणा गर्ने निश्कर्षमा पुगेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending