Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

बागमती करिडोर सात महिनाभित्र खुल्ने

\"\"काठमाडौं, १८ पुस । उपत्यकाको ट्राफिक जाम न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन बागमती करिडोर सडक निर्माण सात महिनाभित्र पूरा हुने भएको छ । आजको नयाँ पत्रिकामा खबर छ– अधिकारसम्पन्न बागमती एकीकृत विकास समितिले गोकर्ण दोभानदेखि बल्खुसम्मको १७.६ किलोमिटर सडक निर्माण गर्दै आएको छ । समितिका अनुसार ११.०५ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ । बाँकी ६.५ किलोमिटर सडक निर्माण आगामी सात महिनाभित्र सकिनेछ । कहाँ कस्ता सडक बने ? आव ०६७/६८ बाट बागमती करिडोर निर्माण सुुरु भएको होे । अहिलेसम्म गोकर्णदेखि गौरीघाट दोभानसम्मको करिडोर निर्माण सम्पन्न भइसकेको छ । यस खण्डमा नदीको एकातर्फ मात्रै दुई लेनको सडक निर्माण गरिएको छ । तिलगंगा दोभानदेखि मीनभवनसम्म पनि सडक निर्माण सम्पन्न भएको छ । यस खण्डमा भने नदीको दुवै किनारमा दुई–दुई लेनको हुने गरी सडक निर्माण गरिएको छ । मीनभवन दोभानदेखि महादेव खोला हुँदै थापाथली दोभानसम्मको सडकखण्ड भने निर्माणाधीन छ । यस खण्डमध्ये कतिपय स्थानमा नदीको दुवै किनारबाट सडक खोलिएका छन् भने कतै नदीको एकातर्फबाट मात्रै सडक बनाइएको छ । थापाथलीदेखि बल्खुसम्मको सडकखण्ड निर्माणाधीन चरणमा छ । यस खण्डमा एकातर्फबाट मात्रै सडक निर्माण गरिएको छ । जग्गा प्राप्ति र सुकुम्बासीका कारण दुईतर्फी सडक निर्माणमा समस्या समितिले जग्गा प्राप्ति र सुकुम्बासीका कारण सडक निर्माणमा समस्या आएको जनाएको छ । ‘कुनै ठाउँमा नदीको दुवै किनारबाट करिडोर निर्माण गरिएका छन् । कतिपय स्थानमा भने नदीको एकातर्फबाट मात्रै निर्माण भएका छन् । जग्गा प्राप्ति र सुकुम्बासी समस्याका कारण नदीको दुवै किनारबाट सडक निर्माण हुन नसकेको हो,’ समितिका परियोजना उपप्रमुख चित्रकारले भने । कोरिडोर निर्माणमा १५ अर्ब खर्च बागमती करिडोर निर्माणका लागि १५ अर्बभन्दा धेरै खर्च भइसकेको समितिले जनाएको छ । बागमती नदीमा बाँध बाँध्ने, ढल निर्माण, बागमती नदी सफाइको काम सोही बजेटबाट भएको समितिको भनाइ छ । ‘बागमती करिडोर खोल्नुको उद्देश्य उपत्यकाको ट्राफिक समस्या न्यूनीकरण गर्नु हो । करिडोर सञ्चालनमा आएपछि धेरैले यही सडकमार्ग प्रयोग गर्नेछन् । यसो हुँदा ट्राफिक समस्या न्यूनीकरणमा सहयोग पुग्नेछ,’ उपप्रमुख चित्रकारले भने, ‘करिडोर खोल्न अहिलेसम्म १५ अर्बभन्दा धेरै खर्च भइसकेको छ ।’ करिडोर सञ्चालनपछि उपत्यकाको ट्राफिक समस्यामा महत्वपूर्ण सुधार आउने समितिको विश्वास छ । ६३ प्रतिशत काम सकियो समितिका परियोजना उपप्रमुख योगेन्द्र चित्रकारले चालू आर्थिक वर्षभित्रै बागमती करिडोर निर्माण पूरा हुने जानकारी दिए । ‘करिडोर निर्माणको ६३ प्रतिशत काम सम्पन्न भएको छ । अब करिब ३७ प्रतिशत काम बाँकी छ । चालू आर्थिक वर्षभित्र सक्ने ठेक्का सम्झौता छ,’ उनले भने, ‘अबको सात महिनाभित्र सडक निर्माणको सबै काम सकिनेछ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending