Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता केही उपलब्धि, थोरै कमजोरी

\"\"काठमाडौं, १६ पुस । पूर्वाञ्चलमा ८ पुसबाट सुरु भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार अर्को खेल महोत्सव गर्ने जिम्मेवारी मध्यपश्चिमाञ्चललाई दिँदै समापन भएको छ । बृहत् खेलकुद प्रतियोगिता तोकिएको समयमा नहुने समस्याका कारण पनि सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न हुनुलाई खेलकुद सरोकारवालाले सफलता भनेका छन् । आजको राजधानी दैनिकमा खबर छ– राज्यको प्राथमिकतामा नपर्ने क्षेत्र भएकाले देशका सबै कुनामा खेलकुदका आधुनिक संरचना निर्माण हुन सकेको छैन । बृहत् खेलकुद प्रतियोगिता गर्ने बहानामा खेलकुदका पूर्वाधार निर्माण हुने गरेकाले पनि यसलाई उपलब्धि मान्नुपर्ने खेलकुद क्षेत्रको बाध्यता छ । सातौंकै बहानामा पूर्वमा केही भौतिक पूर्वाधार निर्माण सुरु भएको राष्ट्रिय खेलकुद परिषद्को दाबी छ । यदि नेपालको खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने हो भने राज्यले समयमा बजेट निकासा गर्नुपर्ने, खेलकुदका भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने नेपाल ओलम्पिक कमिटीका सदस्य निलेन्द्रराज श्रेष्ठ बताउँछन् । विवाद र चर्चामा आएका सतही कुरामा मात्र सातौं राष्ट्रिय प्रतियोगिता सीमित हुन नसक्ने श्रेष्ठको दाबी छ । सातौंकै बहानामा विराटनगरमा क्रिकेट मैदानको निर्माण सुरु भएको छ । १८ रेन्जको सुटिङस्थल, तेक्वान्दोका लागि कभर्डहल, सफ्ट टेनिस कोट निर्माणाधीन अवस्थामा छ । केही पुराना संरचनाहरूको पुनर्निर्माण भएका छन् र पूर्वाञ्चलका युवालाई खेलकुदप्रति आकर्षित गर्न सातौं सक्षम भएको राखेपको दाबी छ । तालिम तथा प्रशिक्षण विभागका निर्देशक नवीन उप्रेती अघिल्लो बृहत् खेलकुदसँग तुलना गर्दा सातौं सफल र सन्तोषजनक रूपमा सम्पन्न भएको बताउँछन् । जेनतेन चल्ने खेलस्थलमा प्रतिस्पर्धा गरेका खेलाडीले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सक्लान् भन्दै खेलविज्ञ दिवाकरलाल अमात्य भने प्रश्न गर्छन् । देशकै राजधानी काठमाडौंमा खेलकुदका भौतिक पूर्वाधार कामचलाउ मात्रै रहेकाले पनि पूर्वाञ्चलमा भएको प्रतियोगितालाई उत्कृष्ट मान्नुपर्ने दाबी छ राखेपका निर्देशक उप्रेतीको । ‘काम सकियो पदक तालिका पनि आयो तर पूर्वाञ्चलवासीले कमसल पूर्वाधार पाए खेलाडीले पनि क्षमताअनुसार प्रदर्शन गर्न सकेनन्,’ अमात्य भन्छन्, ‘२÷४ वटा रेकर्ड ब्रेक भए तर ती राष्ट्रिय रेकर्ड कमजोर छन् । हरेक च्याम्पियनसिपमा भइरहन्छन् । तर कमजोर भौतिक पूर्वाधारमा बजेट सक्ने काम भने सफलतापूर्वक भएको छ ।’ पूर्वका झापा, मोरङ, धनकुटा, सुनसरी, सप्तरी, सिराहा र उदयपुरमा केही न केही राष्ट्रिय स्तरका पूर्वाधार सातौं प्रतियोगिताले दिएको राखेपका निर्देशक उप्रेतीको दाबी छ । सीमित साधनस्रोत र बजेटमार्फत प्रतियोगिता सञ्चालन गर्नुपर्ने भएकाले कमीकमजोरी भएको राखेपका सदस्यसचिव केशव विष्टले स्विकारेका छन् । तर, जनता, खेलाडी र सरकारलाई समेत विश्वस्त बनाउन र बजेटको सही सदुपयोग भएको छ भनेर पुष्टि र बजेट सदुपयोग भएको पुष्टि गर्न विज्ञहरूको छानबिन समिति बनाएर रिपोर्ट सार्वजनिक गर्दै पारदर्शिता अनाउँदा आगामी दिनमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुने देखिन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending