Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

भारतले नेपाल र भुटानमा भएका भारु साट्न विशेष व्यवस्था गर्ने

\"\"काठमाडौं, १४ पुस । भारतमा पुराना ५०० र १००० का नोट साट्ने समय सीमा सकिन २ दिनमात्र बाँकी रहँदा भारतले नेपाल र भुटानमा रहेका पुराना नोट त्यसपछि साट्न विशेष व्यवस्था गर्ने भएको छ । आजको कान्तिपुरमा खबर छ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ८ मा गरेको घोषणाअनुसार शुक्रबारदेखि पुराना नोट साट्न पाइने छैन । तर भारत सरकारले डिसेम्बर ३० देखि रिजर्भ बैंक अफ इन्डियाले तोकेका केही ठाउँमा मार्च ३१ सम्म नोट जम्मा गर्न सकिने जनाएको छ । त्यस पछाडि पनि पुराना नोट राखे कारवाही गर्ने कानुन भारतले बुधबार मात्र सार्वजनिक गरेको छ । भारतीय अधिकारीहरूका अनुसार समय सीमा सकिए पनि नेपाल र भुटानको हकमा भने केही विशेष व्यवस्थाको तयारी भइरहेको छ । यस अगाडि नेपालले पुराना भारु साट्न गरेको आग्रहमा भारतीय अधिकारीहरूले आफूहरूलाई पहिला आन्तरिक समस्या मिलाउनलाई समय दिन आग्रह गरेका थिए । भारतीय अधिकारीहरूले नेपाली पक्षलाई त्यो आफूहरूले समाधान गर्ने विषय भन्दै धेरै चिन्ता नगर्न भन्ने गरेका छन् । यस अगाडि नेपाल राष्ट्र बैंकको एक टोली भारतीय पक्षसँग कुराकानी गर्न आउने तयारी भएको थियो । तर, भारतीय पक्षले आफ्नो सरकारले नोट साट्ने व्यवस्था मिलाउँदै गरेको जनाएर नेपालको टोली तत्काल आउन आवश्यक नभएको बताएको थियो । स्रोतका अनुसार भारत सरकारले नेपालमा रहेका भारु साट्ने व्यवस्था मिलाउन एक टोली पठाउनेछ । नेपालले भने यस अगाडि नै नोट साट्ने प्रबन्धका लागि एउटा सफ्टवेयर निर्माण गरिसकेको छ । स्रोतका अनुसार सम्भवतः जनवरी पहिलो साता भारतले भारु साट्ने प्रयोजनका लागि टोली नेपाल पठाउनेछ । भारतीय एक अधिकारीले नेपाली नागरिकसँग रहेका ५०० र १००० को नोट बैंकमार्फत साट्ने व्यवस्था मिलाउन केही समय दिइने बताए । उनका अनुसार नगदमा साट्नेभन्दा पनि नेपालीसँग भएका भारु बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिनेछ, जसका लागि बैंक खाता आवश्यक पर्नेछ । नेपालले आफ्ना नागरिकसँग भएको भारु कम्तीमा २५ हजारसम्म साटिदिन आग्रह गरेको छ, तर भारत यसमा सहमत हुने हो अथवा होइन भन्ने यकिन छैन । नेपाल सरकारले पुराना नोट साट्न कम्तीमा १० दिनको समय आवश्यक पर्ने जानकारी भारतीय पक्षलाई गराएको छ । यस अगाडि खुला सिमानाका कारण भारतबाट नेपालमा भारु जाने भयले भारतले नेपाल र भुटानमा रहेका भारु साट्ने विषयमा कुनै निर्णय लिएको थिएन । उसो त भारतीय पक्षले नेपाललाई आफूहरूले कुनै न कुनै व्यवस्था गर्ने आश्वासन दिइरहेको थियो । केही दिन अगाडि भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँगको भेटमा भारतीय विदेश राज्यमन्त्री भीके सिंहले पनि भारु साट्ने व्यवस्था गर्ने आश्वासन दिएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: