Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

अर्बौैं ठगीका फरार सुधिर बस्नेत पक्राउ, यसरी ठगे सहकारीमार्फत १० अर्ब ८७ लाख

\"\"काठमाडौं, १४ पुस । सर्वसाधरणको करिब आठ अर्ब रुपैयाँ ठगेर फरार रहेका घरजग्गा कारोबारी सुधीर बस्नेत पक्राउ परेका छन् । अदालतको फैसला कार्यान्वयन ईकाई, काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले उनलाई धापासीस्थित घरबाट पक्राउ गरेको हो । घरजग्गा र हाउजिङको कारोबार गर्न १४ बैंकबाट १ अर्ब ६० करोड रुपैयाँ र सयौं सर्वसाधरण निक्षेपकर्ताको अर्बौं रुपैयाँ नतिरी फरार रहेको अभियोग उनीमाथि छ । आजको कान्तिपुरमा खबर छ– काठमाडौं जिल्ला अदालतको दुई र भक्तपुर जिल्ला अदालतको एक मुद्दाको फैसला कार्यन्वयन नभएको भन्दै उनलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका निमित्त प्रहरी प्रमुख प्रद्युम्न कार्कीले बताए । उनका अनुसार, ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७२ चैत १६ गते दुई बर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । त्यस्तै काठमाडौं जिल्ला अदालतले अर्को ठगीको मुद्दामा २०७३ असार ३० गते ४ लाख ९४ हजार जरिवाना र ६ महिना कैद फैसला गरेको थियो । भक्तपुर जिल्ला अदालतले पनि ठगी मुद्धामा २०७२ मंसिर ७ गते दुई बर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना तोकेको थियो । उनीमाथि ओरियन्टल सहकारी मार्फत सर्वसाधरणको आठ अर्ब भन्दा धेरै निक्षेप अपचलन, बैंकहरुको ऋण कारोबारमा जोडिएका करिब ८ हजार जनालाई ठगी गरेको आरोप छ । आयुषा डेभलपर्स, ओरियन्टल विल्र्डस र कोहिनुर हाउजिङमार्फत पनि उनले सर्वसाधरणलाई ठगी गरेका थिए । बस्नेतले घर वा अर्पाटमेन्ट बनाउन सर्वसाधरणसँग करोडौ रुपैयाँ उठाउँथे र सोही घरजग्गा बैंकमा धितो राखेर रकम निकाल्थे । मैतीदेवीमा केन्द्रीय कार्यालय रहेको सहकारीको शाखा भक्तपुरदेखि पाटन, साँखु हुँदै जनकपुरसम्म विस्तार भएको थियो । जसबाट ४ अर्बभन्दा बढी निक्षेप संकलन भएको थियो । २०७० माघ ७ मा सरकारले सहकारीमार्फत निक्षेपकर्ताको रकम जोखिममा परेपछि विशेष अदालतका पूर्वन्यायधिश गौरीबहादुर कार्कीको संयोजकत्वमा बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाको छानविन गर्न जाँचबुझ आयोग गठन गरिएको थियो । ‘बस्नेतले ककसको पैसा डुबाएका छन् भन्ने यकिन जानकारी स्पष्ट छैन,’ आयोगका संयोजक कार्कीले कान्तिपुरसँग भने, ‘प्रहरी र सेनाका उपल्ला अधिकारी, पूर्व सचिव र राजनीतिज्ञको पैसा उनले डुबाएका थिए । पहुँचवालाले आफ्नो पैसा अनेक गरेर धेरथोर असुले तर सर्वसाधरणको सबै रकम डुबेको डुब्यै भयो ।’ कार्कीका अनुसार ठूलालाई रिझाउन सके आफू कारबाहीमा परिदैन भनेर बस्नेतले प्रहरीका उपल्ला अधिकारी देखि पूर्व उपराष्ट्रपति परमानन्द झालगायतको पैसा फिर्ता गरेका थिए । आयोगले सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पेश गरेको प्रतिवेदनका अनुसार १ सय ६२ सहकारीमा मात्रै सर्वसाधरणको १० अर्ब ८७ लाख रुपैयाँ फँसेको छ । जसमा बस्नेतको ओरियन्टल ऋण तथा सहकारीबाट ६ हजार ८ सय ९४ जनाको ४ अर्ब २० करोड साँवा र ब्याज १ अर्ब २९ करोड रुपैयाँ फसेको थियो । त्यस्तै बस्नेतको हाउजिङमा सर्वसाधरणको एक अर्ब ३६ करोड रुपैयाँ फसेको निष्कर्ष प्रतिवेदनले निकालेको थियो । उक्त प्रतिवेदनका अनुसार, बस्नेतमाथि सर्वसाधरणको ६ अर्ब ८६ करोड रुपैयाँ तिर्नुपर्ने दायीत्व छ । अदालतले बारम्बार दोषी ठहराए पनि बस्नेत फरार थिए । प्रहरीका अनुसार पछिल्लो समय भारत बस्दै आएका बस्नेत घर आएर बसेको सुईको पाएर राति ११ बजे उनलाई धापासीस्थित घरबाट पक्राउ गरिएको हो । फैसला कार्यन्वयन ईकाइले कैद भुक्तान नगरी फरार रहेका बस्नेतलाई बाँकी कैद, जरीवाना भुक्तानका निम्ती डिल्लीबजार कारगार चलान गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: