Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

छानबिन समितिको निष्कर्ष : प्रहरीकै कमजोरीले नयाँबस्ती घटना

\"\"काठमाडौं, १३ पुस । काठमाडौंको नयाँबस्तीमा ट्याक्सीचालकको हत्या र त्यसपछि भएको प्रहरी चौकी आगजनीको घटनामा प्रहरीको पनि कमजोरी रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ । घटनामा प्रहरीका पाँच कमजोरी औँल्याउँदै केही प्रहरीलाई कारबाहीको सिफारिससमेत गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ– महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल नेतृत्वको छानबिन समितिले सोमबार महानगरीय प्रहरी आयुक्त एआइजी प्रतापसिंह थापालाई प्रतिवेदन बुझाएको हो । चौकीमा आगजनी हुनुमा प्रहरीको पनि गल्ती भएको, तर हत्याको घटनामा भने प्रहरीको संलग्नता नरेहको छानबिन समितिले निष्कर्ष निकालेको छ । गत २५ मंसिरमा दोलखा घर भएका ट्याक्सीचालक राजकुमार लामाको नयाँबस्तीमा हत्या भएको थियो । प्रहरीले हत्यारालाई जोगाउन खोजेको भन्दै भोलिपल्ट स्थानीयले महानगरीय प्रहरी चौकी नयाँबस्ती जलाएका थिए । तर, हत्यारालाई जोगाउन प्रहरीले कुनै भूमिका नखेलेको अनुसन्धानमा खुलेको छानबिन समितिका सदस्य तथा महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्न कार्कीले बताए । छानबिन समितिले नयाँबस्ती चौकीका तत्कालीन सइ विद्याधर चौधरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको छ । त्यस्तै महानगरीय प्रहरी वृत्त बौद्धका इन्स्पेक्टर आयुष जोशीलाई पनि सचेत गराउन सिफारिस गरिएको छ । इन्स्पेक्टर जोशी वृत्तका निमित्त प्रमुख थिए । उनको परिस्थतिको समयमै सही मूल्यांकन गर्न नसकेको तथा मुचुल्कामा ध्यान दिन नसकेको छानबिन समितिको ठहर छ । प्रहरीलाई लामो समयसम्म एउटै कार्यालयमा नराख्न छानबिन समितिले सुझाब दिएको छ । लामो समय एउटै कार्यालयमा रहँदा स्थानीय व्यक्तिसँग निकटता भई कसैलाई सहयोग गर्ने त कसैलाई असहयोग गर्ने गरेको देखिएको छ । ट्याक्सीचालक लामाको हत्यामा संलग्न पाँचजनालाई प्रहरीले घटनाको भोलिपल्टै पक्राउ गरिसकेको छ । हेलम्बु होटेलमा काम गर्ने युवती माया तामाङसँगको विवादमा हत्या भएको प्रहरीले सार्वजनिक गरिसकेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending