Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

अख्तियारभित्रै एआईजीलाई धम्की

\"\"काठमाडौं, १२ पुस । अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा पुगेका सशस्त्र प्रहरीका एक एआईजी बोल्न नजान्दा झन्डै कारबाहीमा परेका छन् । एआईजी कृष्णकुमार तामाङलाई आयोगका आयुक्तहरुले बैठककै क्रममा कारबाहीको धम्की दिएका हुन् । दृष्टि साप्ताहिकमा खबर छ– गत बुधबार अख्तियारले गृह मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख तथा गृह र प्रहरीका सबै जसो उच्च अधिकारीलाई बोलाएको थियो । गृह मन्त्रालय र मातहतका भ्रष्टाचारको विषयमा परको उजुरीको बारेमा छलफल गर्न उनीहरुलाई बोलाईएको थियो । सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमार राई भारत भ्रमणमा रहेकाले तामाङ निमित्त आईजीपी थिए । निमित्त आईजीपीकै हैसियतमा उनी छलफलमा भाग लिन आयोग पुगेका थिए । सशस्त्र प्रहरी बलका विषयमा परेका उजुरीका विषयमा आयोगका अधिकारीहरुले उनीसँग सोधपुछ गरेका थिए । अधिकांश विष्यमा उनले आफूलाई जानकारी नभएको बताए । त्यसपछि आयोगका आयुक्तहरु रिसाएका थिए । पछि तामाङले आफू निमित्त आईजीपीमात्र भएकाले केही पनि जानकारी नहुने भन्दै आफ्नो कमजोरी लुकाएका थिए । आयोगले उजुरीका विषयमा छलफल गर्न बोलाउँदा बिना कुनै तयारी एआईजी तामाङ गाएका थिए । जसका कारण उनको बेइज्जती भएको थियो । आयोगका पदाधिकारीहरुले राखेको प्रश्नमा केही पनि थाहा नभएको बताएपछि आयोगका आयुक्तहरुले उनलाई दफा १२ प्रयोग गरी कारबाही गर्ने धम्की दिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १२ मा ‘सार्वजनिक पद धारण गरेको व्यक्तिले दफा ११ उपदफा १ को म्यादभित्र स्पष्टीकरण पेश नगरेकोमा वा निजले पेश गरेको स्पष्टीकरण अयोगलाई सन्तोषजनक नलागेमा आयोगले निजलाई सचेत गराउन वा कसुरको मात्रा अनुसार कारण र आधार खुलाई विभागिय सजाय गर्न अख्तियारवालालाई लेखि पठाउन सक्ने छ ।’ तामाङले दिएको स्पष्टीकरण चित्त नबुझेपछि आयोगका पदाधिकारीहरुले उनलार्य दफा १२ अनुसार कारबाही गर्ने धम्की दिएका हुन् । पछि तामाङले गल्ती भएको भन्दै आयुक्तहरुसँग माफी मागेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: