Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

भूकम्पपीडितलाई थप एक लाख नदिन दाताको दबाब

\"\"काठमाडौं, १२ पुस । भूकम्पपीडितलाई निजी आवास निर्माण गर्न एक लाख रुपैयाँ अनुदान थप्ने सरकारी निर्णय कार्यान्वयन नगराउन दातृ निकायले दबाब दिएका छन् । पैसा मात्रै बढाउँदा सुरक्षित आवास निर्माण सुनिश्चित नहुने भन्दै दातृ निकायले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत दबाब दिएको हो । आजको नयाँ पत्रिकामा खबर छ– भूकम्पपीडितलाई निजी आवास निर्माण गर्न सरकारले सुरुमा दुई लाख रुपैयाँ दिने निर्णय गरेको थियो । तर, यो रकमले घर नबन्ने भन्दै सरकारले थप एक लाख दिने निर्णय गरेको छ । घर बनाउन भूकम्पपीडितलाई तीन लाख रुपैयाँ दिने कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पुगेको छ । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले भूकम्पपीडितको आवास निर्माणका लागि बढाइएको अनुदान रकममा दाताले चासो राखेको बताए । ‘थप गरिएको एक लाख रुपैयाँमा उहाँहरूको चासो छ,’ उनले भने, ‘सुरक्षित आवास निर्माणका लागि मापदण्ड तयार छ, प्राविधिकको सिफारिसमा मात्रै अनुदान दिने भएकाले दातालाई आश्वस्त पार्न खोजेका छौँ ।’ भएको खर्चमा पनि दाताको असन्तुष्टि पुनर्निर्माणमा भएको ढिलाइप्रति केही दातृ निकायले भने असन्तुष्टि जनाएका छन् । भूकम्पपीडितले दुईवटा जाडो टहरोमा नै बिताउनुपरेको भन्दै खर्च हुन नसकेकोमा असन्तुष्टि जनाएका हुन् । ‘खर्चमा ढिलाइ भएकोमा दाताको असन्तुष्टि छ,’ अर्थ मन्त्रालयका एक सहसचिवले भने, ‘निजी आवास निर्माणमा भएको ढिलाइमा उनीहरूको चासो छ, बलियो आवास निर्माण हुनुपर्छ र छिटो बन्नुपर्छ भनिरहेका छन् ।’ प्रतिबद्धताबाट सरकार पछि हट्दैन डा. शान्तराज सुवेदी, सचिव अर्थ मन्त्रालय अर्थ मन्त्रालयले स्रोत व्यवस्थापनको काम गर्छ । अहिले नै प्राधिकरणसँग ७३ अर्ब रुपैयाँ छ । चालू आर्थिक वर्षमा त्यो रकम वितरण गर्न सक्ने हो भने पनि ठूलो उपलब्धि हो । हामीले दातासँग पनि छलफल गरेका छौँ । पुनर्निर्माणमा कहिल्यै पनि स्रोत अभाव हुन दिँदैनौँ । सरकारले बोलेको कुराबाट पछाडि हट्ने कुरा हुँदैन । निजी आवासमा तीन लाख तीन किस्तामा दिने निर्णय भइसकेको छ । मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत भएपछि काम अगाडि बढ्छ । दाताले बार्गेनिङ गर्न खोजेका छन् डा. सञ्जय शर्मा, सचिव, पुनर्निर्माण प्राधिकरण निजी आवास निर्माणको अनुदान बढाउने विषयमा दाताले बार्गेनिङ गर्न खोजेका छन् । हामीले दातालाई स्पष्ट गर्न खोजेका छौँ, गरेको निर्णयबाट सरकार पछाडि हट्न सक्दैन । म सचिव भएर आएपछि युएसएआइडी, जाइकालगायतले दबाब दिएका छन् । तर, सरकारले निर्णय गरिसकेको छ । कार्यविधि संशोधनको अन्तिम चरणमा छ । उनीहरूले लिखित पाएनौँ भनेका छन् । कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत हुनेबित्तिकै लिखित जानकारी गराउँछौँ । दाताहरूले हारिसकेको युद्ध जित्ने प्रयास गर्दै छन् । सामूहिक राजीनामा दिएका प्राविधिक काममा फर्किए पुनर्निर्माणको काम छाडेर सेवासुविधा माग गर्दै सामूहिक राजीनामा दिएका इन्जिनियर तथा प्राविधिक कर्मचारी काममा फर्किएका छन् । मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले २५ प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेसँगै उनीहरू सोमबारबाट काममा फर्किएका हुन् । सेवासुविधाको माग गर्दै ५ पुसमा करिब १२ सय प्राविधिकले सहरी विकास मन्त्रालयअन्तर्गको केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा राजीनामा बुझाएका थिए । प्राधिकरणले ७५ प्रतिशतसम्म भत्ता बढाउने निर्णय गरे पनि मन्त्रिपरिषद्ले तत्काल २५ प्रतिशत बढाएको हो । तर, पुनर्निर्माण प्राधिकरणका सचिव डा. सञ्जय शर्माले पुनर्निर्माणमा खटिएका प्राविधिक तथा इन्जिनियर गैरजिम्मेवार बनेको आरोप लगाए । पुनर्निर्माण महाअभियानमा प्राविधिकले सहयोग गर्नुपर्ने भन्दै उनले काम छाड्नु गैरजिम्मेवारीपूर्ण भएको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending