Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

कांग्रेस संशोधन थाती राखेर स्थानीय चुनावको पक्षमा

\"\"काठमाडौं, ११ पुस । सत्तारुढ कांग्रेस संविधान संशोधन तत्कालका लागि थाती राखेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको छ । पदाधिकारी, पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको बताएका छन् । आजको नयाँ पत्रिकामा खबर छ– कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारीको आइतबार बसेको बैठकमा सभापति शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा भएमा राजनीतिक वृत्तमा सकारात्मक सन्देश जाने र संविधान कार्यान्वयनको चरण सुरु हुने बताए । ‘तत्काल स्थानीय तहको निर्वाचन गर्न सक्ने सम्भावना नभएकाले निकायकै भए पनि निर्वाचन गर्नुपर्छ,’ देउवाले बैठकमा भने, ‘संविधान संशोधन प्रस्ताव थाती राखेर भए पनि तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने विषयमा प्रधानमन्त्री र प्रतिपक्षी एमालेसँग छलफल चलाउनुपर्छ ।’ वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रक्रियाबाट समस्या समाधान खोज्न सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेसले पहलकदमी लिनुपर्ने बताए । ‘संसद्को गतिरोध अन्त्य गरेर संविधान कार्यान्वयनको चरणमा मुलुकलाई लैजान आवश्यक छ । यसका लागि निर्वाचन घोषणा हुनुपर्छ । विपक्षीलाई समेत साथमा लिएर मधेसको समस्या समाधान गरिनुपर्छ,’ पौडेलले भने, ‘तत्काल स्थानीय तहको निर्वाचन सम्भव नभए स्थानीय निकायको भए पनि निर्वाचन घोषणा गरेपछि विपक्षीलाई संसद् खोल्न दबाब बढ्छ ।’ नेता कृष्ण सिटौलाले समसामयिक राजनीतिक घटनाक्रमबारे उल्लेख गर्दै दलहरूबीच औपचारिक–अनौपचारिक छलफल भइरहे पनि संविधान कार्यान्वयन प्रक्रिया भरपर्दो रूपमा अघि बढ्न नसकेको बताए । निर्वाचन र संविधान कार्यान्वयनको विषयमा विपक्षी एमाले र असन्तुष्ट मधेसकेन्द्रित दललाई पनि सँगै लिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । महामन्त्री डा. शशांक कोइरालाले पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचन गर्दा सजिलो हुने निष्कर्ष पार्टीको रहेको बैठकपछि जानकारी दिए । उनले भने, ‘निर्वाचन स्थानीय तहको वा पुरानो कुन संरचनामा गर्ने भन्ने बहस बैठकमा भयो । तत्काल तहको निर्वाचन सम्भव देखिएन, त्यसैले पुरानै संरचना अर्थात् स्थानीय निकायको निर्वाचन गर्दा सजिलो हुन्छ भन्ने भयो ।’ स्थानीय निर्वाचन घोषणा गर्दा संसद् अवरुद्ध गर्दै आएका विपक्षी एमालेलगायत दलमाथि जनस्तरबाटै संसद् खोल्न दबाब पर्ने कांग्रेसको बुझाइ रहेको पनि कोइरालाले जानकारी दिए । चैतसम्ममा स्थानीय निर्वाचन गर्नुपर्ने र संविधान संशोधनमा पनि सबै दलसँग छलफल गरेर अगाडि बढ्ने विषयमा बैठकमा छलफल भएको केन्द्रीय सदस्य एनपी साउदले बताए । उनले भने, ‘संविधान कार्यान्वयनका लागि चैतसम्म निर्वाचन गर्न सरकार लाग्नुपर्छ भन्ने धारणा बैठकमा आए । संविधान संशोधन र कार्यान्वयनमा सबै दलसँग छलफल गरेर अघि बढ्न नेताहरूले सुझाब दिनुभयो ।’ निर्वाचन मिति घोषणा गर्न दलीय सहमतिका लागि पहल कांग्रेसले निर्वाचन मिति घोषणाबारे एमाले, माओवादी केन्द्र, मधेसी मोर्चालगायत दलसँग छलफल गरी सहमतिका लागि पहल गर्ने भएको छ । दलीय सहमति गरेर आगामी दुई महिनाभित्र स्थानीय निर्वाचन गर्नेगरी मिति घोषणा गर्न सरकारलाई आग्रह गरिने महामन्त्री डा। शशांक कोइरालाले जानकारी दिए । संविधान संशोधन विधेयकमाथि संसद्मा छलफलको वातावरणका लागि पनि सबै दलसँग छलफल थाल्ने बैठकको निष्कर्ष रहेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending