Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

अखिलमा मच्चियो सर्कुलर युद्ध

\"\"काठमाडौं, ११ पुस । एमालेनिकट विद्यार्थी संगठनभित्रको विवाद भुसको आगो झैं नियन्त्रणमा आउनै नसक्ने गरी फैलिँदै गएको कुरा विद्यार्थी स्रोतबाट थाहा भएको छ । विवाद बढ्दै जाँदा ओली समूह नै दुई समूहमा विभाजन हुन पुगेको छ भने एउटै संगठनमा तीन÷चारवटा समानान्तर कमिटी सक्रिय बन्न पुगेका छन् । साँघु साप्ताहिकमा खबर छ– महासचिव ऐन महरले पार्टीको विधानविपरीत संगठनमा रहेको १५ विभागका प्रमुख तथा सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेपछि एमाले अखिलमा लामो समयदेखि देखिदै आएको विवाद नयाँ स्वरुपमा प्रकटभएको हो । रोचक के छ भने पछिल्लो विवादसँगै ओली पक्षकै दुई विद्यार्थी समूह नराम्ररी विभाजित भएका छन् । संगठन र पार्टीले गरेको निर्णय आधिकारिक रुपमा जारी नगरेका महरले केही दिनअघि सर्कुलर जारी गर्ने विवादास्पद निर्णय गरेपछि उनी सबैको तारो बन्न थालेका छन् । महरले १५ विभागीय प्रमुख र ६ सचिवालय सदस्यको जिम्मेवारी संगठनमा छलफल नै नगरी सर्कुलर जारी गरेर पठाएका थिए । महासचिव महरले अवैधानिक रुपमा सर्कुलर जारी गरेपछि माधव नेपाल पक्षका सचिवहरु आरती लामा, सुदेश पराजुली र ओसिम आलमले त्यसको विरोधमा विशेष सर्कुलर जारी गरेर अर्को विवाद खडा गरेका छन् । माधव समूहले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा विशेष भेला गरी सर्कुलर जारी गरेपछि अहिले अखिलमा यसको छुट्टै समानान्तर कमिटी सक्रिय छ । रमाइलो पक्ष के छ भने सर्कुलर जारी गर्ने होडबाजीमा महासचिव पक्षकै उपाध्यक्ष रश्मी आचार्य र शैलेष लामाले समेत छुट्टै सर्कुलर जारी गरेका छन् । संगठनको विधि र विधान विपरीत महासचिवले मनपरी गरेको भन्दै एउटै गुटका उपाध्यक्षले छुट्टै सर्कुलर जारी गरेका हुन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: