Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

मेलम्चीको पाइप बिछ्याउने काम साउनमा सकिने

\"\"काठमाडौं, ११ पुस । बहुप्रतीक्षित मेलम्ची खानेपानी वितरणका लागि पाइप बिछ्याउने सबै काम आगामी साउन पहिलो साताभित्र सकिने भएको छ । अहिले प्रतिमहिना ३० किमिका दरले पाइप बिछ्याउने काम भइरहेको छ । उपत्यकामा खानेपानी वितरणका लागि कुल ६ सय ७३ किमि पाइप बिछ्याइँदै छ । त्यसमध्ये चार सय ५० किमि पाइप बिछ्याइसकिएकोे छ । मेलम्ची खानेपानी कार्यान्वयन निर्देशनालयका अनुसार अब काठमाडौं उपत्यकामा दुई सय २३ किमि मात्रै पाइप बिछ्याउन बाँकी छ । आजको नयाँ पत्रिकामा खबर छ– निर्देशनालयका वरिष्ठ इन्जिनियर तथा प्रवक्ता लीलाप्रसाद ढकालले पनि आठ महिनाभित्र पाइप बिछ्याउने काम सकिने बताए । उनले भने, ‘अहिले प्रतिमहिना ३० किमिका दरले पाइप बिछ्याउने काम हुँदै छ । यही रफ्तारमा काम अघि बढे बाँकी दुई सय २३ किमि पाइप बिछ्याउन काम करिब आठ महिनामा सकिन्छ ।’ प्रवक्ता ढकालले अहिले चौबिसै घन्टा काम भइरहेको पनि बताए । निर्देशनालयका अनुसार पाइप बिछ्याउन मात्रै दैनिक एक हजार दुई सय कामदार खटिरहेका छन् । फिल्डमा प्रत्येक दिन ५० जना इन्जिनियर खटिएका छन् । अहिले ४० स्थानमा एकैपटक काम भइरहेको छ । निर्देशनालयले उपत्यकाभित्र थोक वितरण (बिडिएस) र वितरण सञ्जाल सुधार (डिएनआई) गरी दुई प्रणालीबाट पाइप बिछ्याइरहेको छ । थोक विरतरण प्रणालीअन्तर्गत ३२.५६ किमि पाइप बिछ्याइसकिएको छ । यसअन्तर्गत सुन्दरीजलदेखि चुच्चेपाटी पानी ट्यांकी (९.६ किमि)सम्म पाइप बिछ्याउने काम सकिएको छ । वितरण सञ्जाल सुधारअन्तर्गत अहिले ज्ञानेश्वर, सिनामंगल, गौशाला, हाँडीगाउँ, कालोपुल, कोटेश्वर, नरेफाँट, ग्वार्को, मानभवन, लगनखेललगायतका स्थानमा पाइप बिछ्याउने काम भइरहेको निर्देशनालयले जनाएको छ । मैतीदेवी, रातोपुल, घट्टेकुलो, डिल्लीबजार, सेतोपुल, पुरानो बानेश्वर, अनामनगर, बबरमहल, सोह्रखुट्टे, सानेपा, कुपन्डोल, सुविधानगर, सहयोगी नगर, वनस्थली, शोभाभगवती र चमती प्लानिङ क्षेत्रमा पाइप विस्तारको काम सम्पन्न भएको छ । ट्यांकी निर्माणको ७२ प्रतिशत काम सकियो मेलम्चीको पानी जम्मा गर्न निर्माणाधीन ट्यांकको ७२ प्रतिशत काम सकिएको छ । मेलम्ची खानेपानी कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले भने, ‘उपत्यकाको ६ स्थानमा ट्यांक निर्माणको ७२ प्रतिशत काम सकिएको छ । बाँकी तीन ठाउँमा भने काम अघि बढ्न सकेको छैन । केही दिनभित्रै त्यस ठाउँमा पनि काम अघि बढ्नेछ । निर्माणको ठेक्का सम्झौता भने भइसकेको छ ।’ पानी जम्मा गर्न बालाजु, महाराजगन्ज, आरुबारी, महांकाल चौर, बाँसबारी, खुमलटारमा ट्यांक निर्माण हुँदै छ । प्रत्येक ट्यांकमा ५० हजार घनमिटर पानी अटाउन सक्ने निर्देशनालयको भनाइ छ । ट्यांकी निर्माण गरिने भनिएको टिगनी, कटुन्जे र कीर्तिपुरमा भने काम अघि बढेको छैन । मेलम्ची खानेपानी कार्यन्वयन निर्देशनालयका अनुसार बाँकी रहेको तीन ठाउँमा पनि ट्यांक निर्माणको काम छिटै अघि बढ्नेछ । सुरुङ खन्ने रफ्तार घट्यो मेलम्ची खानेपानीको सुरुङ खन्ने रफ्तार भने विगतको तुलनामा घटेको छ । आयोजनाका अनुसार यसअघि प्रतिदिन ३० मिटरका दरले सुरुङ खन्ने काम हुँदै आएको थियो । तर, अहिले प्रतिदिन १९ मिटर मात्रै सुरुङ खनिँदै छ । विकास बोर्डका कार्यकारी निर्देशक घनश्याम भट्टराईका अनुसार ठेकेदार कम्पनीले एकतर्फबाट मात्रै सुरुङ खनेकाले रफ्तार कम भएको हो । उनले भने, ‘ठेकेदार कम्पनीले एकतिरबाट मात्रै सुरुङ खनेकाले रफ्तारमा गिरावट आएको हो । कतिपय अवस्थामा मेसिन पनि पुराना भए । काम हुन सकेन । अर्को प्राविधिक समस्याका कारण पनि यस्तो भएको हो ।’ आयोजनाले सुरुङ खन्ने सबै काम आगामी जेठसम्ममा सक्ने जनाएको छ । यसका लागि ठेकेदार कम्पनीले प्रतिदिन ३१ मिटरका दरले सुरुङ खन्नुपर्ने हुन्छ । तर, प्रतिदिन १९ मिटरका दरले सुरुङ खनिए बाँकी काम सक्न भदौसम्म लाग्छ । अझै ५।६०८ किमि सुरुङ खन्न बाँकी छ । २७।५८४ किमि सुरुङमध्ये २१।९७६ किमि सुरुङ खनिसकिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending