Khabar Dabali ११ माघ २०८२ शनिबार | 24th January, 2026 Sat
Investment bank

‘क्रिसमस डे’ मनाइरहँदा हिन्दुवादीहरुद्वारा सुदूरपश्चिम ठप्प 

\"\"धनगढी, १० पुस । इसाई धर्मावलम्बीहरुले ‘क्रिसमस डे’ मनाइरहँदा हिन्दुवादीहरुले आइतबार सुदूरपश्चिम ठप्प पारेका छन् । कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गाई मारिएको विरोधमा हिन्दुवादीहरुले आइतबार सुदूरपश्चिम बन्द गराएका हुन् । बन्दका कारण सुदूरपश्चिमको जनजीवन विहानैदेखि प्रभावित भएको छ । बन्दको सबैभन्दा बढी प्रभाव कैलालीमा परेको छ । हिन्दूवादी सङ्घसङ्गठनले धनगढी लगायत विभिन्न ठाउँमा विहानैदेखि प्रदर्शन जारी राखेका छन् । उनीहरुले गौ हत्याको छानबिन गर, चर्च निर्माण रोक लगाउँ, नेपाललाई हिन्दू राष्ट्र कायम गर लगायतका नारा लगाउदैँ प्रदर्शन गरिरहेका छन् । राप्रपा, हिन्दु जागरण युवासंघ नेपाल कञ्चनपुर, हिन्दु जागरण युवासंघ नेपाल कैलाली, राष्ट्रिय मठ मन्दिर समन्वय महासमिति, लक्ष्मीनारायण मन्दिर कैलाली, हिन्दुराष्ट्र संरक्षण संघर्ष समिति कैलाली, गौ–संरक्षण समिति लगायतले बन्द आयोजना गरेका हुन् । बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै ठप्प भएको छ । धनगढी–डडेलधुरा सडक अन्तर्गत चुरे पहाडमा पर्ने भ्यागुते सडकखण्ड आसपासमा पाँच दिनअघि मरेका गाईगोरु फेला परेका थिए । कञ्चनपुरको वेदकोट नगरपालिका क्षेत्रमा रहेका छाडा गाईगोरुलाई राति ट्रकमा राखेर भ्यागुते सडकखण्डमा पु¥याएर छाडिएको बताइएको छ । ती गाईहरु मारेर फालिएको भन्दै हिन्दुवादीहरु आन्दोलित भएका हुन् । घटनाका सम्बन्धमा चौपाया ढुवानी गरी भ्यागुतेसम्म पु¥याउने ट्रकका चालकसँग सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्गन्ध नफैलियोस् भनेर मरेका चौपायालाई खाल्डो खनेर पुरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending