Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

काभ्रेपलाञ्चाेकमा पुराना ‘खेलाडी’ मैदानबाहिर रहेपनि नयाँ अनुहारबीच घम्साघम्सी

खबरडबली संवाददाता

काठमाडाैं  । हरेक निर्वाचनमा काभ्रेली मतदाताले देख्दै आएका परिचित अनुहारहरू यसपटक मैदानबाहिर छन्। उनीहरूको अनुपस्थितिमा यस निर्वाचनमा काभ्रेमा प्रायः नयाँ अनुहारबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।

सङ्घीय संसद्को निर्वाचन भन्नासाथ काभ्रेली मतदाताका मनमा गोकुल बास्कोटा, शिवप्रसाद हुमागाईं, सूर्यमान दोङ, तीर्थ लामा, गणेश लामा, चन्द्र लामा र रेशम लामा जस्ता नाम घुम्थे। तर, यसपटक यीमध्ये कोही पनि प्रत्यक्ष चुनावी मैदानमा छैनन्। मैदानमा उभिएका अधिकांश उम्मेदवार संघीय निर्वाचनका हिसाबले नयाँ अनुहार हुन्।

कतिपय उम्मेदवार राजनीतिमा पुरानै भए पनि संघीय संसद्को चुनावका लागि नयाँ छन्। मुख्य राजनीतिक दलहरूमा देखिएको साझा विशेषता भनेकै उम्मेदवार छनोटमा देखिएको विवाद हो।

कांग्रेसभित्रको विवाद

नेपाली कांग्रेसमा जिल्ला सभापति तथा प्रदेशका पूर्वमन्त्री तीर्थ लामाको प्रभाव बलियो देखियो। परिणामस्वरूप केन्द्रीय सदस्य गणेश लामा उम्मेदवार बन्न पाएनन्। क्षेत्र नम्बर–१ बाट गुणराज मुक्तान उम्मेदवार बने।

क्षेत्र नम्बर–२ मा कांग्रेसका ‘हेभीवेट’ मानिने शिवप्रसाद हुमागाईं पनि आन्तरिक विवादकै कारण टिकटबाट वञ्चित भए। त्यहाँबाट मधुकुमार आचार्य उम्मेदवार बनेका छन्। स्थानीय कांग्रेस कार्यकर्ताका अनुसार आचार्य त्यागी र इमानदार भए पनि आक्रामक चुनावी चरित्रका पात्र मानिँदैनन्। काभ्रेको चुनाव ‘हाट्टहुट्ट’ नजान्नेले थेग्न नसक्ने मान्यता यहाँ स्थापित छ।

विशेष महाधिवेशनअघि तीर्थ लामा सभापति शेरबहादुर देउवा पक्षमा थिए। तर, देउवाले बहादुरसिंह लामालाई मुख्यमन्त्रीबाट हटाएपछि उनी गगन थापा पक्षमा उभिए। गगन समूहभित्र तीर्थ नै हाबी भएपछि गणेश लामा पछि परे। गणेशले जितेमा केन्द्रमा प्रभाव बढ्ने र सम्भावित मन्त्री बन्न सक्ने अवस्थाले तीर्थको राजनीतिक भविष्य जोखिममा पर्ने ठम्याइका कारण गुणराज मुक्तान सिफारिस भएको चर्चा छ।

४० वर्षीय मुक्तान जिल्ला कांग्रेसका सचिव हुन्। उनी तीर्थ मन्त्री हुँदा स्वकीय सचिव थिए भने २०६४ सालकी समानुपातिक सांसद ललिता किङरिङका पनि स्वकीय सचिव रहिसकेका छन्। पेशाले उनी एनजीओकर्मी हुन्।

एमालेमा पनि उस्तै कथा

एमालेमा क्षेत्र नम्बर–१ बाट नवीना लामा, चन्द्र लामा वा रेशम लामामध्ये एक जना उम्मेदवार बन्ने अनुमान थियो। तर, अन्ततः ४४ वर्षीय अमित तामाङ (अमित लामा) उम्मेदवार बने।

नवीना र चन्द्र ओली पक्षमा नदेखिनु र रेशम खुलेर ओली पक्षमा हुँदाहुँदै पनि प्रभावशाली घेरामा नपर्नु मुख्य कारण बनेको चर्चा छ। अमित भने जेन्जी आन्दोलनपछि ओलीको सुरक्षामा खटिएको दस्ताको कमाण्डर, युवा संघका वरिष्ठ उपाध्यक्ष, जिल्ला र प्रदेश हुँदै हालै केन्द्रीय सदस्य बनेका नेता हुन्। यही कारण उनले टिकट पाएका हुन्।

क्षेत्र नम्बर–२ मा भने गोकुल बास्कोटाले टिकट पाउने अपेक्षा व्यापक थियो। उनले २०७४ र २०७९ दुवै निर्वाचनमा राम्रो मतसहित जितेका थिए। तर, ११ औँ महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट सचिवको उम्मेदवार बनेपछि पार्टी नेतृत्वको असन्तुष्टिको शिकार भए।

त्यसको लाभ धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जु श्रेष्ठ ले पाए। उनी कमजोर उम्मेदवार मानिँदैनन्, तर मेयरको कार्यकाल छाडेर सांसद बन्ने योजनामा भने थिएनन्।

 काभ्रेमा प्रचण्डकाे पिर

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ का राजनीतिक सन्तुलनका पिर काभ्रेको उम्मेदवारीमा प्रष्ट देखिन्छन्।

२ मध्ये एक क्षेत्र पूर्वमाओवादी केन्द्र र अर्को पूर्वएस (माधव नेपाल समूह) लाई दिनुपर्ने दबाबका कारण तामाङ बाहुल्य काभ्रेमा दुवै क्षेत्रमा ब्राह्मण उम्मेदवार उठाइएको छ।

क्षेत्र नम्बर–१ बाट ६२ वर्षीय दीनानाथ गौतम उम्मेदवार छन्। उनी चौरी देउराली गाउँपालिकाका पूर्वअध्यक्ष हुन् र २०७४ को स्थानीय चुनावमा माओवादी केन्द्रबाट विजयी भएका थिए। यद्यपि, यस क्षेत्रमा निर्णायक मतदाता तामाङ समुदाय नै हो।

क्षेत्र नम्बर–२ मा पूर्वएस समूहबाट बसुन्धरा हुमागाईं उम्मेदवार बनेकी छन्।

घण्टीका उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दुवै उम्मेदवार फरक पृष्ठभूमिका छन्। क्षेत्र नम्बर–१ बाट ५६ वर्षीय मधुकुमार चौलागाईं उम्मेदवार छन्। उनी रवि लामिछानेको पक्षमा अदालतमा बहस–पैरवी गर्दै राजनीतिमा आएका व्यक्ति हुन्।

क्षेत्र नम्बर–२ बाट ३३ वर्षीय बदनकुमार भण्डारी उम्मेदवार छन्। उनी एमालेसम्वद्ध अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्ष हुन्।

२०७९ को निर्वाचनमा काभ्रेमा रास्वपाको मतस्थिति कमजोर देखिए पनि यसपटक ‘घण्टी’ को लहर कति पुग्छ भन्नेमा परिणाम निर्भर हुने देखिन्छ।

तामाङ समुदायभित्रै रोचक प्रतिस्पर्धा

काभ्रे क्षेत्र नम्बर–१ मा तामाङ समुदायबाट दुई बलिया उम्मेदवार छन् । कांग्रेसका गुणराज मुक्तान र एमालेका अमित लामा ।

रोचक संयोग के छ भने कांग्रेस केन्द्रीय सदस्य गणेश लामा र एमाले उम्मेदवार अमित लामा दाजुभाइ हुन्। दुवै रोशी गाउँपालिका–१, खहरेपांगुका बासिन्दा हुन्। तीर्थ लामा वडा नम्बर–७ मंगलटारका हुन् भने गुणराज मुक्तान वडा नम्बर–१२ का।

यसर्थ, काभ्रेको चुनाव यसपटक केवल दलबीचको मात्र होइन, पुराना–नयाँ शक्ति, संगठन–व्यक्तित्व र समुदायभित्रकै राजनीतिक प्रभावको रोचक प्रतिस्पर्धा ब

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: