Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

आयोग बनाएर दरबार हत्याकाण्डको छानबिन हुँदै

\"\"काठमाडौं, १० पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले जनआन्दोलनका उपलब्धि र राजनीतिक दलकाविरुद्ध बोल्दै हिडेको भन्दै सरकारले १५ वर्षपछि उक्त घटनाको आयोग बनाएर छानबिन गर्ने भएको हो । नारायणहिटी दरबारभित्र ०५८ जेठ १९ गते राति गोलीकाण्ड हुँदा तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो । सो घटना छानबिन गर्न भन्दै तत्कालीन सरकारले पूर्वसभामुख तारानाथ रानाभाटको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले दरबार हत्याकाण्डमा पूर्वयुवराज दीपेन्द्रको हात रहेको निष्कर्ष निकालेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा त्यसअघि पूर्वराजा शाहले सार्वजनिक गरेको वक्तव्यमाथि छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको आयोग बनाएर सरकारले चाँडै पुन : छानबिन गर्ने बताएका थिए । शनिबार दाङमा आयोजित पत्रकार भेटघाटमा पनि प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्डको छानबिन गर्न सरकारले उच्चस्तरीय आयोग गठनको तयारी थालेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले पहिलोपटक सरकारको नेतृत्व गर्दा दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने प्रस्ताव राखेका थिए । उक्त हत्याकाण्ड शंकास्पद रहेको भन्दै सरकारले आयोग बनाई गहिरो रुपमा छानबिन गर्न लागेको सरकारका एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार सत्तारुढ कांग्रेस र अन्य बुद्धिजीवीसँग अनौपचारिक छलफल थालेका छन् यद्यपी कांग्रेस सभापति शेरबहादुर देउवाले भने तत्काल छानबिन गर्न नहुने जवाफ दिएको प्रधानमन्त्री निकट स्रोतले जनायो । स्रोतका अनुसार अन्य राजनीतिक दलसँगको परामर्शपछि मात्रै छानबिन समिति गठन गर्नुपर्ने देउवाको भनाई थियो । प्रधानमन्त्री प्रचण्डले केही पुराना राजनीतिक व्यक्ति र बुद्धिजीवीसँगको छलफललाई तीव्रता दिएका छन् । यता गृहमन्त्री बिमलेन्द्र निधिले पनि उक्त घटनाबारे छानबिन समिति गठन गर्नुपर्ने विषयमा छलफल थालेको जनाएको छ । आवश्यक गृहकार्य गरी सरकारले उक्त हत्याकाण्डको छानबिन गर्न समिति बनाउने जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending