Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

सबैको परामर्शमा संशोधन प्रस्ताव दर्ता गरिएको होः प्रधानमन्त्री प्रचण्ड

\"\"(घर्तिगाउँ) रोल्पा, ९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दल र असन्तुष्ट पक्षसँगको परामर्शमा नै सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको बताएका छन् । शनिबार बिहान रोल्पाको घर्तिगाउँमा शहिद मार्ग निरीक्षण र अनुगमनका क्रममा बोल्दै प्रधानमन्त्रीले सबैको परामर्शमै संविधान संशोधन प्रस्ताव दर्ता गरेको बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘चार महिना लामो गृहकार्यपछि मात्रै संविधान संशोधन प्रस्ताव दर्ता गरिएको हो । मैले संशोधन प्रस्ताव दर्ता गर्नुपूर्व सबैसँग परामर्श गरेको छु । सबैको मध्यमार्गी उपायका रुपमा अहिलेको प्रस्ताव आएको हो । यो प्रस्तावले सबैको चित्त त बुझ्दैन । तर, योभन्दा राम्रो प्रस्ताव अरु हुँदैन ।’ सरकार निर्वाचनको वातावरण बनाउन लागिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘थारु, मधेशी, जनजातिले नमान्दा पनि चुनावमा जान सकिन्छ त ? सकिँदैन भने सबैलाई मिलाएर जानु अहिलेको आवश्यकता हैन ? थारु, जनजाति, मधेशी लगायत देशका सबै समुदाय र दलहरुलाई मिलाएर मात्र निर्वाचनको वातावरण बन्छ । निर्वाचनको वातावरण नबनाई जवरजस्ती निर्वाचन कार्यान्वयन गर्न सकिँदैन ।’ रोल्पाको शहिद राजमार्ग राजनीतिक र सामाजिक दृष्टिले रणनीतिक महत्वको भएकोमा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘जनयुद्धकै बेला शहिद राजमार्ग हाम्रै परिकल्पना हो । युद्धकै बेला यो मार्ग निर्माण कार्य सुरु गरिएको थियो । अहिले राज्यको योजनाको रुपमा अघि बढेको छ । तपाईहरुले समयमै गुणस्तरीय रुपमा काम सम्पन्न गर्नुहोला । सरकारले शहिद राजमार्ग समयमै सम्पन्न गर्न सबै सहयोग गर्नेछ ।’ सो अवसरमा प्रधानमन्त्रीले पत्रकार भेटघाट गर्दै सरकारका विरुद्ध गलत प्रचारबाजी गरिएको भन्दै प्रतिपक्षीको काम प्रतिरोध मात्रै हुन नहुने बताए । प्रधानमन्त्रीले भने, ‘हिन्दी भाषालाई राष्ट्रिय भाषा बनायो, फास्ट ट्रयाक भारतलाई दियो, लुम्बिनी बेचिसक्यो जस्ता वाहियात भ्रमहरु छरिएको छ । तर, भ्रमले सत्यलाई ढाक्न सकिँदैन । सरकार राष्ट्रिय एकता र जनताको जीवनमा परिवर्तन ल्याउन क्रियाशील छ ।’ कार्यक्रममा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, वर्षामान पुन, जोखबहादुर महरा लगायतको उपस्थिति रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending